लागु औषध न्युनिकरण सचेतना अभिमुखिअकरण कार्यक्रम सम्पन्न
उदयपुर, माघ १४ गते ।
उदयपुरमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि सचेतना अभिमुखिकरण कर्याक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–२ मोथियाहीमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा लागुऔधष दुव्र्यशनी भयाबह बन्दैै गईरहेकाले यसको न्युनिकरण गर्नका लागि स्थानीय नागरिकलाई सचेत गराउने उद्देश्यका साथ टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रममा बृहत छलफल गरिएको थियो । उक्तमा सहभागिहरु टोल विकास समितिका अध्यक्षहरु, प्रमुख अतिथी, अतिथी, र स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता हस्ताक्ष गरेका हुन् ।
यस अभियानमा २०६७ सालदेखि निरन्तर रुपमा लागि परेका अभियन्ता सागर नेपाललाई उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको थियो । उनलाई सम्मान पत्रका साथ खादा ओढाएर सम्मान गरिएको थियो । १ न. प्रदेशलाई धुम्रपान, मध्यपान र लागुऔषध निषेधित क्षेत्र बनाउनका ला...






