Thursday, August 20News That Matters

स्वास्थ्य

लम्जुङमा नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

लम्जुङमा नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० लम्जुङमा २० जना नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा भएको परीक्षणमा २० जना सेना र अन्य तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लम्जुङले जनाएको छ । उनीहरुलाई सामुदायिक अस्पताल सुन्दरबजार र सहरी विकास भवन सहजीको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको जनाईएको छ । अहिलेसम्म लम्जुङमा एक सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।...
कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० कोरोना सङ्क्रमणाबट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । छातीमा समस्या देखिएपछि यहि भदौ ८ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा आज बिहान शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारका क्रममा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।...
पाटन अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

पाटन अस्पतालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको  अस्पतालले जनाएको छ । गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाण्डौका ५४ वषीय पुरुषको गतराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।...
विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० विश्वमा एक करोड ६६ लाख जना उपचारपछि कोरोना मृक्त भएका छन् । विश्वमा दुई करोड ४० लाख ४१ हजार भन्दा बढीमा सङक्रमण पुष्टि भएका मध्ये एक करोड ६५ लाख ९० हजार जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये विश्वमा आठ लाख २२ हजार चार सय जनाको मृत्यु भएको जनाईएको छ । सबैभन्दा बढी अमेरिकामा ५९ लाख २४ हजार जनामा सङक्रमण पुष्टि भएको छ भने ३२ लाख ५१ हजार जना उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये एक लाख ८२ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ । छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएको छ भने ५९ हजार ६ सय जनाको मृत्यु भईसकेको छ ।...
नेपालमा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ नेपालमा आज थप आठ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु  भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।...
रुपन्देहीमा १ जना कोरोना सङ्क्रमित मृत्यु

रुपन्देहीमा १ जना कोरोना सङ्क्रमित मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको सोमबार राति भैरहवाको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो ।...
काठमाण्डौँमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाण्डौँमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ काठमाण्डौमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काठमाण्डौ महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मङ्गलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएपनि दुई दिन घरमै आइसोलेशनमा बसेका पुरुष ३१ गते मात्रै अस्पताल भर्ना भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको थियो ।...
पर्साको एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

पर्साको एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ पर्साको एक जना पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जिराभवानी गाउँपालिका–४ का ६८ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरिएको थियो । स्वाव परीक्षणको रिपोर्ट हिजो बेलुकी आएको थियो । सोही रिपोर्टमा कोरोना सङ्क्रमण पोजेटिभ आएको जनाईएको छ ।...
चौदण्डीको कोभिड अस्पतालबाट ३१ जना निको भएर घर फर्कियो

चौदण्डीको कोभिड अस्पतालबाट ३१ जना निको भएर घर फर्कियो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, भदौ ९ चौदण्डीगढी नगरपालिका बेल्टार स्थित ७ सातधारेमा रहेको कोरोना अस्पताल बाट हाल सम्म ३१ जना निको भइसकेको छ । जिल्लाको बिभिन्न स्थानबाट संक्रमित भएर उपचारका लागि आएका ३१ संक्रमितहरु निको भएर घर फर्किएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले जानकारी दिनुभयो । जेठ २९ मा पहिलो पटक सो क्षेत्रमा संक्रमितहरुको उपचार गर्ने उदेश्यले ३ पालिका प्रमुखहरु त्रियुगा नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गा थापा (स्वस्ति)ले अस्पतालको संयुक्तरुपमा शिलान्यास गरेका थिए । अस्पतालमा दैनिक १५ देखि २५ जनासम्म संक्रमित विरामीहरु बस्दै आएका छन् । उनीहरुलाई निको भईञ्जेलसम्मको खानपिन लगायतको सबै खर्च नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आएको प्रमुख खगेन्द्र राई राईले बताउनुभयो । तत्काल २० शैयाको आईसोलेसन वार्ड निर्माण हुने भनिएपनि अहिले सो भन्दा ब...
कोरोना संक्रमणबाट विश्वका १० देशमात्र सुरक्षित

कोरोना संक्रमणबाट विश्वका १० देशमात्र सुरक्षित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अहिले १० वटा देश मात्र सुरक्षित रहेको छ । गत  डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय १३ देशमा फैलिसकेको छ । अहिलेसम्म माइक्रोनेशिया, मार्शल आइल्याण्ड, नाउरु, किरिबाती, सोलोमन आइल्याण्ड, तुवालु, समोआ, भानुअतु र टोङ्गा देशमा कोरोना नदेखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म विश्वमा २ करोड ३१ लाख ४१ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुदा ८ लाखभन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।...