Friday, August 21News That Matters

समाचार

नाबालिका भतिजीको निर्मम हत्या गर्ने काका पक्राउ

नाबालिका भतिजीको निर्मम हत्या गर्ने काका पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २८ । सुनसरीको इटहरीमा एक डेढ वर्षीया बालिकाको निर्मम हत्या भएको छ। घटनामा संलग्न बालिकाकी काकालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार इटहरी उप–महानगरपालिका–५ का ३० वर्षीय सालिग्राम लुईटेलले आफ्नै भतिजी आईन्सु लुइटेलको हत्या गरेका हुन्। शनिबार अपरान्ह आफ्नै डेरा कोठामा लुईटेलले धारिलो ब्लेडले बालिकाको घाँटी र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लुईटेललाई घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले आरोपित लुईटेलमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। यस जघन्य अपराधले समुदायमा तरंग ल्याएको छ र न्यायको माग बढेको छ।...
उदयपुरका प्रहरी प्रमुख (एसपी) सहित १९ जना प्रहरीद्धारा रक्तदान

उदयपुरका प्रहरी प्रमुख (एसपी) सहित १९ जना प्रहरीद्धारा रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा उदयपुरका (एसपी) सहित  १९ जना प्रहरीले रक्तदान गरेका छन् । आईतबार वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरद्धारा सञ्चालित ब्लड बैँक सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहर नाथ योगी, कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाई सहित १९ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख योगीले मातहत प्रहरी कर्मचारीलाई रक्तदानको महत्त्व तथा आवश्यकताबारे प्रकाश पार्दै रक्तदान गर्ने प्रहरी कर्मचारीहरुलाई धन्यवाद् ज्ञापन गरेका थिए ।  ...
उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २८ । उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २५ बर्षीय प्यारे भन्ने सरोज घिमिरे र सोही स्थान बस्ने ४३ बर्षीय गोविन्द खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार जिल्ला अदालतको मिति २०७३–०३–२९ गतेको फैसलाले लागू औषध मुद्धामा घिमिरेलाई २ हजार रुपैँया र मिति २०७५–०२–१३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा खत्रीलाई २ हजार रुपैँया जरिवना तोकेको थियो । आईतबार जिप्रका बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
बडिगाडमा बाढी पहिरोले ५० परिवार विस्थापित

बडिगाडमा बाढी पहिरोले ५० परिवार विस्थापित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ । बाढी र पहिरोका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका वडा नं. ९ को नयाँबस्ती र वडा नं. १० का आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायतका क्षेत्रका बासिन्दाहरू विस्थापित हुन पुगेका हुन्। यसअघि गएको पहिरोमा ११ जनाको मृत्यु भएको र एक जना अझै सम्पर्कविहीन रहेको स्थानीय प्रशासनले जनाएको छ। विस्थापित परिवारहरू अहिले बिचल्लीमा परेका छन्। पहिरोका कारण खानेपानी र विद्युत् आपूर्ति अवरुद्ध भएको छ, जसले गर्दा बालबालिका र वृद्धवृद्धालाई विशेष समस्या परेको छ। स्थानीय बासिन्दा भीमबहादुर बुढाका अनुसार धेरै घरहरू अझै पहिरोको जोखिममा रहेकाले मानिसहरू बस्ती छाडेर अन्यत्र जान बाध्य भएका छन्। बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले विस्थापित परिवारहरूलाई विद्यालय तथा सार्वजनिक स्थलहरूमा अस्थायी रूपमा बसोबास गराइएको जानकारी दिए।...
कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ । उदयपुरको कटारी बजारमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारीद्वारा संचालित खानेपानी आयोजनामा प्राविधिक समस्या देखिएपछि पानी वितरण रोकिएको हो। संस्थाका अनुसार आयोजनाको मुहान कटारी-५ मा रहेको विद्युतको ट्रान्सफर्मर र पम्पमा समस्या आएको छ। यसका कारण बजार क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। समस्या समाधानका लागि संस्थाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मर्मत कार्य थालेको जनाएको छ। छिटोभन्दा छिटो पानी आपूर्ति पुनः सुचारु गर्न प्रयास भइरहेको संस्थाले बताएको छ। संस्थाले मर्मत कार्य सम्पन्न हुने बित्तिकै नियमित खानेपानी वितरण सुचारु हुने जानकारी दिएको छ। साथै, यस असुविधाका लागि स्थानीय उपभोक्ताहरूसँग क्षमायाचना गरेको छ।...
आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ ।  जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज सबै प्रदेशमा वर्षाको सम्भावना रहेको विभागले बताएको छ। हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही अन्य भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, वाग्मती, गण्डकी, लुम्...
दशौं राष्ट्रिय खेलकुदको १०० दिने काउन्टडाउन सुरु

