Saturday, May 9News That Matters

समाचार

बालकको हत्या आरोपमा एक पक्राउ

बालकको हत्या आरोपमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा एक बालकको कुटपिटबाट मृत्यु भएको छ । ४५ वर्षीय विर बहादुर विश्वकर्माले कुटपिट गर्दा ६ वर्षीय बालक अबि बि.क.को मृत्यु भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार हिजो दिउँसो मादक पदार्थ सेवन गरेका विश्वकर्माले बालकले लगाएको सुनको मुन्द्री तान्न खोज्दा बालकले इन्कार गरेपछि उनलाई शरीरको विभिन्न भागमा कुटपिट गरेका थिए। घाइते बालकलाई बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ र उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।...
युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा

युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । युरो एसिया एजुकेशन कन्सल्टेन्सीको ८ औँ शाखा गाईघाटमा पनि विस्तार भएको छ । उक्त शाखा गाईघाटमा बुधबार देखी औपचारिक रुपमा शुरु भएको हो । यो शाखा संञ्चालन सँगै अब आयल्स र पिटी अध्यानको लागि बाहिर जानु नपर्ने भएको छ । गाईघाट स्थित पिपलचोकमा शाखा विस्तार गरिएको छ । कन्सल्टेन्सीमा  जापान, कोरिया, अस्टे«लिया, युएसए, युरोप, माल्टा, न्युजिल्याण्ड क्यानडा र युकेका लागि अध्यान गराईने छ । शाखाको औपचारिक उद्घाटन कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले रिवन काटेर  गरेकी हुन् । दनुवार सँगै त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, एमाले उदयपुरका अध्यक्ष भागवत राउत लगायतको उपस्थित थियो । कन्सल्टेन्सी प्रोपाईटर सुर्य डाँगीका अनुसार उदयपुर लगायत बिभिन्न जिल्लाका विद्यार्थीहरुलाई गाईघाटमै अध्यान गर्न सहज हुने जनाए । काठमाण्डौँ लगायतका शहरहरुमा अध्यापन गर्न बाध्य विद्यार्थीहरुले अब आफ्न...
त्रिशूली नदी दुर्घटना : गणपति बसका चालक र सहचालकको शव फेला, ४५ यात्रु अझै बेपत्ता

त्रिशूली नदी दुर्घटना : गणपति बसका चालक र सहचालकको शव फेला, ४५ यात्रु अझै बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन्। प्रशासनका अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन्, जसमध्ये ९ वटा शवको मात्र सनाखत भएको छ। भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन्। सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय रहेका छन्। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभि...
उदयपुरमा ४९ केजी गाँजासहित तीन जना पक्राउ

उदयपुरमा ४९ केजी गाँजासहित तीन जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २ । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुस्थित खुलालडाँडाबाट ४९ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–१ का ३१ वर्षीय शम्भु राई, २८ वर्षीय आशिष भुजेल र एक अन्य व्यक्ति (परिवर्तित नाम गाईघाट ४९) रहेका छन्। उनीहरूले गाँजालाई तीन वटा बोरामा राखेर ओसारपसार गर्दै गरेको अवस्थामा मंगलबार प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेकाहरूलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
उदयपुर प्रवासी सेवा समाज कतारद्वारा त्रिनपामा बन्दै गरेको मन्दिरलाई आर्थिक सहयोग

उदयपुर प्रवासी सेवा समाज कतारद्वारा त्रिनपामा बन्दै गरेको मन्दिरलाई आर्थिक सहयोग

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । उदयपुर प्रवासी सेवा समाज, दोहा कतारले त्रियुगा नगरपालिकामा निर्माणाधीन मन्दिरलाई आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष कमल वाग्लेको उपस्थितिमा शुक्रबार भएको मासिक बैठकले यो निर्णय गरेको हो। बैठकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० र ११ मा बन्दै गरेको नयाँ मन्दिरलाई ११,१११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संस्थाका सचिव संजीव कटुवालका अनुसार यस सहयोगको फलस्वरूप मन्दिरको शिलान्यासमा संस्थाको नाम लेखिने जानकारी दिएका छन्।...
नदी किनारका सुकुम्बासीलाई विकल्पसहित हटाउन:सर्वोच्चको आदेश

नदी किनारका सुकुम्बासीलाई विकल्पसहित हटाउन:सर्वोच्चको आदेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरूलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ। फैसलामा वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि इचंगुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ। यदि उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने वा ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई तत्काल राहतका रूपमा पैसा दिएर भए पनि अतिक्रमण हटाउन आदेश दिइएको छ। अदालतले नदी किनारका सुकुम्बासी हटाउँदा पहिलो चरणमा बाढीको जोखिममा रहेका घर टहरा हटाउने र त्यसपछि नदी किनार र सडकबीचको हरियाली क्षेत्र ओगटेर बसेकाहरूलाई हटाउन निर्देशन दिएको छ। यो काम गर्न काठमाडौं उपत्यकाभित्...
त्रिशुली दुर्घटना : बेपत्ता बस र यात्रु खोज्न उच्च प्रविधिको ‘सोनार क्यामरा’ प्रयोग

