कोरोना संक्रमित ५ लाख ९ हजारभन्दा बढी निको भए
पूर्णपुष्टि, बैशाख ४ गते ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित पाँच लाख नौ हजार भन्दा बढी निको भएका छन् । अहिलेसम्म विश्वका पाँच लाख नौ हजार सात सय ४१ जनाको कोरोना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ ।
विश्वका दुई सय १० देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ भने एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा बढीको मृत्यु भईसकेको छ भने ६ लाख ४३ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २१ हजार ६ सयभन्दा बढी, स्पेनमा १८ हजार सात सयभन्दा बढी, फ्रान्समा १७ ह...




