Sunday, August 23News That Matters

समाचार

साहाराले त्रियुगाकाे ६४ हेक्टरमा चाक्लाबन्दी खेतीगर्ने

साहाराले त्रियुगाकाे ६४ हेक्टरमा चाक्लाबन्दी खेतीगर्ने

समाचार
उदयपुर/फागनु,७ त्रियुगा नगरपालिका १३ स्थित साहारा कृषि संस्थाको अर्धबार्षिक समिक्षा बुधबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्य तथा समाजसेवी समुहको अध्यक्ष डा. निर्मल केसीको विषेश आथित्यतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा सहकारीको हाल सम्म गरेको काम र प्रगतिको बारेमा जानकारी सहित सम्पन्न भएको थियो । खासगरी उक्त सहकारी संस्थाले संञ्चालन गरेको चक्लाबन्दी खेतीको बारेमा विषेश चर्चा भएको थियो । ६४ हेक्टर जमिनमा गर्न लागिएको चक्लाबन्दी खेती एकिकृत रुपमा खेती गर्ने तयारी भइरहेको समिक्षामा जनाइएको छ । सबैले मिलेर एउटै वाली लगाउने धान मकै उत्पादन गर्ने विउ आफै उत्पादन गर्ने बाह्रै मास बाली लाउने योजनालाई सफल बनाउने तर्फ कृषकहरु अग्रसर रहेको कार्यक्रममा समिक्षा गरिएको छ । मुल्य बजार श्रम सबै हुने गरी राज्यका सबै विकास सँग सहमति, स्वीकृति र सहयोग ल...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
गाईघाट/फागुन, ७  लागुऔषध सहित उदयपुरमा २ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरले त्रियुगा नगरपालिका वडा नं ११ का २७ बर्षिय रुपन लिम्बु र सुमन राईलाई मंगलबार पक्राउ गरेको होे । प्रहरीले पक्राउ परेको राई र लिम्बुको साथबाट ५४ पिस १८ सेट लागुऔषाध बरामद गरेको छ । उनिहरुको साथ बाट बिभिन्न प्रकारको लागुऔषाध फेनारगन १८ सेट लुपिपेसन १८ सेट डाइजोपाम १८ सेट गरी ५४ सेट लागुऔषाध बरामत गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । उनिहरुलाई अनुसन्धान गरी कानुनी अनुसार कार्वाहरु बढाउने पनि प्रहरीले जनाएको छ ।  ...
सहिदको सम्झना गरियो

सहिदको सम्झना गरियो

समाचार
उदयपुर, फागुन ७  प्रजातन्त्र दिवस अर्थात फागुन ७ लाई नागरिक स्वतन्त्रता दिनको रुपमा लिदै उदयपुरमा मनाइएको छ । जिल्ला समन्वय समिति उदयपुरको संयोजक खड्गबहादुर परियारको संयोजकत्वको दिवस मुल आयोजक समारोह समितिले बिहान र््यालि गर्८यो । गाईघाट बजार र्८यालि पछि सिटिहलमा कार्यक्रम भएको थियो । कार्यक्रममा वक्ताहरुले प्रजातन्त्र दिवसको महत्व बारे बमेलेका थिए । कार्यक्रममा सहिदहरुको फोटोमा माल्यार्पण गर्दै सम्झना गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक समाज, बिध्यार्थि तथा कर्मचारिहरुको उपस्थिति थियो । यसै अवसरमा भोली अञ्चल आयुर्वेद अस्पताल बोक्सेमा सरसफाई अभियानको कार्यक्रम समेत रहेको छ ।...
नेपालटारमा कृषि मेला प्रदर्शनी

