जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री राई
पूर्णपुष्टि, चैत ९
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनु भएको छ । मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गर्दै उहाँले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । । आज क्वारेन्टाईन स्थल पुगेर मुख्यमन्त्री राईले क्वारेन्टाईनको निरीक्षण गर्नुभएको हो । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो ।
मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आजबाट बन्द गरेको जानकारी दिनुभयो । साथै ठूला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताउनुभयो । प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर स...









