Wednesday, August 19News That Matters

स्वास्थ्य

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ११ नेपालमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक हजार पाँच सय ३३ जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।...
त्रिनपां १६ जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

त्रिनपां १६ जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ५ त्रियुगा नगरपालिका वडा नं १६ बेल्दोभान जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । बुधबार नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का सचिव सुरेश कुमार राई र त्रियुगा नगरपालिकाका मेयर तथा नेकपाका जिल्ला इन्चार्ज बलदेब चौधरीले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै संञ्चालनमा ल्याएको हो । हरेक नागरिको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई ध्यानमा राखी वडाले वडावासीहरुलाई स्वास्थ्यमा पहँुच पुराउन वडाको जाँते बेल्दोभानमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य राईले भवन उद्घाटन गर्दैे स्थानीय सरकारको जिम्मेवारमा १६ नं वडा सफल भएको बताउनुभयो । हरेक मानिस स्वास्थ्य रहेमा राष्ट्र स्वाथ्य हुने भन्दै हरेक व्यक्ति, परिवार, टोल, वडा, पालिका गर्दै राष्ट्र सम्म स्वास्थ्यको पहँुचमा स्थानीय स्थ...
रौतामाई गाउँपालिकाको स्वास्थ्य शिविरमा ९१ जनाले गराए आँखाको सफल अपरेशन

रौतामाई गाउँपालिकाको स्वास्थ्य शिविरमा ९१ जनाले गराए आँखाको सफल अपरेशन

समाचार, स्वास्थ्य
पूर्णपूष्टि, फागुन ५ रौतामाई गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ९१ जनाले सफल आँखाको अपरेशन गराउन सफल भएको छ । ४६ जना पुरुष र ४५ जना महिलाले आँखाको अप्रेशन गरेको छ पालिकाले आँखालाई प्रमुख प्राथामिकतामा राखेर निशुल्क स्वास्थ्य शिविर माघ २६ गते वडा नं ४ सल्लेमा आयोजना गरेको थियो । आँखा लगायत अन्य स्वास्थ्य सेवाहरु पनि सिविरमा संञ्चालन गरिएको थियो । शिबिरबाट ६ सय भन्दा बढी पालिकावासीहरुले सेवा लिएको पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । बुढेसकालमा आँखा कम्जोजरी हुँदै जाने समस्याहरुले बुढाबुढीहरुलाई साहाराविहिन महसुस हुने र आँखा उपचार बिकट ठाउँमा असम्भव बन्दै गएको भन्दै पालिकाले गाउँघरमै यसको सुविधा उपलब्ध गराएको अध्यक्ष खड्काले बताउनुभयो । अप्रेशनको लागि धेरै खर्च र टाढा जानु पर्नाले पालिकामा धेरै आँखा रोगिहरु रोग सँग लडेर जिवन विताईरहेका थिए । गाउँघरमै आँख...
आज पनि मौसम गडबडी, केहि स्थानमा हिमपातको सम्भावना कायमै

आज पनि मौसम गडबडी, केहि स्थानमा हिमपातको सम्भावना कायमै

स्वास्थ्य
पूर्णपुष्टि, फागुन ३ आज पनि देशका केहि स्थानहरुमा हिमपात र बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी बायुको प्रभावले मौसम गडबडीका कारण देशभर मौसम सफा नरहेको माहाशाखाको भनाई छ । प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ । आज देशभर तापक्रममा पनि हल्का गिरावटको सम्भावना रहेको माहाशाखाले बताए ।  राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पहाडी भू(भागका थोरै...
आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप लगाउन सुरु

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप लगाउन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,फागुन २ आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रनिनिधिलाई पनि सरकारले कोरोना खोप उपलब्ध गराएको छ । फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  खोप दिन लागेको हो । मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ । सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा खोप उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयले तोकेको खोप केन्द्र गएर खोप पर्ने छ । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभिया...
के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ३० उमेर बढेसंगै मानव शरीरमा पनि विभिन्न परिवर्तणहरु देखा पर्न थाल्छ । मावन शरीरमा उमेर बढेसंगै छाला चाउरीने, कमजोरीपना महशुस हुनु, कपाल फुल्नु जस्ता लक्षणलाई स्वभाविक मानिन्छ । तर हाम्रो साना–साना गल्तिका कारण समय भन्दा अगावै बुढेसकालको लक्षण देखा पर्न थाल्छ । यसको कारण हाम्रो जीवनशैलीले हाम्रो स्वास्थ्यमा निकै ठूलो असर पार्ने गर्छ । हामीले दैनिक अपनाउने केही बानी यस्ता हुन्छन् जसका कारण बुढेसकालको लक्षण समय अगावै देखिन थाल्छ । हामी आज तपाईंलाई यस्ता बानीबारे जानकारी दिँदै छौं जसले हामीलाई समय अगावै बुढो बनाउन सक्छ, यस्ता बानीलाई हामीले तत्कालै परिवर्तन गर्न आवश्यक छ । १.बोतलबाट पिउनु :– जब हामी कुनै ड्रिङ्क बोतलबाट पिउँछौं भने हाम्र्रो ओठको चारैतिर एक संकुचन हुन्छ । यसले अनुहारमा समय अगावै लाइन र चाउरी देखिन सक्छ । तपाईंले गिलास वा कपबाट नै जुस पिउने बानी बसाल्नु ...
विश्वमा कोरोनबाट मुक्त हुनेको सङ्ख्या ८ करोड नाघ्यो

