Monday, July 6News That Matters

समाचार

रौतामाई धार्मिक संस्थाको अध्यक्षमा शुक्रराज राई चयन

रौतामाई धार्मिक संस्थाको अध्यक्षमा शुक्रराज राई चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, पुष ६ गते । रौतामाई धार्मिक संस्थाको अध्यक्षमा युवा नेतृत्व शुक्रराज राई चयन भएको छ । शनिवार राईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । । उपाध्यक्षमा नेत्र बहादुर मगर, कोषाध्यक्षमा धन कुमारी राउत, सचिवमा साईमन राई, सहसचिवमा पुष्पराज गुरागाई चयन भएको छ भने, सदस्यहरुमा सुरेश अधिकारी, अनिल चाम्लीङ, कृष्ण कुमारी राई, कल्पना आचार्य, कौशल कार्की, दिपिन्द्र वस्नेत, गोविन्द्र प्रसाद आचार्य रहेका छन् । रौतापोखरीको संरक्षण तथा पर्यटकीय वातावरणमा सुधार गर्ने उदेश्य सहित उक्त समितिचयन भएको अध्यक्ष शुक्रराज राईको भनाई छ । राईले बिगत देखीनै रौता पोखरीको गलत कामको बिषयमा बाराम्वार कुरा उठाउँदै आएका थिए । उदयरकै धार्मिक तथा प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको रौता पोखरीको नाममा बनेको बिभिन्न संस्थाहरुले कमाई खाने भाँडोको रुपमा लिएको राईको भनाई छ । अब यसलाई पार्दर्शी र बिवाद...
हत्या आरोपी युवराज बगाहाबाट पक्राउ

हत्या आरोपी युवराज बगाहाबाट पक्राउ

Breaking News 2, समाचार
उदयपुर, पुस ५ । आप्mनै कान्छो भाइ धर्मराज राईको हत्या गरी फरार भएका उदयपुरको त्रियुगा नगरपालिका–२ हाटखोलाचौकका ४२ वर्षिय युवराज राईलाई प्रहरीले त्रिनपा –४ बगाहाबाट पक्राउ गरेको छ । दिनभर लुकेर बेपत्ता उनी भोकले खानेकुरा खोज्दै पसल आउने क्रममा सुरक्षा तैनाथ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाइले बताउनुभयो । दिनभर खोजतलासमा रहेको प्रहरीले फरार आरोपित ब्यक्तिको हुलियासहित कतै देखिए खबर गर्न स्थानीयलाई सुचित गरेको थियो । त्यसै सन्दर्भमा पसल आएको खबर स्थानीयबाट पाए लगत्तै सुरक्षा तैनाथमा खटिएको प्रहरीले पक्राउ गरेको थियो । दिनभर लुकेर बेपत्ता रहेका उनी बेलुकापख मानिसको आँखा छल्ने प्रयास गर्दै पसलमा खानेकुरा खोज्न आएको बेला पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताउनुभयो । पक्राउ पछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कारवाही थालिएको उहाँले बताउनुभ...
ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ

ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ

Breaking News 1, समाचार
पुर्णपुष्टि, बेलका, पुष ५ गते । उदयपुरमा लागुऔषाध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका वडा नं। ९ रामपुरबजार स्थित मदन भण्डारी लोकमार्गमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १०० मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित १ जनालाई पक्राउ गरेको हो । बिराटनगरबाट कटारी तर्फ जादै गरेको प्र।१(०२(००२ ख ००६७ नं को बसलाई चेकजाँच गर्ने क्रममा सोही बसका सह(चालक त्रियुगा नगरपालिका वडा नं। ७ कालीखोला बस्ने बर्ष २२ को रेमन मग्रातीले लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रेमन मग्रातीलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।...
उदयपुर रामपुरमा बेवारिसे अवस्थाको गाँजा बरामद

उदयपुर रामपुरमा बेवारिसे अवस्थाको गाँजा बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, रामपुर पुष ५ गे । उदयपुरमा बेवारिसे अवस्थाको गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राति बेलका नगरपालिका वडा न।८ डुम्रिबोटे स्थित सप्तकोशी नदी किनारमा ६ वटा बोरामा प्याक गरी २ वटा ट्युवमा लोड गरेको अवस्थामा २०५ के.जी. ६६५ ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो । बरामद गरिएको लागू औषध इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई राखिएको साथै उक्त लागू औषध ९गाँजा० ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको छ ।...
उदयपुरमा २ जना फरार प्रतिबादी पक्राउ

उदयपुरमा २ जना फरार प्रतिबादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कटारी, पुष ५ गते । उदयपुर प्रहरीले दुईजना बिभिन्न फरार मुद्धाका प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रवार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चेक अनादर र सवारी ज्यान अंगभंग सम्बन्धी कसुरका २ जना फरार प्रतिबादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानीत उदयपुर जिल्ला अदालत उदयपुरमा बुझाएको छ । पक्राउ परेका कटारी नगरपालिका वडा नं। ४ बस्ने बर्ष ४६ को राम कुमार दनुवारलाई चेक अनादर मुद्दामा रु। २,०००।( जरिबाना र कटारी नगरपालिका वडा नं। २ कल्याणपुर बस्ने वर्ष ५१ को प्रेम बहादुर बि।क। लाई सवारी ज्यान अंगभंग मुद्दामा रु ५,०००।– जरिबाना तोकिएको थियो ।...
उदयपुरमा दाईले गरे आफ्नै भाईको ह*त्या, आमा घाईते

