Sunday, June 21News That Matters

स्वास्थ्य

लिम्चुङबुङलाइ वैज्ञानिक महाविर पुनकाे सहयाेग

लिम्चुङबुङलाइ वैज्ञानिक महाविर पुनकाे सहयाेग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । लिम्चुङबुङ गाउँपालिकालाई नेपालको बैज्ञानिक डाक्टर महाविर पुनले कोरोनामा सहयोग पुर्याउनु भएको छ । उहाँले पालिकालाई २० सेट पिपिइ सेट निःशुल्क प्रदान गरी सहयोग पुर्याउनु भएको हो । पालिका अध्यक्ष मेजरकुमार राईलाई आज पुनले राष्ट्रिय अविस्कार केन्द्रमा पिपिइ सेट प्रदान गर्नुभयो । बैज्ञानिक पुनको नेतृत्वको अविस्कार केन्द्रले कोरोना संकटको बेला यस्ता थुप्रै सहयोगी काम गर्दैआएको छ । पालिकाले पुनको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । यसैगरी लिम्चुङबुङको बाराहा स्थित आइसोलेशनमा रहेका २ जना संक्रमितलाई अक्सिजनमा राख्नु परेको छ । आइसोलेशनमा बसेका मध्ये अन्य छ जना भने सामान्य अवस्थामा रहेको आइसोलेशन ब्यवस्थापन प्रमुख कर्णसेर राईले जनाउनु भएको छ । संक्रमितहरुलाई आफ्नै पालिकामा उपचारका लागि बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा १२ बेडको आइसोलेशन बनाइएको ...
स्वास्थ्य कार्यालयले भनेकाे संक्रमित ताप्लीमा भेटिएन

स्वास्थ्य कार्यालयले भनेकाे संक्रमित ताप्लीमा भेटिएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । स्वास्थ्य कार्यालय, उययपुरले ताप्लीमा १ कोरोनो संक्रमित भनी सार्बजनिक गरेको तथ्यांक पालिकाले स्विकार गरेको छैन ।  ताप्ली वडा नंं. ३ को भनिएको ब्यक्ति सो वडामा बुझ्दा पत्ता नलागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताउनुभयो । वडाभरी बुझ्दा त्यसवडामा नाम, उमेर ठेगाना अनुसारको कोही ब्यक्ति नरहेको बुझिएपछि तथ्यांकलाई स्विकार गर्न नसकिएको अधिकृत लामाले बताउनुभयो । अझ पनि पालिका कोरोनामुक्त रहेको पालिकाको दावी छ । पालिकाले हालसम्म संकास्पद दुईजनामा एन्टिजम परिक्षण गर्दा दुवैजना नेगेटिभ आएको जनाएको छ । पालिकामा ५० वटा किट भध्ये दुईवटा मात्र प्रयोग भएको छ । शंका लागेमा परिक्षणका लागि आउन पालिको पालिकाबासीलाई सूचना गरेको जनाएको छ । गाउँघरमा ज्वरो आउनेहरु रहेको खबर आएपनि परिक्षणमा नआएको जनाइएको छ । पालिका आफैले अग्रसरता देखाइ परिक्षणको दायरा बढाउनुपर्ने दे...
उदयपुरमा संक्रमित ४७६ पुग्याे, १६ काे मृत्यु, देशभर  ४ लाख ८० हजार संक्रमित

उदयपुरमा संक्रमित ४७६ पुग्याे, १६ काे मृत्यु, देशभर ४ लाख ८० हजार संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् । आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भयो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । चारदिनअघि जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो । मृतकहरु मध्ये दुईजनाको उदयपुरको अस्पतालमै ज्यान गएको हो भने बाँकीको...
नेपालमा २४६ संक्रमितको मृत्यु, ८,१७३ मा संक्रमण पुष्टि