नेपालटारमा कृषि मेला प्रदर्शनी

समाचार
उदयपुर/फागुन, ७ उदयपुर, फागुन ७ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ नेपालटारमा पहिलोपटक कृषि मेला प्रदर्शनी भएको छ । कृषकहरुलाई प्रोत्साहित गराउने उद्देश्यले पालिकाले ६ र ७ गते दुईदिन प्रदर्शनी मेलाको आयोजना गरेको पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो । अध्यक्ष मगरका अनुसार पहिले पहिले किनेर तरकारी खाने पालिकाका कृषकहरुले अहिले आफैले बारीमा फलाउन थालेको र केहीमात्रामा विक्री वितरण गरेर आयआर्जनसमेत थालिएको छ । यसैलाई मध्येनजर गर्दै थप आयआर्जन बढाउन, ब्यवसायिकरण तथा आधुनिकीकरण गर्दै अगाडी बढाउने उद्देश्य पालिकाको रहेको छ । प्रदर्शनीमा पालिकाको आठ वटै वडाका कृषकहरुले विविध कृषिजन्य सामग्रहीको प्रदर्शनी गरेका थिए । तीनसय ४५ कृषकहरुले आप्mना उत्पादन स्टलमा राखेका थिए । उनीहरुले आआप्mना बारीमा फलाएका आलु, साग, भान्टा, मुला, तरुल, गोलभेडा, काउली, सिमि लगायतका तरकारी ...
लालीगुराँस बोर्डिङले खेलकुद पुरस्कार वितरण गर्*याे

लालीगुराँस बोर्डिङले खेलकुद पुरस्कार वितरण गर्*याे

खेलकुद, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ६ । उदयपुरकाे सदरमुकाम गाइघाटस्थित जिल्लाकै पहिलाे बाेर्डिङ स्कुल 'लालीगुराँस बोर्डिङ स्कुल'ले मंगलबार खेलकुद पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बोर्डिङको वार्षिक खेलकुद सप्ताह कार्यक्रम अन्तर्गत भएका विभिन्न खेलका विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो । माघ ७ गतेदेखि सप्ताहव्यापी खेलकुद सञ्चालन भएको थियो । स्कूलले २० खेलकुद विद्यामा विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरेको थियो । विभिन्न स्थानमा चारसय मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । खेलकुद अन्तर्गत फुटबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, टेबलटेनिस, म्यूजिकल चियर लगायतका २० किसिमका खेलहरु भएका थिए । सांगीतिक कार्यक्रमका साथ भएको कार्यक्रममा स्कूलका सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरुले विजयी विद्यार्थी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमका तस्विरह...
पशुपतिमा गाँजाले लठ्ठीनेदेखि नागाबाबासमेत आउन थाले

पशुपतिमा गाँजाले लठ्ठीनेदेखि नागाबाबासमेत आउन थाले

समाचार
फागुन ६ गते । नेपाली हिन्दु धर्मावलम्बीहरुले भब्यरुपले मनाउने महाशिवरात्रिको तयारी भब्य भईरहेको छ । खासगरी नेपालको सबैभन्दा प्रख्यात धार्मीक स्थल पशुपतिनाथ परिसरमा विशेषरुपले मनाइन्छ । त्यसको तयारी अहिले भइरहेको छ । पर्व नजिकिँदै जाँदा पशुपतिनाथमा चहलपहल पनि बढ्दै गईरहेका छ । खासगरी शिवरात्रीमा साधु, सन्तहरु विशेष हुने गरेका छन् । शिवभक्तको रुपमा चिनिने साधु, सन्तहरु नेपालका विभिन्न स्थान र भारतबाट ठूलो संख्यामा आउने गरेका छन् । साधु, सन्तहरुको चहलपहल अहिलेदेखिनै देखिन थालेको छ । गाँजा,भाङ जस्ता मादक चीजले मस्त हुने, नाँगिनेदेखि पूजापाठ गर्नेसम्मका साधु, सन्तहरु देखिन्छन् । साधु, सन्तदेखि लाखौंको संख्यामा आउने भक्तजनहरुको व्यवस्थापन सरकारले गर्ने गरेकोे छ ।...
कोरोना भाईरसको कारण ठूला योजना प्रभावित

