Thursday, July 9News That Matters

समाचार

लिभरपुलको शानदार जित

लिभरपुलको शानदार जित

पर्यटन, समाचार
साउन २५ गते । इंग्लिस प्रिमियर लिगका पहिलो खेलमा लिभरपुलले शानदार जित हात पारेको छ ।  गएराति एन्फिल्डमा भएको खेलमा नर्विचलाई ४–१ गोलले पछिपार्दै जित हात पारेको हो । खेल सुरु भएको ७ औँ मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरे । १९ औं मिनेटमा मोहम्मद सलाले गोल गरे भने २८ औं मिनेटमा भर्जिल भान डाइकले अर्को गोल गरे । त्यसैगरी ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलको सानदार जित भएको थियो । पहिलो हाफमै ४–० को गोल गरेका लिभरपुलको गोल रक्षक एलिसन घाईते भएर मैदान बाहिरिएपछि  मौकाको फाईदाउ उठाउदै दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले एक गोल गर्दै चित्त बुझाएको थियो ।...
जिल्ला आदिवासी जनजाति महासंघको अध्यक्षमा उदास

जिल्ला आदिवासी जनजाति महासंघको अध्यक्षमा उदास

समाचार
उदयपुर, साउन २५ गते ।  नेपाल आदिवासी जनजाति सहासंघ जिल्ला समन्वय परिषद उदयपुरको अध्यक्षमा गौरीशंकर उदास चयन भएका छन् । २५ औँ विश्व आदिबासी जनजाती दिवससँगै छैटौँ जिल्ला अधिवेशनबाट उदाससहित नयाँ नेतृत्वमा १७ सदस्य चयन भएका हुन् । उपाध्यक्ष टिकाराम थामी, बलधन राई र उषा माझी, सचिब शारादाकुमारी दनुवार, सह–सचिब तेन्जी शेर्पा, लिलाबहालुर सुनुवार र मनमाया भुजेल, कोषाध्यक्ष बिक्रमी चौधरी चयन भएको छ । त्यसैगरी सदस्यहरुमा बलराम उराउ, सरिता हायु, बाबुराम पहरी, रबिन गुरुङ, फणिन्द्र तामाङ, मनोज लिम्बु, जयराम पुर्वाछाने मगर र कलम बोटे चयन भएको संघले जनाएको छ । महासंघको जिल्ला समन्वय परिषदमा सर्वसहमतबाट नयाँ कार्यसमिति चयन भएको थियो । सर्वसहमतबाट चयन भएका नयाँ कार्यसमितिका दसस्यहरुलाई निर्वाचन मण्डलका संयोजक हरिबहादुर श्रेष्ठले सपथ ग्रह गराएका थिए ।...

छोराले कुटेर बाबुको मृत्यु

समाचार
झापा, साउन २४ गते । झापाको कमलमा छोराले कुटेर एक बाबुको मृत्यु भएको छ । कमल गाउँपालिका – १ निबासी ७० वर्षीय सर्यबहादुर थापालाई आफ्नै छोराले चिर्पटले हिर्काएर शुक्रबार मृत्यु भएको हो । विहान करिब सवा ७ बजे घरायशी कुराले विवाद हुदा ३१ वर्षीय प्रकाश थापाले बाबुलाई चिर्पटले हिर्काएर घटनास्थलै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने प्रकाश प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  ...

रुख ढलेर पैदल यात्रीको मृत्यु

समाचार
मोरङ, साउन २४ गते । मोरङको कानेपोखरीमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ आईतबारे निबासी ५१ वर्षीय पार्वता भट्टराईलाई रुखले किचेर विहिबार मृत्यु भएको हो । दिउँसो करिब सवा ४ बजे कानेपोखरीबाट रमाईलो तर्फ गईरहेको अवस्थामा अचानक आएको हावाहुरीले रुख ढल्दा किचेर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले किचेर घाईते भएकी भट्टराईलाई पथरी अस्पतालमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भउको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।...
डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

समाचार
संखुवासभा, साउन २४ गते । संखुवासभाको खाँदबारीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खाँदबारी नगरपालिका – ९ तुम्लिङटार निबासी बीरबहादुर कुमालको छोरा ४ वर्षीय विमल कुमाल पोखरीमा डुबेर मृत्यु भएको हो । गतराती पौने ८ बजे घर निजकै रहेको कोशी कोरीडोरको पानी  जमेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा लडी पसेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

करेन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु

समाचार
मोरङ, साउन २४ गते । मोरङको बरगाछीमा कन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका – ५ बरगाछीमा कन्टेनरले साईकललाई ठक्कर दिदा पालिका – १ निबासी स्वेता सहनीको मृत्यु भएको हो । राती करिब १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले भित्रि बाटोबाट निस्कदै गरेको साईकललाई ठक्कर दिदा ३५ वर्षीय सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । कन्टेनरको ठक्करबाट घाईते भएका सहनीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा करिब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