विश्वमा कोरोनबाट मुक्त हुनेको सङ्ख्या ८ करोड नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ३० कोरोना भाइरस कोभिड–१९ को संक्रमणमुक्त हुनेको संख्या विश्वमा आठ करोर नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना संक्रमितको उपचारका लागि औषधि तयार भइनसकेता पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमित संख्याको ७४ प्रतिशत भन्दा पनि धेरै हो । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यो कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा केही बढी हो । ज्यान गुमाउनेमध्ये धेरैजसो पाको उमेर, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । अहिले विश्वमा २ करोड ५४ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने तीमध्ये भण्डै १ लाख गम्भी...
आँखाको शल्यक्रिया सहित रौतामाईले  गर्यो निशुल्क स्वास्थ्य सिविरको आयोजना

आँखाको शल्यक्रिया सहित रौतामाईले गर्यो निशुल्क स्वास्थ्य सिविरको आयोजना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २६ रौतामाई गाउँपालिकाले सल्लेमा निशुल्क ३ दिने स्वास्थ्य सिविरको आयोजना गरेको छ । नेपाल आई हस्पिटल त्रिपुरेश्वर काठमाण्डौको साझेदारीमा पालिकावासीहरुको स्वास्थ्य क्षेत्रलाई ध्यानमा  राखि चेक जाँच र स्वास्थ्य अवस्था सुधारका लागि सोमवार देखि सिविरको आयोजना गरेको पालिकाले जनाएको छ । पालिकाले आँखालाई पहिलो प्रथामिकतामा राखि सिविर संञ्चालन गरेको छ । मानिसको पहिलो र महत्वपूर्ण अंगको रुपमा रहेको आँखा स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण उपचार रहेको भन्दै आँखा अपरेसन सहितको सिविर संञ्चालन गरिएको रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । खड्काले आँखा सहित अन्य अंगहरुको पनि स्वास्थ्य उपचार रहेकोे बताउनुभयो । आखाँ बाहेक पनि सामान्य रुपमा शरिरका स्वास्थ्य अवस्थाको चेकजाँच गरिने अध्यक्ष खड्काले बताउनुभयो । उहाँले शरिरमा हुने सामान्य स्वास्थ्य समस्या ग्याँष्टि...
उदयपुरमा मातृशिशु मृत्युदर न्युनिकरणको लागि ८ ओटै पालिका संग छलफल

उदयपुरमा मातृशिशु मृत्युदर न्युनिकरणको लागि ८ ओटै पालिका संग छलफल

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ २६ उदयपुरमा मातृ शिशु मृत्युदर न्युनिकरणका लागि जिल्लाका ८ ओटै स्थानीय तहहरु सँग छलफल तथा योजना बारे अन्तक्रिया भएको छ । आठै ओटा पालिकाका स्थानीय सरकारहरु संग गरिएको छलफलमा मृत्युदर रोक्ने सम्बन्धमा योजना बनाउने समेत प्रतबद्धता भएको छ । स्थानीय सरकार, स्वास्थ्य कार्यालय र सबै पालिकाको स्वास्थ्य शाखाहरु बिच वन हार्ट वल्ड वाईड संस्थाले जिल्ला समन्वय समितिको हलमा छलफल तथा योजनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । संस्थाले महिला मातृशिशु मृत्युदरको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । प्रतिवेदनका अनुसार जिल्लामा मातृ शिशु मृत्युदर नघटेको पाइएको छ । मातृशिशु मृत्युदर लाई कम गर्न स्थानीय सरकाको निकै ठुलो भुमिका रहेको संस्थाकी प्रतिनिधि कल्पना श्रेष्ठले बताउनुभयो । मातृ शिशुमृत्युदर  सुधारका लागि स्थानीय सरकारले गुणस्तरीय सेवा सुविधामा ध्यान पुराउन...
उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले लगाए कोरोना खोप

उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले लगाए कोरोना खोप

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २१ हाल सम्म उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले कोरोना खोप लगाएका छन् । १४ गते बाट सुरु गरिएको देशव्यापी खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई प्राथामिकतामा राखि खोप अभियान सुरु गरिएको थियो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी र जिल्ला हस्पिटल उदयपुरका प्रमुख जीवनारायण मण्डलले खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरेका थिए । हाल सम्म ५७७ जना मध्ये पुरुष ३१६ र महिला २६१ गरी कुल ५७७ स्वास्थ्यकर्मीहरुले खोप लगाई सकेको स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । अग्रपंक्तिमा खटिरहेका जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने कार्यक्रम अनुसार सबै स्थानहरुमा खोप लगाउने कार्य भएको  र बाँकी रहेको अवस्थामा भने यसलाई निरन्तर दिने सुवेदीले बताए । नेपाल सकरकारले भारत बाट उपलब्ध भएको खोपलाई पहिलो चरणमा स्वास्थ्यकर्मीहरुका लागि भनेर ७७ ओटै जिल्लामा खोप पठाएका ...