नेपालमा २४६ संक्रमितको मृत्यु, ८,१७३ मा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ५ आज एकै दिन देशभर २ सय ४६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । वितेको २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ गरी ८ हजार १ सय ७३ जना संक्रमित भेटिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ रहेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा थप ३० जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

उदयपुरमा थप ३० जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ५ उदयपुरमा आज (बुधबार) थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । कोरोनाले थप २ जनाको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् । त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिले सम्म कोरोनाले त्रियुगाका ११, चौदण्डीगढीका ३, बेलकाका १ र कटारीका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । अहिलेसम्म त्रियुगामा २ सय ४५, बेलकामा ७६, चौदण्डीगढीमा ६१, कटारीमा ५०, रौतामाई गाउँपालिकामा १५, उदयपुरगढीमा १५, लिम्चुङबुङमा १३ र ताप्लीमा १ जना गरी ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य ...
धरानको वीपी प्रतिष्ठानमा थप २ संक्रमितको ज्यान गयो

धरानको वीपी प्रतिष्ठानमा थप २ संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ५ धरानको वीपी प्रतिष्ठानमा थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । सुन्दरहरैचा–१० मोरङका ७२ वर्षीय पुरूषको मंगलबार साँझ ५ः५० बजे ज्यान गएको छ । उनलाई वैशाख १० गते कोरोना संक्रमण देखिएपछि वैशाख ११ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । त्यसैगरी बेलबारी–९ मोरङका ६५ वर्षीया महिलाको मंगलबार साँझ ६ः ३० बजे ज्यान गएको छ । उनलाई जेठ २ गते कोरोना संक्रमण पुष्टि भएकोमा जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो ।...
वडा नं. १६, त्रियुगा नपाकाे आयाे यस्ताे अपिल : टाेल वाहिर नजान, घरभित्रै बसिदिन आग्रह, सहयाेगीहरूकाे नाम र नम्बर सार्वजनिक

वडा नं. १६, त्रियुगा नपाकाे आयाे यस्ताे अपिल : टाेल वाहिर नजान, घरभित्रै बसिदिन आग्रह, सहयाेगीहरूकाे नाम र नम्बर सार्वजनिक

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । त्रियुगा नगरपालिका वडा नं. १६ ले आफ्नाे वडा कोरोना संक्रमणको उच्च जोखिममा परेपछि विशेष सतर्कता र सचेत भइदिन वडाबासीलाई अपिल गरेको छ । वडाध्यक्ष मानबहादुर राईले आज वडाबासीको नाममा अपिल जारी गर्दै बेलैमा रोकथाम र नियन्त्रणमा लाग्न सबै वडाबासीलाई अपिल गरिएको छ । यस अवस्थाले वडालाई गम्भिर बनाएको उल्लेख गर्दै समयमा नै यसको रोकथाम गर्न नसके भयावह स्थिति आउनसक्ने संकेत देखिएको जनाइएको छ । तथापी, यस अवस्थाबाट भयाभित नहुन, संक्रमितहरुले मनोबल उच्च बनाइ राख्न अध्यक्ष राईले आग्रह गर्नु भएको छ । साथै हरेक नागरिकले सचेतता र सतर्कता अपनाउन र स्वास्थ्यको सबै मापदण्ड अपनाउन अनुरोध गर्नु भएको छ । वडाको ५४ जनामा कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएपछि वडौ उच्च जोखिममा रहेको ठहर गरिएको छ । वडाको पूर्वी क्षेत्र बेल्दोभान, जाँते, सरस्वती र पश्चिमी क्षेत्र बेङ्री, भोर...
देशभर संक्रमितकाे संख्या ४ लाख ७२ हजार ३५४, मत्यु हुनेकाे संख्या ५ हजार ४११

