Saturday, August 22News That Matters

समाचार

पर्यटन भित्राउने तयारी बारे अन्र्तक्रिया

पर्यटन भित्राउने तयारी बारे अन्र्तक्रिया

पर्यटन, समाचार
गाईघाट/माघ, २ उदयपुरमा पर्यटन भित्राउने बारे वृहत छलफल भएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउने भन्दै राष्ट्रिय पर्यटन बोर्ड नेपालले अहिले देशैभर पर्यटन बर्षको तयारी र पर्यटनहरु भित्र्याउने कार्यहरु गरिरहेको छ । उदयपुरमा पनि पर्यटन भित्राउन स्थानीय सरकारहरुले भव्य तयारी गरिरहेको छ । यसै शिलशिलामा जिल्लामा ५० हजार पर्यटन भित्राउने उदेश्यका साथ बिहिबार त्रियुगा नगरपालिकाले अन्र्तक्रिया तथा छलफल कार्यक्रम गरेको छ । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रहरुलाई समेट्दै कसरी पर्यटकहरुलाई लाई सहज र सरल वातावरणका साथ भित्राउने भन्ने विषयमा विभिन्न सम्बन्धित निकायहरु सँग छलफल तथा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा पर्यटन भित्राउन अझै धरै सेवा सुविधा र सुधारका पक्षहरु बाँकि नै रहेको कुरा छलफलमा उठेको छ । पर्यटनहरुलाई सहज वातावरणका निम्ति अझै धरै कार्यहरुलाई अगाडी बढाउनु पर्ने अन्तक्रिया...
आगलागीबाट ६५ लाख बराबरको क्षती

आगलागीबाट ६५ लाख बराबरको क्षती

समाचार
सोलुखुम्बु, माघ ०२ गते । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(८ केरुङमा आगलागि हुदा ६५ लाख बराबरको क्षति भएको  छ । बुधबार करिब ११ बजेतिर मानकाजि थापा मगरको घरमा आगलागी हुदा पैसठी लाख बराबरको क्षती भएको हो । ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट भएको छ । घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । बिहानको राती साढे ३ बजेको समयमा पुर्ण रुपमा आगो नियन्त्रणमा लिएको केरुङ प्रहरीले बताए ।  ...
मोटरसाईकल ठक्करबाट घाइते बृद्धको मृत्यु

मोटरसाईकल ठक्करबाट घाइते बृद्धको मृत्यु

Breaking News 1, समाचार
मोरङ, माघ ०२ गते । मोरङको बुढीगंगा गाउँपालिका(७ डंग्राहा स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट ७० बर्षिय बृद्दको मृत्यु भएको छ । बुधबार दिउँसो साढे १ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलले स्थानीय छेतधर्नु खाँ थारुलाई हिडीरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएको बृद्ध बिराट मेडिकल टंकिमा उपचारको क्रममा मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यलय बिराटनगरले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक मोरङको बुढीगंगा गाउँपालिका(७ डंग्राहा बस्ने बर्ष(२३ को अक्ष्य कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाएको छ ।...
कटारीमा १५ दिने मैनी मेला सुरु

कटारीमा १५ दिने मैनी मेला सुरु

मनोरञ्जन, समाचार
आशिष वस्नेत १ माघ २०७६  कटारी / कटारीको त्रिवेणीमा १५ दिने मैनी मेला  माघ १ गते बाट सुरु भएको छ । कटारी नगरपालिका वडा नं २ स्थित हरेक बर्षको मांघे संक्रातिको अवसरमा लाग्ने यो मेला यो पटक पनि १५ दिने लाग्ने भएको छ । स्थानीयहरुको अनुसार पहिले एक महिने लाग्ने मंकर मेला द्धन्नकाल पछि अहिले १५ दिने मैनी मेला लाग्ने गरेको छ । मैनी मेला कटारीको मात्र नभएर जिल्लाकै ठुलो मेला पनि हो । यस मेलाले कटारी त्रिवेणीको ठुलो परिचय राखेको स्थानीयहरुको भनाई छ । कमला , ककरु र तावा खोलाको किनार त्रिवेणी घाटमा लाग्ने यो मेला त्रिवेणी मेला भनेर पनि प्रख्यात छ । त्रिवेणी घाटमा भाकल गरेअनुसारको वलिदिई पुजा आजा गर्नाले चिताएको पुग्ने जनविश्वास तिर्थालु भक्तजनहरुमा  छ । मेलामा पुजाआजाको लागि बिभिन्न जिल्लाहरु खोटाङ, सोलुखुम्वु, सिराहा, सप्तरी लगएत भारतबाट समेत आउने गरेको छ । मेलामा लोप हुदै गएको सोलुख...
¥याली सहित उदयपुरमा पनि भुकम्प सुरक्षा दिवस मनाईयो

