Sunday, August 23News That Matters

समाचार

कुन्यूमा जलेको मृत अवस्थामा १ जना फेला

कुन्यूमा जलेको मृत अवस्थामा १ जना फेला

समाचार
झापा, माघ २१ गते ।  झापाको बिर्तामोडमा परालको कुन्युमा जलेर मृत अवस्थामा एक जना फेला परेको छ । विर्तामोड नगरपालिका–२ चारपाने निबासी यमकुमार राजवंशीका खेतको परालको कुन्युमा जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । बिहान ९ बजे परालको कुन्युमा एक ब्यक्ति जलेर मृत अवस्थामा रहेको भन्ने खबर पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय अनारमनीबाट तत्काल प्रहरी टोली खटि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको नाम थर ठेगाना खुल्न सकेको छैन भने डग स्क्यानिङ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, माघ २१ गते ।  मोरङको बिराटनगर महानगरपालिका–१५ हुलास चोकबाट लागुऔषध सहित १ जना पक्राउ परेको छ । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले भारतको टिलुलिया निबासी २१ बर्षीय जय दत्तलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडी रहेका दत्तलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक १९ एम्पुल, एभिल १५ एम्पुल, डाइजोल्याब १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । दत्तले कम्मर आसपास टेपले लुकाई छिपाई बोकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।...
बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु

बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु

समाचार
झापा, माघ २१ गते ।  झापाको शिवसताक्षीमा बोलेको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेमा बोलेरोले ठक्कर दिदा ठेला चालक बलबहादुर दर्जीको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरोले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई गतराती साँढे ६ बजे ठक्कर दिंदा ठेला चालक स्थानीय ६० बर्षीय दर्जी घाईते भएको थियो । घाईते दर्जीको उपचारको लागी बि एण्ड सी अस्पताल लगी उपचारको क्रममा राती सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
आगोले ४५ प्रतिशत जलेको पाठकलाई नागबेली लघुवित्त संस्थाको आर्थिक सहयोग

आगोले ४५ प्रतिशत जलेको पाठकलाई नागबेली लघुवित्त संस्थाको आर्थिक सहयोग

समाचार, स्वास्थ्य
गाईघाट/माघ २१ नागबेली लघुवित्र संस्था गाईघाट शाखाले आफ्नो १० औँ बार्षिकोत्सवको अवसरमा आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका ३ लाफागाउँका दिनेश पाठकलाई आर्थिक सहयोग गरेको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले जिल्ला हस्पिटल उदयपुरमा रहेको विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम सहित आर्थिक सहयोगको कार्यक्र राखेको थियो । मंगलबार जिल्ला हस्पिटल उदयपुरमा एक कार्यक्रम गर्दै जिल्ला समन्वय प्रमखु खड्ग परियारले विरामीलाई आर्थिक रकम आर्थिक रकम तथा विरामीहरुलाई फलफुल वितरण गर्नुभयो । हस्तान्तरण गर्नुभयो । संस्थाले विरामीलाई ५ हजार आर्थिक सहयोग सँगै फलफुल उपलब्ध गराएका छन् ।संस्थाले पैसाको अभावमा ठुलो हस्पिटमा उपचार नापाएका पाठकलाई आर्थिक सहयोग तथा अन्य विरामीहरुलाई फलफुल वितरण गर्दै बार्षिकोत्सव मनाएको हो । संस्था सँगै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला हस्पिटल उदयपुरको व्यवस्थापक खड्ग परि...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
उदयपुर, माघ २१ गते ।  उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१३ असारी दनुवारी टोलबाट स्थानीय नारायण चौधरी पक्राउ परेको हो । दनुवारीमा चेकजाँच गर्ने क्रममा बा ३१ प ६६७८ नम्बरको मोटरसाईकलमा सवार स्थानीय २६ वर्षीय चौधरीको साथबाट डाईजोल्इाब ३३ एम्पुल, लेबल विनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेको जल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
डेढ लाख घुससहित नायव सुब्बा पक्राउ