त्रिशुली दुर्घटना : बेपत्ता बस र यात्रु खोज्न उच्च प्रविधिको ‘सोनार क्यामरा’ प्रयोग

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । चितवनको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रु र बसको खोजीका लागि उच्च प्रविधिको 'सोनार क्यामरा' प्रयोग गरिएको छ। सशस्त्र प्रहरी बलको विशेष टोलीले सोमबारदेखि यो प्रविधि प्रयोग गरेर खोजी कार्य तीव्र पारेको छ। सशस्त्र प्रहरीका एसपी जनक पुरीका अनुसार यो नयाँ सोनार क्यामराले तीन सय मिटर गहिराइसम्मको वस्तुको आकार र आकृतिको सूचना दिन सक्छ। यसले पानीमुनि रहेका वस्तुहरूको स्पष्ट संकेत दिने भएकोले खोजी कार्यमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। उद्धार टोलीले मोटरबोटमा रहेर घटनास्थलदेखि तलतिर खोजी गरिरहेको छ। पानीको बहाव उच्च र धमिलो भए पनि सोनार क्यामराको कार्यक्षमतामा असर नपर्ने बताइएको छ। टोलीले घटनास्थलबाट ५० किलोमिटर तलसम्म खोजी गर्ने योजना बनाएको छ। दुर्घटनामा दुई वटा बस र ६५ जना यात्रु बेपत्ता भएका थिए। हाल सम्म १५ जनाको शव फेला परिसकेको छ भने अन्य...
सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउने गरी काम गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउने गरी काम गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, र जनतालाई राहत दिने विषयमा सरकारले ठोस काम गर्ने बताए। "नेपाली जनतामा जुन विश्वास जागेको छ, आशा र भरोसा जागेको छ, त्यसमा मेरो ध्यान गएको छ," प्रधानमन्त्री ओलीले भने। उनले कठिनाइमा परेका जनताको हित, सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई आश्वस्त हुन आग्रह गरे। प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको र आवश्यक राहत व्यवस्था मिलाउने काम अघि बढाइएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ सरकार गठन भएपछि देशभर आशा र भरोसाको वातावरण सिर्जना भएको दाबी गरे। प्रधानमन्त्री ओलीले आ...
ओली नेतृत्वको नयाँ सरकार: महिला र दलित प्रतिनिधित्व न्यून, स्वार्थ द्वन्द्वको प्रश्न

ओली नेतृत्वको नयाँ सरकार: महिला र दलित प्रतिनिधित्व न्यून, स्वार्थ द्वन्द्वको प्रश्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १ ।  केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ। प्रधानमन्त्री ओलीसहित २२ जना मन्त्रीले एकैसाथ शपथ लिएका छन्। यस मन्त्रिपरिषद्मा कांग्रेस र एमालेका साथै जसपा र लोसपा पनि सहभागी छन्। नवगठित मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री छन् - कांग्रेसका प्रकाशमान सिंह–सहरी विकास) र एमालेका विष्णु पौडेल (अर्थ)। अन्य प्रमुख मन्त्रीहरूमा कांग्रेसबाट रमेश लेखक (गृह), आरजु राणा (परराष्ट्र), प्रदीप पौडेल (स्वास्थ्य), र एमालेबाट मनवीर राई (रक्षा), पृथ्वी सुब्बा गुरुङ (सञ्चार) रहेका छन्। तर, २२ सदस्यीय मन्त्रिपरिषद्मा महिला र दलित समुदायको प्रतिनिधित्व न्यून भएको भन्दै आलोचना भइरहेको छ। केवल दुई जना महिला मन्त्री - कांग्रेसकी आरजु राणा र एमालेकी विद्या भट्टराईको नियुक्तिले समावेशिताको प्रश्न उठाएको छ। त्यसैगरी, दलित समुदायबाट कुनै प्रतिनिधित्व नभएकोल...
कोशी प्रदेशमा सरकार परिवर्तनको अन्योल कायमै

कोशी प्रदेशमा सरकार परिवर्तनको अन्योल कायमै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच आइतबार साँझ भएको छलफलले प्रदेश सरकारको भविष्यबारे अन्योल कायमै राखेको छ। केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारमा माओवादी मन्त्रीहरूको भविष्यबारे चर्चा भए पनि ठोस निर्णय भएको छैन। मुख्यमन्त्री कार्कीले तत्काल माओवादी मन्त्रीहरूलाई नहटाउने इच्छा राखेको स्रोतले जनाएको छ। विगतमा गरिएको प्रतिबद्धता र संवैधानिक जटिलताका कारण मुख्यमन्त्री कार्की दुविधामा परेको बुझिएको छ। उनी संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गरी मुख्यमन्त्री बनेका हुन्, जसले गर्दा अदालतबाट प्रदेश सभा विघटन हुने चिन्ता छ। केन्द्रमा एमाले र कांग्रेसबीच कोशी प्रदेशमा वर्तमान सरकारलाई निरन्तरता दिने सहमति भएको बताइएको छ। यसले गर्दा कांग्रेसलाई समेट्नुपर्ने बाध्यता मुख्यमन्त्री ...