¥याली सहित उदयपुरमा पनि भुकम्प सुरक्षा दिवस मनाईयो

समाचार
 गाईघाट/माघ, २ २२ औँ भुकम्प सुरक्षा दिवसलाई गाईघाटमा प्रभातफेरी ¥यालीका साथ बिहिवार मनाइएको छ । दिवसलाई बजार परिक्रमा सँगै पिपलचोकमा कोणसभा गरी सम्पन्न गरिएयो । “भुकम्पबाट सुरक्षित पूर्वधार दिगो सुख र समृद्धिको आधार” भन्ने नारा सहित भुकम्पको क्षेति बारे नागरिकहरुलाई बुझाउँदै कुनै पनि बेला आउने भुकम्पबाट सुरक्षित हुन कार्यक्रमको आग्रह गरेको छ । कोणसभामा उपस्थितिहरुले भुकम्पले मान्छे नमार्ने तर हामिले बनाएको कम्जोर संरचनाले मान्छे मार्ने कुरा बुझाएको छ । हामिले आफ्नो घर अन्य संरचनाहरु भुकम्पप्रतिरोधात्मक बनाउने हो भने जन धन बाट बच्न सकिने कुरा बताए ।जिल्ला विपद् व्यवस्थापन उदयपुरको आयोजना, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं १ र त्रियुगा नगरपालिकाकाको समन्वय सहयोगमा दिवस सम्पन्न गरिएको छ । दिवसमा सुरक्षा निकाय, संघसंस्था, पत्रकार, नागरिक, कर्मचारी, लगाएतको उपस्थिति रहेको थियो । &nb...
बेलकामा माँघेसंक्राति भव्य

बेलकामा माँघेसंक्राति भव्य

Breaking News 1, समाचार
बेलकामा/ माघ १, बेलकामा माघेँ संक्राति भब्य मानाईएको छ ।  छोरीचेलीलाई पुज्ने र पितृलाई सम्झदै यो पर्व मनाइएको हो ।  बेलका मगर संघको आयोजनामा शुभकामना आदान प्रदान सँगै यो बर्ष पनि भब्य रुपमा मनाईएको हो । मगरहरु एकजुट भएर अगाडी बढ्न नेपाल मगर संघकी केन्द्रीय अध्यक्ष सारदा मगरले सुझाइन् । मगरले सङगठन गर्दै मगरहरु हिन्न परेको बिडम्वना रहेको बताइनन् । उनले आफु मगर भए पनि थरको पछाडि मगर नलेखेका मगरहरु गैरमगर भएको बताइन । कार्यक्रममा प्रदेश नम्बर १ का माननीय साम्सद नारायण बुर्जा मगरले  आर्थिक सामाजिक र राजनितिकरुपमा मगरहरु पछाडि पारिएको बताए । उनले इतिहासका विभिन्न काल खण्डमा मगरहरुले राष्ट्रलाई दीएको योगदानलाई मगरहरुले गर्भ गर्नु पर्ने पनि बताए  ।  बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चौधरिले मगरहरुले एकता सधै कायम रहनु पर्ने बताईन । उप प्रमुख चौधरिले नगरका सबै गतिविधिमा सबै समुदाय होस्...
अटो दुर्घटनामा ३ जना घाईते

अटो दुर्घटनामा ३ जना घाईते

समाचार
आशिष वस्नेत  कटारी/पुस २८ गते । कटारीमा अटो दुर्घटनामा तीन जना घाईते भएका छन् । कटारी नगरपालिका–५ भोर्लेमा सोमबार अटो दुर्घटनाहुँदा घाईते भएका हुन् । कटारीबाट रिस्कूतर्पm जाँदै गरेको ज १ ह २१६० नम्बरको अटो डङ्गडङ्गे खोलामा दुर्घटना हुँदा कनपा–७ रिस्कु निबासी रबी दनुवार, सिता दनुवार, रिना दनुवार घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ...
बन मुद्दाका २ जना फरार प्रतिबादी पक्राउ

बन मुद्दाका २ जना फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, पुस २८ गते । उदयपुरमा दुई जना फरार प्रतिबादी फक्राउ परेका छन् । वन मुद्दामा फरार रहेका अनिल चौधरी र दुखिलाल चौधरी आईतबार पक्राउ परेका हुन् । जिल्ला अदालतबाट बन मुद्दामा कसुर ठहर गर्दै त्रियुगा नगरपालिका–३ निबासी २८ वर्षीय अनिललाई ६ महिना कैद र २३ हजार जरिवाना र ५१ वर्षीय दुखिलाललाई ५ महिना ६ दिन कैद फैसाल सुनाएपछि फरार रहेको प्रहरीले जनाएको छ । कदै र जरिवाना चुक्ता नगरेकाले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी फैसला कार्यन्वयनका लागि जिल्ला अदालतमा उपस्थिति गराएउने प्रहरीले जनाएको छ ।...
नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

समाचार
झापा, पौष २८ गते । झापाको बाह्रदर्शीमा नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बाह्रदर्शी गाउँपालिका–३ को  राजगढ बजारमा नक्कली प्रहरी बनेर ठगी गर्ने पर्शुराम महत्तो र जिवन दास दिउँसो साढे १२ बजे पक्राउ परेका हुन् । सो गाउँपालिका ४ को चकचकी निबासी स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने  गौरीगंञ्ज गाउँपालिका–१ निबासी २८ वर्षीय महत्तो र ३ नम्बर वडा निबासी २० वर्षीय दासले आफुहरु १ न. प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआईवी प्रहरी भन्दै आलमसंग सात हजार रुपैयाँ असुली गरेको प्रहरी जनाएको छ । घटनाबारेमा स्थानीयलाई  शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी पुगी दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा लगि घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सेप्टि ट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

सेप्टि ट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

समाचार
सुनसरी, पौष २८ गते । सुनसरीको ईटहरीमा सेप्टि ट्याङ्कीको गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–५  पिपलचोको भित्रि सडक खण्डमा गाडीको ठक्करबाट साईकलयात्री सुनिता कार्कीको मृत्यु भएको हो । को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले दिउँसो पौने १ बजे साईकल यात्री ईटहरी उपमहानगरपालिका–४ हलगडा निबासी २६ वर्षीया कार्कीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएकी कार्कीलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पताल लगि उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । गाडी सह–चालकले चलाएको खुल्न आएपछी सह–चालक पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।...