देशभर संक्रमितकाे संख्या ४ लाख ७२ हजार ३५४, मत्यु हुनेकाे संख्या ५ हजार ४११

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । कोरोना खबर अपडेटको क्रममा, देशभर कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार २०३ जना थपिएसंगै संक्रमितको संख्या सो परिमाणमा पुगेको हो । नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा १९६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८९१ जनाले कोरोनालाई जित्दा देशमा निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ । विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ४२ लाख ८३ हजार ६१५ पुगेको छ । गएको २४ घण्टामा विश्वभर ५ लाख ५४ हजार ५५१ जना कोरोना संक्रमितको संख्या थपिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा ११ हजार १०० जनाले ज्यान गुमाएसंगै विश्वमा मृत्यु हुनेको संख्या ३४ लाख ०४ हजार ७४८ पुगेको छ । विश्वमा  कोरोना जितेर निको हुनेको संख्या १४ करोड ३० लाख २२ ह...
लिम्चुङबुङको ३ वडामा कोरोना संक्रमण, बाराहामा बन्याे १२ वेडकाे आइसुलेशन

लिम्चुङबुङको ३ वडामा कोरोना संक्रमण, बाराहामा बन्याे १२ वेडकाे आइसुलेशन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । जिल्लाको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाको ३ वडामा कोरोना संक्रमण देखिएको छ । ५ वडा रहेको पालिकाको वडा नं. १ बाँसबोटे, वडा नं. २ ताम्लीछा र वडा नं. ५ जाँतेमा संक्रमण देखिएको हो । तीनवडामा जम्मा १३ जना संक्रमित पुष्टि भएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार बाँसबोटेमा सबैभन्दा बढि १० जना, ताम्लिछामा २ र जाँतेमा १ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु मध्ये १ जना उदयपुर कोभिड अस्पताल बेल्टारमा उपचारपछि निको भई फर्किसकेका छन् । संक्रमितहरुको हाल पालिकाको सदरमुकाम बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा बनाइएको आइसोलेशनमा राखि उपचार भइरहेको छ । पालिकाले उक्त विद्यालयमा १२ बेडको आइसोलेशन बनाएको छ । एकजना एमबीबीएस डाक्टर उमेश कार्कीसहितको स्वास्थ्यकर्मी टोली ब्यवस्था गरिएको छ । पालिकामा पाँचवटा अक्सिजन शिलिण्डर तयारी अवस्थामा राखिए...
आइसोलेशन बेड र अक्शिजन शिलिण्डर बृद्धि

आइसोलेशन बेड र अक्शिजन शिलिण्डर बृद्धि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । कोरोना खबरकै सन्दर्भमा, उदयपुरमा संस्थागत आइसोलेशन बेड र अक्शिजन शिलिण्डरको संख्या बृद्धि गरिएको छ । बढ्दो संक्रमणलाई मध्येनजर गर्दै जिल्लामा आइसोलेशन बेड र अक्सिजन शिलिण्डरको संख्या बृद्धि गरिएको हो । स्वास्थ्य कार्यालय उदयपुरको अनुसार जिल्लाको ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेकोमा ५६ वटा बेड बृद्धि गरिएपछि जम्मा १ सय ९४ बेड पुगेको छ । जिल्लाको विभिन्न पालिका तथा वडास्तरका स्वास्थ्य संस्थाहरुमा आइसोलेशन बेड बद्धि गरिएपछि संख्या बढेको हो । त्यसैगरी ६० वटा थपिएपछि जिल्लामा अक्सिजन शिलिण्डरको संख्या १ सय ६३ पुगेको छ । यसअघि १ सय ३ वटाले काम चलाइएको थियो । विभिन्न निजी, उद्योग, कलकारखानाबाट संकलन गरिएपछि अक्सिजन शिलिण्डर थपिएको हो । नेपाल प्रहरी अक्सिजन शिलिण्डरमा विशेषरुपले खटिएको थियो । उदयपुर प्रहरीले दुईदिनअघि ४१ थान अक्सिजन अस्पताललाई जिम्मा लगाएको थियो ।...