बिकट क्षेत्रमा बिषहारा डेन्टलको निशुल्क दन्त सेवा
पूर्णपुष्टि, २८ माघ ।
बिषहारा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले दन्त रोगिहरुको क्षेत्रमा समाजसेवाको काम समेत गर्दै आएको छ । बिगत दुई बर्ष देखी गाईघाट स्थित बोक्से जाने बाटो सेतो पुल नजिक संञ्चालनमा रहेको उक्त क्लिनिकले भर्खरै मात्रै रौतामाई गाउँपालिका ६ मा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको सिविरमा सहभागी भई दन्त उपचारमा सहयोग पुराएको हो ।
यस सिविरमा क्लिनिकले ५० भन्दा बढी दन्त रोगीहरुलाई निशुल्क उपचार गरेको छ । पहाडी पालिका र बिकट ठाउँको दन्त रोगीहरुलाई उपचारमा सेवा पुराउनु निकै चुनौती रहेको संञ्चालक तथा आर.सीटी बिषेशज्ञ डा. नारायण कुमार चौधरीले जनाए । त्यस ठाउँ सम्म गएर बिरामीहरुलाई सेवा दिँदा बिरामीहरुमा देखिएको खुसीले बिषहरा डेन्टल टिम उत्साहित समेत बनेको छ । चौधरीका अनुसार परिक्षण गरिएको मध्ये १२ जनाको दाँत निशुल्क उखालिएको छ । अन्य जटिला विरामीहरुलाई पनि क्लिनिकमा उपचार गर्न आए ५०...