कोरोना भाईरसको कारण ठूला योजना प्रभावित

समाचार
फागुन ६ गते । कोरोनाका कारण नेपालका ठूला निर्माण योजना पनि प्रभावित देखिएको छ । रुपन्देहीको भैरहवामा निर्माण हुदै गरेको अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको हो । सन् २०२० को मार्चमा निर्माण सक्ने भनिएको विमानस्थलको निर्माण कार्यमा खटिएका चिनीया कामदारहरु नफर्केपछि करिब ८ महिना ढिलाई हुने भएको हो । चिनमा कोरोना भाइरस देखिएपछि फर्किएका चिनिया कामदारहरु चीन सरकारले आवतजावतमा कडाई गरेपछि फर्कन पाएका छैनन् । विमानस्लको केही काम अझै बाँकी रहेको र कोरोना भाइरसका कारण प्रभावित भएको आयोजनाले जनाएको छ । विद्युत, फिनिसिङ जस्ता कामहरु बाँकी रहेका छन् ।...
लागुऔषध बेचबिखनमा संग्लग्न ३ जना पक्राउ

लागुऔषध बेचबिखनमा संग्लग्न ३ जना पक्राउ

समाचार
उदयपुर, फाल्गुन ६ गते । उदयपुरको बेलका नगरपालिका–९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न तीन जनालाई पक्राउ गरिएको छ । स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले पक्राउ गरेको हो । घरधनी ३५ बर्षीय आकाश तिम्सिना, बेनपा–१ निबासी ३२ बर्षीय बिकास बस्नेत र बेनपा–१३ निबासी ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाईजोल्याव ३ एम्पुल, लेगेसिक ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३ सय ग्राम, नगद १५ हजार रुपैयाँ, मिनिल्यापटप १ थान र बा १९ च ८४७४ नम्बरको कार समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भईरेको प्रहरील...
स्थलमार्ग भारत गएका नेपाली जहाजमा फर्कन नपाउने

स्थलमार्ग भारत गएका नेपाली जहाजमा फर्कन नपाउने

समाचार
फागुन ६ गते । रेल, बस प्रयोग गरी स्थलमार्गबाट दिल्ली गएका नेपालीहरू जहाज चढेर नेपाल फर्कन नपाउने भएको छ । परराष्ट्र मन्त्रालयको निर्देशनमा दिल्लीमा रहेको नेपाली दूतावासले ‘आगमन छाप’ भएका यात्रुको राहदानीमा मात्रै ‘प्रस्थान छाप’ लाग्ने जानकारी दिएको हो । नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था गर्न मातहत निकायलाई स्पष्ट निर्देशन दिदै नेपाली दूतावासद्वारा सूचना जारी गर्दै प्रस्ट पारेको छ । यसरी नेपाली अध्यागमन कार्यालयले प्रस्थान छाप नलगाएपछि सीमा पारी भारतीय अध्यागमनले पनि आगमन छाप नलगाउने भएकाले जहाजबाट फर्कन अनुमती नदिइने सुचनाद्धारा जनाकारी गरएको हो । खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी हुने गरेको र स्थलमार्गबाट भारत प्रवेश गरेर तेस्रो मुलुक गएकोले यस्तो व्यवस्था गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल ...
कोरोना भाइरसबाट अस्पतालका निर्देशकको मृत्यु

कोरोना भाइरसबाट अस्पतालका निर्देशकको मृत्यु

समाचार, स्वास्थ्य
फागुन ६ गते ।  चिनको एक मुख्य अस्तालका निर्देशकको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाईरसबाट वुहानमा रहेको वुचाङ्ग अस्पतालको निर्देशक तथा वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार मृत्यु भएको हो । कोरोना भाईरसका कारण मृत्यु हुने डक्टर मध्ये ५० वर्षीय लिउ दोस्रो डाक्टर हो भने पहिलो निर्देशक हुन् । वुचाङ्ग अस्पताल कोरोना भाइरस संक्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो । यसअघि चीनमा कोरोना भाइरसको संक्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।...