डिजिटल पहुँच बढ्दै, सुरक्षित प्रयोगमा जोड
पूर्णपुष्टि सम्बाददाता
उदयपुर, साउन २८ ।
२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उदयपुरमा ‘डिजिटल सुरक्षा र युवा’ विषयक अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘फरक परिवेश, साझा आकाङ्क्षा’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बुधबार ओरेक आधार, राजाबासमा कार्यक्रम आयोजना गरिएको हो ।
महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, हुरेन्डेक–नेपाल उदयपुर, जाल्पा एकीकृत विकास समाज उदयपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा युवाको बढ्दो डिजिटल पहुँचसँगै देखिएका साइबर जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन हिंसा तथा दुव्र्यवहारबाट बच्ने उपाय र डिजिटल प्रविधिको जिम्मेवार प्रयोगबारे छलफल गरिएको थियो ।
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका आनन्द खड्काले अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा, महत्व तथा समाज परिवर्तनमा युवाको भूमिकाबारे प्रस्तुतीकरण गर्...