दशौं राष्ट्रिय खेलकुदको १०० दिने काउन्टडाउन सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २७ ।  कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा अघि बढेको छ। आगामी मंसिर २ देखि ९ गतेसम्म हुने यस प्रतियोगिताको सय दिने काउन्टडाउन शनिबारदेखि सुरु भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट प्रस्ताव गरेको छ। प्रस्तावित लोगोमा सात प्रदेशका खेलाडी, डाँफे चरा, नेपालको झण्डा र कर्णाली नदी समावेश छन्। मस्कटको रूपमा कर्णालीको हिमाली क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डालाई प्रस्ताव गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने प्रतिबद्धता जनाए। साथै, कर्णाली खेल गीत पनि सार्वजनिक गरियो। परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालले प्रतियोगिताको तयारीमा पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिइएको...
सिटीले पेनाल्टी सुटआउटमा युनाइटेडलाई हराउँदै जित्यो कम्युनिटी शिल्ड 

सिटीले पेनाल्टी सुटआउटमा युनाइटेडलाई हराउँदै जित्यो कम्युनिटी शिल्ड 

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २७ ।  म्यानचेष्टर सिटीले पेनाल्टी सुटआउटमा म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। लण्डनको वेम्बली मैदानमा भएको रोमाञ्चक खेलमा सिटीले युनाइटेडलाई ७-६ को नतिजामा हरायो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो। युनाइटेडका अलेजान्द्रो गार्नाचोले ८२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेल सकिन एक मिनेट अगाडि सिटीका बर्नार्डो शिल्भाले बराबरी गोल गरे। पेनाल्टी सुटआउटमा दुवै टोलीले सुरुवाती ५-५ पेनाल्टीमा समान ४ गोल गरेका थिए। युनाइटेडका ब्रुनो फर्नान्डेज, डिएगो डालोट, गार्नाचो र कासेमिरोले गोल गरे भने सिटीका केभिन डे ब्रुएना, एर्लिङ हालान्ड, साभियो र गोलकिपर एडरले गोल गरे। थप पेनाल्टी प्रहारमा सिटीका माथेउज नुनेज, रुबेन डियाज र मानुएल अकान्जीले गोल गरे। युनाइटेडका स्कट म्याकटोमिने र...
इजरायलले गाजाको शरणार्थी शिविरमा आक्रमण गर्दा ९३ जनाको मृत्यु

इजरायलले गाजाको शरणार्थी शिविरमा आक्रमण गर्दा ९३ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ ।  गाजा क्षेत्रमा इजरायली सेनाको निरन्तर आक्रमणले थप मानवीय क्षति भएको छ। युद्धका कारण विस्थापित भएकाहरूले आश्रय लिइरहेको एक विद्यालयमा भएको आक्रमणमा कम्तिमा ९३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको थियो। यस आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष सर्वसाधारणको ज्यान गएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म यस युद्धमा ३९ हजार ६९९ प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन्। गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ। इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरह...
गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ । गायक प्रकाश तिमिल्सिनाको शनिबार राति अकस्मात निधन भएको छ। ललितपुर महानगरपालिका-१८ स्थित आदिनाथ मार्गमा रहेको आफ्नै कोठामा उनी मृत अवस्थामा फेला परेका हुन्। ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार तिमिल्सिनालाई राति करिब ९ बजे बेडमा मृत अवस्थामा फेला पारिएको थियो। उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। 'नेपाली तारा' गायन प्रतियोगिताबाट चर्चामा आएका तिमिल्सिनाका धेरै गीतहरू लोकप्रिय थिए। 'प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ', 'तिम्रो हातको सिन्दूर', 'जुन भन्दिन', 'नमान लाज यसरी', र 'नआए नि हुन्थ्यो' जस्ता उनका गीतहरूले श्रोताहरूको मन जितेका थिए। पारिवारिक स्रोतका अनुसार तिमिल्सिनाको अन्त्येष्टि आजै पशुपतिमा गरिनेछ। त्यस अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिने जनाइएको छ।...