रास्वपामा भूकम्प : ढकालको प्रतिवेदनले उठायो लामिछाने नेतृत्वमाथि प्रश्न
पूर्णपुष्टि, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आन्तरिक विवाद चुलिएको छ। पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालको विवादास्पद प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको छ। कार्यवाहक प्रवक्ता मनिष झाले इमेलमार्फत यो प्रतिवेदन वितरण गरेका हुन्।
३८ जिल्ला भ्रमणपछि तयार पारिएको यो प्रतिवेदनमा ढकालले पार्टीभित्रको विकृति र असन्तुष्टिबारे खुलासा गरेका छन्। उनका अनुसार पार्टी सदस्यहरूले सरकारमा गएका मन्त्री र सांसदहरूलाई भेट्न नपाएको गुनासो व्यापक रूपमा सुनिएको छ।
प्रतिवेदनमा पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वशैलीमाथि पनि प्रश्न उठाइएको छ। ढकालले लामिछानेको ब्लु बस योजना र रोजगारी सिर्जनाको वाचा पूरा नभएको उल्लेख गरेका छन्। साथै, पार्टीमा ग्यालेक्सी टिभीका पत्रकारहरूको बढ्दो प्रभावबारे चिन्ता व्यक्त गरिएको छ।
अन्य राजनीतिक दलहरूसँगको सम्बन्धबारे पनि प्रतिवेदनमा टिप्पणी गरिएको छ...









