मुख्यमन्त्रि राईद्धारा बाढी पहिरो क्षेत्रको अवलोकन
उदयपुर, साउन ३१ गते ।
उदयपुरको रौतामाईका बाढी पिडित क्षेत्रमा प्रदेश न. १ का मुख्यमन्त्रि शेरधन राईले स्थलगत अनुगमन गर्नुभएको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुची बजारको छौड्याहा खोला र पुँवारे खोलाले गरेका क्षतीको स्थलगत अनुगमन गर्नुभएको हो ।
गत असार ३० गते राती घरमा सुतिहरेको अवस्थामा छौड्याहा खोलामा अचानक आएको बाढीले बगाई घाईते भएकी सुनिता तामाङसँग प्रत्यक्ष भेटघाट गरी प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउने मुख्यमन्त्रि राईले आश्वसन दिनुभएको छ ।
बाढी पहिरोले क्षती गरेका खानेपानी, सिचाई लगायतका क्षतीको स्थलगत अनुगमन र मुर्कुची बजारमा रहेको रौता जनता क्याम्पसको पनि अवलोकन गर्नु भएको छ । मख्यमन्त्रि राईले बजारमा जनताको जनगुनासो समेत सुन्नु भएको थियो ।
पालिकाको समग्र विस्थापित, जोखिम, मृत्यु लगायतका बाढी पहिरोबाट भएका क्षती र राहत, उद्दारको विवरण सहित मुख्यमन्त्रि राईलाई ...