विद्यार्थीले बुझाए ज्ञापन पत्र

समाचार
झापा, साउन २४ गते । झापाको कचनकवल गाउँपालिकालाई संयुक्त विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएको छ । पालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा लागु गर्ने क्रममा एक विद्यालय एक संकाय लागु गरेको विरोध गर्दै ज्ञापन पत्र बुझाएको हो । विद्यार्थी संगठनले एक विद्यालय एक संकाय लागु गरेर विद्यार्थीलाई दुःख दिन खोजे आरोप लगाएको छ । निर्णय सच्याई एक विद्यालय एक संकाय हटाई अरु संकाय पनि अध्ययन गर्ने व्यावस्था मिलाउन माग गर्दै पालिकामा ज्ञापन पत्र दिएको संगठनले जनाएको छ । तीन दिन भित्र उक्त निर्णय सच्याई यथावत रुपमा अध्ययन गर्ने व्यावस्था मिलाउन ज्ञापन पत्र बुझएको संगठनले जनाएको छ ।...

बन्दुक सहित पक्राउ परेका धरौटीमा छुटे

समाचार
ईलाम, साउन २४ गते । ईलामको मकैबारीबाट भरुवा बन्दुक सहित पक्राउ परेका दुई जनालाई जिल्ला अदालत ईलामले धरौटी सहित तारीखमा छाडेका छन् । सन्दकपुर गाउँपालिका – १ निबासी ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मिनकुमार फागोलाई धरौटीसहित तारीखमा अदालतले छाडेका हुन् । गत असार ३० गते मकैबारीकाट ४ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने गोली, बारुद सहति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याथ थप गरी अनुसन्धान भैरहेको थियो । जिल्ला अदालतबाट सार्वजनिक मुद्दा लगाई १/१ लाख धरौटीसहित तारीखमा छाडेको अदालतले जनाएको छ ।  ...
विश्व आदिबासी दिवससँगै छैटौँ जिल्ला अधिवेशन उद्घाटन

विश्व आदिबासी दिवससँगै छैटौँ जिल्ला अधिवेशन उद्घाटन

समाचार
उदयपुर, साउन २४ गते । २५ आँै विश्व आदिबासी दिवससँगै उदयपुरमा छैटौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । देशैभरीका आदिबासी जनजातिहरुले विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाईरहेका दिवससँगै अधिवेशन उद्घाटन भएको हो । विश्वभरीका आदिबासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी भब्य रुपमा दिवस मनाएका छन् । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, त्रियुगा नगर समन्वय परिषद, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिकाका सहयोग र नेपाल आदिबासी जनजाती सहासंघ त्रियुगा, चौदण्डिगढी र बेलका नगर समन्वय परिषदको व्यावस्थापनमा कार्यक्रम भएको थियो । गाईघाटमा विभिन्न जातजातिका झाकी सहित ¥यालीले “आदिबासी जनजाती एक हौँ, राष्ट्रिय जनावर गाई खारेज गर, धर्मरिपेक्ष कायम गर” लगायतका नाराबाजी गर्दै  बजार परिक्रमा गरी ढिम्कीको पिक्निक स्पोर्टमा औपचारिक कार्यक्रम गरिएको थियो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्...
बाल विकासको पुरानो कागजपत्र नष्ट

बाल विकासको पुरानो कागजपत्र नष्ट

समाचार
उदयपुर, साउन २४ गते । उदयपुरमा बाल विकास समाज नेपालले पुराना काम नलाग्ने कागजपत्र जलाएर नष्ट गरेको छ । जिल्लामा स्थापना भएदेखिको काम नलागने कागजपत्र शुक्रबार नष्ट गरेको हो ।   २०५५ सालमा स्थापना भएको बाल विकास समाज नेपालले २१ वर्ष पुराना काम नलाग्ने कागज पत्र त्रियुगा नदि किनारमा जलाएर नष्ट गरेको बाल विकास समाज नेपाल उदयपुरले जनाएको छ ।   भौतिक परिक्षण समितिको बैठकले पुराना काम नलाग्ने कागज पत्र नष्ट गर्ने निर्णय अनुसार नष्ट गरेको बाल विकास समाज नेपला उदयपुरको सामाजिक सुरक्षा अधिकृत तेचराज श्रेष्ठले बताए । कार्यालयमा भएका काम नलाग्ने परिमार्जन नभएका किताब, काटुन, व्यानर लगायतका कागजपत्र नष्ट गरेको उनले बताए । समितिको निर्णय अनुसार स्थापना कालदेखिको काम नलाग्ने पुराना कागजपत्र छानोट गरी नष्ट गरिएको अधिकृत श्रेष्ठले बताए । वषौँ पुराना काम नलाग्ने कागजपत्र कर्म...