के तपाईलाई गाडीमा चड्दा वान्तावा हुन्छ ? यसरी गर्नुस रोकथाम
पूर्णपुष्टि, फागुन २१
सामान्यतया कतिपय मानिसहरुलाई गाडी चड्दा वान्तावा हुने गर्छन् । वान्तावा हुने डरले धेरै यात्रुहरु गाडी देखेर त्रसित नै हुन्छ । तर पनि गन्तव्य सफल बनाउन र छिटो छरितोको लागि गाडी चड्न बाध्य नै हुन्छ । गाडी चड्दा स्वभाविक रुपमा वान्तावा भएपनि यसले मानिसलाई निकै कम्जोर बनाउने बनाउने गर्छ । अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो।
यो समस्यलाई पूर्ण रूपमा रोक्न सकिदैन तर कम गर्न सकिने डाक्टरहरुको भनाई छ । कसैलाई थोरै हुने कसैलाई धेरै हुने अनि कसैलाई यात्रा गरेको भोलिपल्ट समेत हुन्छ।
अब यसलाई कम गर्न के गर्ने त ?
अल्का अस्पताल जावलाखेलमा कार्यरत डा. निमेश पौडेल दिनु भएको सुझाव अनुसार गाडीमा वान्ता हुनेले यात्रा गर्नुभन्दा पहिलानै होसियारी अपनाउनुपर्छ। लामो यात्रा गर्नुछ भने राती मजाले सुत्नुपर्छ त्यस्तै रक...









