लागुऔषध ब्राउनसुगर र गाँजा सहित तीन पक्राउ
पूर्णपुष्टि,माघ ३०
झापाको अर्जुनधारा नगरपालिका–११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित तीन जना पक्राउ परेका छन् । स्थानीय ४५ बर्षीय रबिन तामाङ र २८ बर्षीय दिल कुमार राई साथै भद्रपुर–५ का ३८ बर्षीय हिलिहाङ तुम्बाम्फोलाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका निजहरुको साथबाट प्रहरीले चार सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २ सय ग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...









