त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत
पूर्णपुष्टि, २ जेष्ठ ।
उदयपुरको त्रियुगा नगरपालिकाले अबैधानिक घर टहराहरु भत्काउन सुरु गरेको छ । आफु वसिरहेको घर टहरामा नगरपालिकाले दादागिरी सैलीमा अमानवीयता देखाएको भन्दै यहाँ वसोवास गर्दै आएका स्थानीयहरु भने आक्रोसित बनेका छन् ।
यस क्षेत्रमा चौधरी समुदायहरु वसोवास गर्दै आएको देखिन्छ । यहाँ वसोवास गर्ने स्थानीयहरुले त्रियुगा वसपार्क बनेको जग्गा पनि पहिले आफुहरुले नै भोकअधिकार गरेको बताएका छन् । पछि त्यस ठाउँमा बसपार्क बनाउने प्रस्ताव आएपछि उनिहरुले आफ्नो भोगचलनको जग्गा रहेको सचेत गराउँदै करिब ९० जनाले निवेदन दिएको देखिन्छ । सो निवेदन उपर आवश्यक छलफल गर्न त्रियुगा नगरपालिकाले २०६३÷१०÷१२ गते त्यस क्षेत्रमा भोगअधिार गर्नेहरुलाई आवश्यक छलफका लागि बोलाएको देखिन्छ । उक्त छलफलमा बसपार्कका लागि ६० प्रतिशत र भोकअधिार गर्दै आएकाहरुका लागि २० प्रतिशत जग्गा छुटाएर सहमतिको निर्णय भएको हाल वसोवास गर...









