Saturday, August 22News That Matters

समाचार

पहिरो अपडेट–खुल्यो गाईघाट–दिक्तेल सडक

पहिरो अपडेट–खुल्यो गाईघाट–दिक्तेल सडक

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरोको कारण अवरुद्ध भएको गाईघाट–दिक्तेल सडक खुलेको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको थियो । वडा अध्यक्ष हेमराज मगरका अनुसार दिउँसो १ बजे डोजरले पहिरो पन्छाएपछि अवरुद्ध भएको सडक खुलेको हो । पहिरोको कारण सडक अवरुद्ध भएपछि सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको थियो ।...
साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको वडा अध्यक्ष हेमराज मगरले बताएका छन् । वडा अध्यक्ष मगरका अनुसार हाडेथुम्काको डाँडाबाट पहिरो खसेको कारण सडक पुरिएर अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ ।...
उदयपुरगढीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

उदयपुरगढीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस रोपाई गर्दै मनाईएको छ । हेर्नुहोस् तस्विरमा ।    
रमाईलो गर्दै मनाईयो धान दिवस (फोटो फिचर)

रमाईलो गर्दै मनाईयो धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरमा २१ औं राष्ट्रिय धान दिवस रोपाई सहित रमाईलो गर्दै मनाईएको छ । तस्विर  
२१ औं धान दिवस (फोटो फिचर)

२१ औं धान दिवस (फोटो फिचर)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित देउरीमा आज २१ औं राष्ट्रिय धान दिवस धान रोप्दै मनाईएको छ । तस्विर–  
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १५ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितबाट सिराहा लहानका २७ बर्षीय राज कुमार यादव शुक्रबार लागुऔषध सहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप्रका र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले यादवलाई डाइजेपाम, फेनारगन र आइपियल समेत गरी ४५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बन सम्बन्धि अध्यापन गर्ने साउनेका दुई विद्यार्थीलाई आर्थिक सहयोग

बन सम्बन्धि अध्यापन गर्ने साउनेका दुई विद्यार्थीलाई आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । डिभिजन वन कार्यालय गाईघाटको अगुवामाई दुई जना वन सम्बन्धि अध्यापन गर्दै आएका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका १४ का शिवसक्ति सामुदायी वन साउनेको सहयोगमा डिभिजन वन कार्यालयले सोही ठाउँका मित्र तामाङ र जिसन तामाङलाई आर्थिक सहयोग गरेको हो । उनिहरु बन सम्बन्धी खोटाङ स्थित माहुरेगढी बहु पाविधि शिक्षालयमा वन सम्बन्धि अध्यानरत छन् । बनको क्षेत्रमा पढ्ने विद्यार्थीहरुको संख्या बढाउन र यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी वनलाई संरक्षण गर्न प्रोत्सान स्वरुप उनिहरुलाई रु २५ हजारको दरले आर्थिक सहयोग गरेको हो । उनिहरुलाई कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले आर्थिक सहयोग प्रदान गरेको हो ।...
वन मन्त्रीलाई डिभिजन बन कार्यालय गाईघाटको ब्रिफिङ

वन मन्त्रीलाई डिभिजन बन कार्यालय गाईघाटको ब्रिफिङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असार । डिभिजन बन कार्यालय गाईघाटले कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई कार्यालयको अवस्थाबारे ब्रिफ्रिङ गरेको छ । शुक्रबार कार्यालयमा वन कार्यालयको निति ऐन कार्यालयको कार्य अवस्था र कर्मचारीहरुको अवस्थाबारे जानकारी गराएका थिए । कार्यालयले कतिपय ऐनहरु बाँििझँदा वन सम्बन्धी काम गर्न असहज भएको जनाए । त्यसका लागि समन्वय र निति ऐन निर्माणमा भुमिका खेल्न कार्यालयले अनुरोध गरे । दर्वनन्दी अनुसारको दक्ष जनशक्तिको अभावमै कार्यालयले उल्लेखिय काम गरेको पनि मन्त्रीलाई जानकारी गराएको छ । सिमित स्रोत साधनमै कार्यालयले गर्नु पर्ने कामहरु अधिक मात्रामा भएको कार्यालयले जनाए । हाल वनको समस्याको सिमित कर्मचारी, नियम कानुनमा समस्या, अतिक्रमण र जोखिमयुक्त रुख हटाउन समस्या जस्ता कुराहरु असहज भएको कार्यालयले जानकारी गराएको छ । मन्त्री बुर्जाले कार्यालको अवस्थाबारे ...
उदयपुरमा त्रिफला बृक्षराेपण गरियाे

उदयपुरमा त्रिफला बृक्षराेपण गरियाे

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १४ ।  भावि सन्ततीका लागि उदयपुरमा हर्रो, बर्रो र अमला (त्रिफला) जडिबुटि रोपिएको छ । राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय गाईघाट र स्थानीय सामुदायिक वनहरुले त्रियुगा नगरपालिका ६ पात्लेबासको खाली बनक्षेत्रमा पकेटक्षेत्रकै रुपमा जडिबुटिका विरुवा बृक्षरोपण गरेको हो । भविष्यमा आम्दानी दिनेगरी तीन हेक्टर क्षेत्रमा चारहजार विरुवा रोपिएको डिभिजन वन अधिकृत इन्द्र सापकोटाले बताउनुभयो । विरुवा संरक्षणका लागि स्थिानीयले जिम्मेवारी लिएका छन् । वन कार्यालयको लगानीमा फलामे घेराबेरासमेत गरिने भएको छ । बृक्षरोपणमा स्थानीयहरुको उत्साहजनक उपस्थिति थियो भने स्थानीय समुदायिक वनका पदाधिकारी, वनअधिकारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । फाेटाे फिचर  ...
उदयपुर कारागारका कैदिबन्दीहरुलाई निशुल्क चस्मा बितरण

उदयपुर कारागारका कैदिबन्दीहरुलाई निशुल्क चस्मा बितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, १४ असार । नेपाल नेत्र ज्योति संघ उदयपुरले जिल्ला कारागार उदयपुरका कैदिवन्दीहरुलाई निशुल्क चस्मा बितरण गरेको छ । जननेता मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसमा कारागारका ५९ जना कैदीहरुलाई चस्मा वितरण गरिएको संघका अध्यक्ष भागवत राउतले जनाए । नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाण्डौँको समन्वय तथा जिल्ला शाखा उदयपुरको आयोजना र आई कियरको सहयोगमा चस्मा वितरण गरिएको हो । अध्यक्ष राउतले नेत्र ज्योति संघ रहे सम्म कोही पनि आँखा रोगी भएर बस्नु नपर्ने जनाए । उनले पैसाको अभावमा आँखाको समस्या लिएर हिड्नु पर्ने अवस्थाको समधान भएको जनाए । चस्मा वितरण प्रदेशका उपसभामुख सिर्जना दनुवारले गरेका थिईन् ।...