उदयपुरमा दाईले गरे आफ्नै भाईको ह*त्या, आमा घाईते

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/ उदयपुर, पुष ५ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ जोगिदहमा आफ्नै दाईले धारिलो हतियार प्रयोग गरी भाईको ह*त्या गरेको छ । गएराती शुक्रबार ४३ बर्षिय दाई युवराज राईले भाई ३० बर्षिय धर्मराज राईलाई धारिलो हतियार प्रयोग गरी ह*त्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका धर्मराजलाई जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेका थिए । ह*त्या गर्ने दाई युवराज भने फरार छन् । उनलाई प्रहरीले खोजतलास गरिरहेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियार खुकुरीले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको भन्ने खुलेको छ । परार युवराजलाई कहिकतै देखिएमा तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ । हत्या गरेर फरार अभियुक्तका कारण स्थानीय...
उदयपुमा वन मुद्दाको १ फरार प्रतिवादी पक्राउ

उदयपुमा वन मुद्दाको १ फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २९ । उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–१ खसिबास बस्ने ७० बर्षीय धक्कुसिंह राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले वन मुद्धामा जिल्ला अदालतको फैसलाले १२ दिन कैद र रु.१ लाख ५३ हजार ६ सय ९२ रुपैँया जरिबाना तोकेको राईलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका राईलाई फैसला कार्यावयनको लागी जिल्ला अदालत उदयपुरमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।  ...
वेवारिसे लास दुईसातादेखि अस्पताल शबगृहमै

वेवारिसे लास दुईसातादेखि अस्पताल शबगृहमै

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, २८ मंसिर उदयपुरको बेलका नगरपालिका –४ स्थित सिसुवाखोलाको पूलमुनी दुईसाता अघि बेवारिसे अबस्थामा फेला परेको महिलाको शवको अझै पहिचान खुल्न सकेको छैन । गत मङ्सिर १३ गते महिलाको लास फेला परेको भन्ने जानकारी पश्चात ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीटोलीले पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याएको थियो । हालसम्म पहिचान नखुलेपछि पोष्टमार्टम विनै शब अस्पतालको शबगृहमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताए । अन्दाजि ५५ वर्षकी महिला कालो वर्ण, कालो लामो कपाल भएकी मधेसी मुलको जस्तो देखिने, अगाडिको दुईवटा दाँत नभएको, उचाई अन्दाजि ४ फिट १० ईन्च भएकी पहेलोमा रातो हरियो पानको बुट्टा भएको मेक्सी र रातो बुट्टेदार चोलो लगाएकी हुलिया रहेको प्रनाउ दोङले बताए । उनी विगतमा मागि खाई हिड्ने भन्ने समेत बुझिएको प्रहरीले जनाएको छ ।...
आफैले काम गर्ने ट्याक्टरले किचेर मृत्यु, दाेषीलाइ कारवाहीकाे माग गर्दै केहीबेर राजमार्ग बन्द

आफैले काम गर्ने ट्याक्टरले किचेर मृत्यु, दाेषीलाइ कारवाहीकाे माग गर्दै केहीबेर राजमार्ग बन्द

Breaking News 2, समाचार
उदयपुर, मङ्सिर २८ । उदयपुरको बेलका नगरपालिका– ३ का १६ वर्षिय समिर माझीको आफै काम गर्ने ट्याक्टरले किचेर मृत्यु भएको छ । उनलाई गएराती गाउँमै आफै काम गर्ने ट्याक्टरले किचेपछि गम्भिर अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक २२ वर्षिय बिसाल पाण्डे फरार रहेकोमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिए । ट्याक्टरसमेत प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको थप अनुसन्धान अगाडी बढाई कारवाही सुरु भएको प्रनाउ दोङले जानकारी दिए । फरार चालक पक्राउ गरी कारवाहीको माग गर्दै पिडित परिवार र गाउँलेले आज दिउसो केहीबेर मदनभण्डारी राजमार्ग अन्तर्गत गाईघाट–धरान सडकखण्डको रामपुरबजारमा यातायात बन्द गराएका थिए । प्र...
पूर्वमन्त्री डा. नारायण खड्काको पहलमा जोगिदहका विद्यार्थीलाई झोला वितरण

पूर्वमन्त्री डा. नारायण खड्काको पहलमा जोगिदहका विद्यार्थीलाई झोला वितरण

Breaking News 1, समाचार
गाईघाट÷पूणपुष्टि, मंसिर २८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिका–१ जोगिदहमा अध्ययनरत अतिविपन्न परिवारका विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् । आईतबार पूर्वमन्त्री तथा संघिय संसद खड्काको विशेष पहलमा हिमालयन लाईफ इन्सुरेन्स लिमिटेड काठमाण्डौँसँगको सहकार्यमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको त्रिनपा–१ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जनाकारी दिए । पूर्व मन्त्रि खड्काको उपस्थितिमा श्री आधारभुत विद्यालय जोगिदहका ५७ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो । त्यस्तै श्री जनज्योति आधारभुत विद्यायल मैनहाका ३४ जना विद्यार्थी, श्री जनता मा.वि. जोगिदहका ४० जना विद्यार्थी र श्री जनाता मा.वि. जोगिदह वालविकासका ३५ जना विद्यार्थी र वैकल्पिक शिक्षा विद्यालय छाडेर घरमा बसेका ३४ जना विद्यार्थी गरी जम्मा २ सय जना विद्यार्थीलाई झोला वितरण ...