Friday, June 19News That Matters

स्वास्थ्य

थाकसको निर्णय अनुसार उदयपुरमा माघी महोत्सव स्थिगित

थाकसको निर्णय अनुसार उदयपुरमा माघी महोत्सव स्थिगित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २८ कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । आज (बुधवार) थाकसले गरेको निर्णयअनुसार थारु समुदायले धार्मीक तथा सांस्कृतिक महोत्सवको रुपमा मनाउदैँ आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थिगित गरेको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुष २७ गतेको सूचना अनुरुप कोरोनाले गर्दा जनस्वास्थ्यमा पर्न गएको प्रतिकुल असरलाई मध्यनजर गर्दै मेला महोत्सव गर्न रोक लगाएको हुदाँ तेस्रो माघी महोत्सव स्थिगित गरिएको थाकस उदयपुरका सभापती शिवकान्त चौधरीले बताउनुभयो ।...
उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

उदयपुरमा आजबाट २५ जना भन्दा बढी भेला हुन नपाउने, प्रशासनले यी कुराहरुमा लगायो रोक

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २८ नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । प्रशासनले बुधवारबाट जिल्ला भित्र २५ जना भन्दा बढी उपस्थित भएर सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव गर्न रोक लगाएको हो । गृह मन्त्रालयको निर्देशन अनुसार उदयपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको मंगलवार बसेको बैठकले यी विभिन्न कुराहरुमा रोक लगएको छ । मन्त्रालयले पुष २६ गते एक सुचना प्रकाशन गर्दै २५ जना भन्दा बढी उपस्थित भएर गरिने सम्पूर्ण गतिविधीलाई प्रतिबन्ध गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको थियो । माघ ७ गतेबाट सार्वजनिक स्थलहरु (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिर्वाय रहेको पनि प्रशासनको वि...
त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

Breaking News 2, शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २७ कोरोना प्रभावित क्षेत्रको आधारमा त्रियुगा नगरपालिका ग्रिन जोनमै रहेको हुनाले सामाजिक विकासको निर्णय अनुसार नगर भित्रका विद्यालयहरुलाई बन्द नगरिने जनाईएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि उदयपुरको त्रियुगा नगरका विद्यालयहरु भने बन्द नहुने भएको छ । यसअघि कोरोना संक्रमणको हटस्पट बनेको त्रियुगा नगरपालिकाले अहिले त्रियुगामा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने नगर सामाजिक विकास शाखा प्रमुख मान बहादुर राईले बताउनुभयो । ‘त्रियुगा अहिले ग्रिन जोनकै अवस्थामा छ । त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,’ उहाँले बताउनुभयो । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै राईले बताउनुभयो, ‘जुन दिन त्...
उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २७ उदयपुर अस्पतालमै महिलाको पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सहरु आएसँगै जिल्ला अस्पतालमा पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको हो । ४ दिनअघि आङ खसेकी एक महिलाको पाठेघरको सफल अप्रेसन भएको अस्पतालले जनाएको छ । विगत १२ वर्षअघिदेखि खसेको आङ बोक्दै हिँडेकी रौतामाई–७ मुर्कुचीकी ५५ वर्षीया सीता मगरको पाठेघरको सफल अप्रेसन भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिनुभयो । उनका अनुसार आफू र डा. रितेश कर्णको टिमले गत २१ गते मगरको सफल शल्यक्रिया गरेको हो । यो सेवा उदयपुर अस्पतालले दिएको पहिलो हो । ५ दशक पुरानो अस्प्तालले यसअघि जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो । अहिले अस्पतालमा आङ खसेको महिलाको अप्रेसन पहिलो घट्ना भएको र अब यसलाई निरन्तरता दिइने मेसु...
माघ ३ पछि सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय

माघ ३ पछि सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २६ पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणदर बढ्न थालेपछि माघ ३ गतेबाट अनिर्वायरुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड बोक्नु पर्नेछ । सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।...
कोरोनाको जोखिम बढ्न थालेपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

कोरोनाको जोखिम बढ्न थालेपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २६ पछिल्लो केहि दिन यता छिमेकी राष्ट्र भारमा कोरोना संक्रमणदर तीब्र रुपमा बढ्न थालेपछि नेपालमा पनि संक्रमण बढ्ने थालेको छ । संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । कोरोनाको जोखिम बढ्न थालेपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले यस्तो निर्णय गरेको हो । सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो । बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।...
नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २३ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको छ । पुष महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ । पछिल्लो समय भारतमा संक्रमण व्यापक फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको छ । गत मंगलबारदेखि नेपालमा संक्रमणदर बढ्न थालेको छ । हिजो मात्र नेपालमा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । जुन दुई महिनायताकै बढी संक्रमित संख्या हो । विज्ञहरूले यो संख्या थप बढ्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्...
त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २१ त्रियुगा नगरपालिका १४ नं वडाले धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । स्थानीयहरुलाई स्वास्थ्य क्षेत्रमा टेवा पुराउने भन्दै आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याईएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाट बुधबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपप्रमुख देवी कुमारी चौधरी तथा त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मान वहादुर राई सहितले गर्नुभयो । भवन उद्घाट गर्दै मेयर चौधरीले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानीय गाउँ ठाउँमा स्वास्थ्यको पहँुच तिव्र गतिमा बढ्दै गएको बताउनुभयो । मेयर चौधरीले नगरको समृद्ध नारालाई जोड दिँदै जनताहरुकै माग अनुरुप स्वास्थ्य, शिक्षा जस्ता कुरालाई स्थानीय जनप्रतिनिधिहरुलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो । मेयर चौधरीले नगरको विकासमा यस स्वास्थ्य सेवा केन्द्रले थप एक इटा थप्न सह...
अमेरीकामा कोरोना संक्रमण ब्यापक, एकै दिन १० लाख बढी संक्रमित

अमेरीकामा कोरोना संक्रमण ब्यापक, एकै दिन १० लाख बढी संक्रमित

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २१ अमेरिकामा पछिल्लो समय कोरना संक्रमितको संख्या तिव्र गतिमा बढेर गएको पाईएको छ । विश्वका बिभिन्न ठाउँमा संक्रमण बढेर गएको भएपनि अमेरिकामा सोमवार एकै दिन १० लाख बढी कोरोना संक्रमण फेला परेको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मात्रैअमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी नै रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका छन्– अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको छ र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी छ । त्यो केही हप्तामा आउने छ । हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ । तर ...
उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २० उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार नजिक सातधारेमा स्थापना भएको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बिदाई गरिएको छ । जिल्लाको एक मात्र ‘उदयपुर कोभिड–१९ अस्पताल’ पछिल्लो समय अस्पतालमा भर्ना भएका सबै बिरामी निको भएर डिस्चार्ज भइसकेको र नयाँ पनि भर्ना नभएपछि सबै स्वास्थ्यकर्मी तथा कार्यरत कर्मचारीहरुलाई एकैपटक बिदा गरिएको हो । कोरोना अस्पताल झण्डै वर्षदिनपछि पूर्ण रुपमा कोरोनाको बिरामीरहित भएको छ । आइतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी कोभिड महामारीको समय ज्यान जोखिममा पारेर बिरामीको सेवामा तल्लीन रहेका स्वास्थ्यकर्मीहरुलाई सम्मानसहित बिदाई गरिएको थियो । जिल्लामा कोरोना महामारीको संक्रमण बढेसँगै आठवटै पालिकाबाट आर्थिक संकलन गरी अस्पताल स्थापना गरिएको थियो । जसमा प्रदेश सरकारले समेत आर्थिक विनियोजना गरेको थियो ।...