डेढ लाख घुससहित नायव सुब्बा पक्राउ

समाचार
माघ २१ गते ।  जनकपुरधाम भन्सार कार्यालयबाट घुससहित एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भन्सार कार्यालयको नायव सुब्बा अहमदरज्जा अन्सारीलाई सेवाग्राहीसाँग एक लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको आयोगले जनाएको हो । जनकपुरधामको पिडारी चोकबाट अन्सारीलाई पक्राउ गरेको आयोगले जनाएको छ ।...
सरकार पूर्ण रुपले असफल भएको छ : पूर्वमन्त्रि यादव

सरकार पूर्ण रुपले असफल भएको छ : पूर्वमन्त्रि यादव

समाचार
उदयपुर, माघ २० गते ।  गाईघटमा भएको एक पत्रकार सम्मेलनमा सरकार पूर्ण रुपले असफल भएको कानुन, न्याय तथा संसदीय मामिला पूर्व मन्त्रि तथा समाजबादी पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यावले बताएका छन् । मुलुक आर्थीक रुपले अगाडी बढ्नु पर्ने, संविधान संसोधन गर्नु पर्ने, मुलुकमा देखा परेका समस्याको समाधान गर्नु पर्ने लगयातका कुराहरुलाई हल गर्ने कार्यमा सरकार पूर्ण रुपले असफल भएको पूर्व मन्त्रि यादवले बताएका हुन् । पूर्व मन्त्रि यादवले भने “कानुनहरु निर्माण गर्दा लोकतन्त्र मुल्य मान्यता विपरित प्रेस ऐन, विशेष सेवा ऐन, सेना प्रयोग ऐन लगायतका ऐन निर्माण भएको छ ।” शान्ति सुरक्षा, भ्रष्ट्रचार नियन्त्रण, कृषी क्षेत्रको रुपन्तरण गर्न नसक्दा सरकार असफल भएको गाईघाटमा भएको पत्रकार सम्मेलनमा पूर्व मन्त्रि यादवले बताए । अमेरीकन सहयोग एमसीसी सरकारले लागु गररे खुलेर सम्बोधन गर्ने पूर्व मन्त्रि यादवले बताए...
मोटरसाईकल दुर्घटनामा ४ जना घाईते

मोटरसाईकल दुर्घटनामा ४ जना घाईते

समाचार
उदययपुर, माघ २० गते ।  मदन भण्डारी राजमार्ग अन्र्तगत त्रियुगा नगरपालिका–९ बाँसबारीमा मोटरसाईकल एकआपसमा ठोकिदा चार जना घाईते भएका छन् । सोमबार दिउँसो करिब ४ बजे मोटरसाईकल एकआपसमा ठोकिदा चार जना गम्भिर घाईते भएका हुन् । चुहाडेबाट गाईघाट तर्फ आउँदै गरेको स ३ प १९१० नम्बरको मोटरसाईकल र गाईघाटबाट उदयपुरगढी जाँदै गरेको लु ५३ प २२५१ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ । स ३ प १९१० नम्बरको चालक त्रिनपा–९ गैरुन निबासी ७९ वर्षीय विनोद चौधरी र पछाडी सवार ६७ वर्षीय आनन्दलाल चौधरी गम्भिर र्घाइते भएको छ । त्यस्तै लु ५३ प २२५१ नम्बर मोटरसाईकलको चालक उदयुरगढी गाउँपालिका–७ निबासी २६ वर्षीय खड्ग मगर र पछाडी सवार रौतामाई गाउँपालिका निबासी ३७ वर्षीय हर्क मगर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरी जिल्ला अस्पतालमा उपचारका लागि पठ...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
माघ २० गते ।  आजको विदेशी मुद्रा केहि घटबढ भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४५ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९९ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा  रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोक...
भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुग्यो

भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुग्यो

समाचार, स्वास्थ्य
माघ २० गते ।  चिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय ६१ पुगेको छ । एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीन बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको छ । कोरोना संक्रमित चिनमा मात्रै १७ हजार भन्दा बढी रहेको आयोगले पुष्टी गरेको विभिन्न संचारमाध्यमहरुले जनाएको छ । चीन भन्दा बाहिरका २४ देशमा गरी १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भैसकेको जनाइएको छ ।...