नेपाल–चीनविच उच्चस्तरीय छलफल
भदौ २३ गते ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रि वाङयीले नेपाली समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको उच्चसतरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि उच्चस्तरीय छलफल गर्ने भएका हुन् ।
होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै एजेण्डाहरूमाथि दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको चासो स्वभाविक रुपमा बीआरआईमा नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित छ । नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने हो त्यो हुन नसकेकोमा चीनले चासो राखेको छ ।
चीनको सहय...









