चौदण्डीगढीमा खेलकुद प्रतियोगिता आयोजना गर्न क्लब दर्ता अनिवार्य
पूर्णपुष्टि, कार्तिक ९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्र हुने सबै खेलकुद प्रतियोगिताहरू आधिकारिक दर्ता भएका क्लबमार्फत मात्र आयोजना गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार नगर खेलकुद विकास समितिको आयोजनामा भएको छलफलमा यो निर्णय गरिएको हो ।
नगर प्रमुख कालुमान लामाले दर्ता नभएका क्लब वा संघसंस्थाले आयोजना गर्ने खेलकुद प्रतियोगिताले विवाद सिर्जना गर्ने गरेको बताए । उनले यस्ता समस्या समाधानका लागि नगर खेलकुद विकास समितिको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नगर खेलकुद विकास समितिका सचिव भास्कर चौधरीका अनुसार दर्ता नभई प्रतियोगिता आयोजना गर्ने क्लबलाई नगरपालिकाले कुनै पनि सहयोग नगर्ने र प्रतियोगिताबाट उत्पन्न समस्याको जिम्मेवारी आयोजक स्वयंले लिनुपर्ने निर्णय भएको छ । तर परापूर्वकालदेखि सञ्चालित ऐतिहासिक प्रतियोगिताहरूको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिसमा सञ्चालन गर्न दिइ...









