किरात प्रदेश तथा पहिचान सम्बन्धि प्रशिक्षण कार्यक्रम
गाईघाट/मंसिरि २१
किरात राई यायोख्खा केन्द्रिय संगठन विभागले किरात प्रदेश नामकरण तथा किरात राईहरुको भाषा, संस्कार, संस्कृति र पहिचानको विषयमा १ दिने छलफल तथा प्रशिक्षण कार्यक्रम गाईघाटको साकेला टोलमा शनिवार गरेको छ ।
अहिले सम्म नामकरण हुन नसकेको १ नं प्रदेशलाई किरात प्रदेश नामकरणको अभियानमा बिभिन्न कार्यक्रमहरु भईरहेको र सो अभियानलाई सफल बनाउन प्रशिक्षणको अयोजना गरिएको आयोजकले बताए ।किरात जात होइना पहिचान हो जो कोहीले पनि आफ्नो पहिचानको संरक्षण गर्ने अधिकार भएको हुदा पहिचान बचाउन १ नं प्रदेशलाई किरात प्रदेश बनाउन किरात राई यायोख्खाले धरै पहल गरिरहेको आयोजक समितिले बताए ।
१ नं प्रदेशमा बिभिन्न जातजातिहरुले बसोवास गरेपनि धरै मात्रामा किरातीहरुले बसोवास गर्ने पुर्वी क्षेत्र भएको भन्दै यहाँको भाषा, संस्कार संस्कृति र पहिचानको निमित्त यस नामकरणले महत्र्वपूर्ण भुमिका खेल्ने आयोजकको भनाई ...








