Thursday, May 21News That Matters

संसार

विश्वमा ५३ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वमा ५३ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  विश्वको विभिन्न देशमा ५३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । उक्त संक्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा बढी उपचार पछि निको भएका छन् भने ३ लाख ३९  हजार ९ सय ९२ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १६ लाख ४५ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण पुष्टि भएको मध्ये ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
जहाज दुर्घटनामा ९० जना यात्रुको मृत्यु

जहाज दुर्घटनामा ९० जना यात्रुको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, जेठ ९ गते । पाकिस्तानमा जहाज दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको हो । अहिले उद्धार सुरु भइसकेको संचामाध्यमहरुले जनाएको छ । विस्तृत रुपमा जानकारी नआई सकेको जनाईएको छ ।...
अम्पुन आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

अम्पुन आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, जेठ ९ गते । शक्तिशाली अम्पुनको कारण भारत र बंगलादेशमा आएको  बाढी र पहिरोबाट ८४ जनाको मृत्यु भएको छ । अम्पुन आँधीसँगै परेको वर्षाको कारण ८४ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ । आँधीसँगै परेको वर्षाले गर्दा हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको जईएको छ । बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको जनाईएको छ ।...
साइप्रसबाट नेपाल आएकाहरु लकडाउन खुलेपछि फर्कन पाउने

साइप्रसबाट नेपाल आएकाहरु लकडाउन खुलेपछि फर्कन पाउने

समाचार, संसार
पूर्णपुष्टि, जेठ ८ गते ।  साइप्रसबाट बिदामा नेपाल आएरका तर लकडाउनले फर्कन नपाएकाहरुले कुनै औपचारिक प्रक्रिया नगरि कनै लकडाउन खुलेपछि साईप्रस फर्कन पाउने भएका छन् । मार्च १५ भन्दा पछि साईप्रसको भिसा सकिएका तर अन्तर्राष्ट्रिय उडान र लकडाउनले फर्कन नपाएकाहरुलाई साइप्रस सरकारले सहजै फर्कन दिने भएको हो । यो अवधिमा म्याद सकिएका भिसाहरु स्वतः नवीकरण हुनेछन् ।...
कोरोना भाईरबाट विश्वमा ५० लाख बढी संक्रमित

कोरोना भाईरबाट विश्वमा ५० लाख बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ गते ।  विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५० लाख नाघेको छ । वल्डोमिटरले सार्वजनिक गरेको कोरोना भाईरस तथ्याङ्क अनुसार संक्रमितको संख्या ५० लाख ५ सय नाघेको हो । संक्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा बढी उपचारपछि निको भएका छन् भने ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भएको जनाईएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिइसकेको छ ।...
भारतमा कोरोना संक्रमित १ लाख ६ हजार नाघ्यो

भारतमा कोरोना संक्रमित १ लाख ६ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ गते ।  भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन ५ हजार ६ सय ११ जना नयाँ संक्रमित थपिएसँगै भारतमा १ लाख ६ हजार ७ सय ५० पुगेको हो । अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये ४२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् महाराष्ट्रमा मात्रै ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तमिलनाडुमा १२ हजार ४ सय ४८, गुजरातमा १२ हजार १ सय ४० र दिल्लीमा १० हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रिय कर्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ४० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरसको प्रकोप सीमित गर्नको लागि गृह मन्त्रालयले लकडाउनलाई मे ३१ सम्मको लागि बढाएको छ ।...
भारतमा कोरोेना संक्रमितको संख्या १ लाख नाघ्यो

भारतमा कोरोेना संक्रमितको संख्या १ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ गते । भारतमा कोरोेना भाईरस (कोभिड–१९)को संक्रमित एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै १ लाख ३ सय २८ जना पुगेको हो । उक्त संत्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । तर अहिलेसम्म ९६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ । विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोमा १९ लाख ७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । उक्त संक्रमितमध्ये ३ लाख २० हजार जनाको मृत्यु भएको जनाईएको छ ।...
कोरोना भाईरसबाट भारतमा ३ हजार भन्दा बढीको मृत्यु

कोरोना भाईरसबाट भारतमा ३ हजार भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते ।  भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु भएको छ  । अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ९६ हजार एक सय ६९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ३३ हजार ५३ कोरोना संक्रमित भईसकेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । गुजरातमा ११ हजार तीन सय ७९ जना संक्रमितमध्ये ६ सय ५९ जनाको मृत्ुय भएको छ । त्यस्तै तमिलनाडुमा ११ हजार दुई सय २४ जना मध्ये ७८ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ जना मध्ये दुई सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा ...
विश्वका कोरोना संक्रमित मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भए

विश्वका कोरोना संक्रमित मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते ।  विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म १८ लाख ५५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । विश्वमा अहिलेसम्म ४७ लाख ९८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । उक्त संक्रमितमध्ये अहलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । विश्वमा सवै भन्दा बढी संक्रमित भएको देश अमेरिकामा मत्रै १५ लाख २७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ । अमेरिकामा ३ लाख ४६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने करिब ९१ हजार जनाको मृत्यु भएको छ ।...
मलेसियामा १३ जना कोरोना संक्रमित नेपाली निको भए

मलेसियामा १३ जना कोरोना संक्रमित नेपाली निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते ।  मलेसियामा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित १३ जना नेपाली उपचारपछि निको भएका छन् । अहिलेसम्म ५५ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा १३ जना उपचारपछि निको भएको हो । ५५ जनामध्ये १३ जना उपचारपछि निको भएपनि बाँकी ४२ जना पनि निको हुने चरणमा रहेको मलेसियाका लागि नेपाली राजदूतसले जनाएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाईएको छ । दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द गरेको कन्सुलर सेवा अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ । पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको जनाएको छ । मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फ...