Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

पक्राउ पुर्जि सहित आउन प्रहरीलाई झाँक्रीको आग्रह

पक्राउ पुर्जि सहित आउन प्रहरीलाई झाँक्रीको आग्रह

समाचार
पूर्णपुष्टि, माघ २९ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूह नेतृ रामकुमारी झाँक्रिले आफुलाई पक्राउ गर्न पक्राउ पुर्जि सहित आउन प्रहरीलाई अनुरोध गरिन् । झाँक्रिलाई पक्राउ गर्न प्रहरी झाँक्रिकै निवासमा ठुलो संख्यामा पुगेको छ । झाँक्रिको पक्षमा ठुलो नाराजुलुस समेत भएको छ । “खड्गे चोर देश छोड” “रामकुमारी झाँक्रि हाईहाई केपी विद्या वाई वाई” लगाएतको नारा सहित चर्को आन्दोलन झाँक्रि समूहका कार्यकर्ताहरुले गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्री उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली गएको हो । नेतृ झाँक्रीले आफुलाई पक्राउ गर्न आएको प्रहरीको टोलीलाई पक्राउ पूर्जी लिएर आउन भन्दै आग्रह गरेकी छन् । नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेपछि कार्यकर्ताहरु भेला भएर सरकार र प...
टिपरको ठक्करबाट उदयपुरका एक पुरुषको मृत्यु

टिपरको ठक्करबाट उदयपुरका एक पुरुषको मृत्यु

समाचार
पूर्णपुष्टि,माघ २९ सवारी दुर्घटनामा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–१७ मा बुधबार टिपरले मोटरसाइकललाई ठक्कार दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदां चौधरी गम्भिर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर...
घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २९ आज सुनको भाउमा गिरावट आएको छ । आज सुन चार सय रुपैयाँले सस्तिएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि २५ रुपैयाँले सस्तिएको छ । हिजो १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।...
बढ्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

बढ्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २९ ग्यास र पट्रोलियम पदार्थको मूल्यमा सरकारले वृद्धि गरेको छ । हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।...
सोधपुछका लागि झाँक्रीलाई प्रहरीले बोलायो

सोधपुछका लागि झाँक्रीलाई प्रहरीले बोलायो

समाचार
पूर्णपुष्टि, माघ २९ राष्ट्रपति विद्यादेवी भण्डारी उपर दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न प्रहरीले रामकुमारी झाँक्रीलाई बोलाएको छ । प्रचण्ड–माधव समूह नेतृकी झाँक्रीलाई सोधपुछका लागि महानगरीय अपराध महाशाखाले बोलाएको हो । माहाशाखा प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताए । यता झाँक्रीले आफ्नो अभिव्यक्ति कुनै महिला अस्मिता सँग नजोडिने बताएकीछिन् । बुधबार राजधानीमा आयोजित प्रचण्ड(नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् । झाँक्रीले आफुलाई प्रहरीले बोलाएकोबारे जानकारी नभएको बताइन् । ’मलाई अहिलेसम्म प्रहरीबाट खबर आएको छैन । खबर आएमा आफु जान तयार रहेको बताईन् । एसएसी थापाले झाँक्रीलाई बिहिबार १० बजे उपस्थित हुन अनुरोध गरेको बताएको छ ।  ...
बालिका माथि सामुहिक बलत्कार

बालिका माथि सामुहिक बलत्कार

समाचार
पूर्णपुष्टि, माघ २९ मोरङमा पिसाव फेर्ने गएकी बालिका सामुहिक बलत्कारको सिकार भएकीछिन् । सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले मुख थुनेर मकैबारीमा पु¥याए,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छन्, ‘मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’ जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका प्रहरीले जनाएको छ । गाउँलेहरुबाट १ बजे राति खबर पाएपछि इलाका प्रहरी रानीका प्रहरी निरीक्षक दीपक थापाले ‘तत्काल खटिएको प्रहरी टोलीले मोटरसाइकल बरामद गरेको बताए । थापाका अनुसार ती दुवै युवा भारततर्फ भागेकाले पक्राउ गर्न नसकिरहेको बताए । उनिहरुको खोजी भइरहेको जनाएको छ ।’ उनले पीडितको किटानी जाहेरी आइसकेको जानकारी पनि दि...
भोली हिमपातको सम्भाबना

भोली हिमपातको सम्भाबना

समाचार
पूर्णपुष्टि, माघ २९ भोली मौसम परिवर्तनको संम्भावना देखिएको छ । भोली देशभर आंशिक तथा सामान्य मौसम बदली रहने छ । मौसम पूर्वानुमानले गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । भोलि राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले आज भने देशभर मौसम सामान्यतया सफा रहेको  र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लाग...
’नाटकै हो,  नौटंकी नै हो, टिसर्ट बजारमा

’नाटकै हो, नौटंकी नै हो, टिसर्ट बजारमा

समाचार
पूर्णपुष्टि, माघ २८ ’नाटकै हो, नौटंकी नै हो लेखेको टिसर्ट बजारमा निस्केको छ । बिभिन्न सामाजिक संञ्जालमा यसको व्यापक चर्चा भएपछि अहिले चल्तीमा आएको वाक्यलाई टिसर्ट प्रिन्टमा ल्याउन पाए व्यापार बढ्छ कि भन्ने सोचले टिसर्ट समेत प्रिन्टमा आईसकेको छ । मूलपानी स्पोर्ट’। कम्पनीले यो टिसर्ट बजारमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड पुष्पकमल दाहालको भाषणमा उत्पती भाएको यो शब्द हरेक व्यक्तिहरुले ब्याङग्यत्त्मक शैलीमा प्रस्तुत भयो । यसै शब्द सामाजिक संञ्जाल टिकटक, फेसबुक लगाएतमा भाईरल बन्यो । बजारमा ब्यापक यो शब्दले स्थान पाएपछि चल्तीमा आएको वाक्यलाई टिसर्ट प्रिन्टमा ल्याउन पाए व्यापार बढ्छ कि भन्ने सोचले प्रिन्ट निकालेको मूलपानी स्पोर्टका सञ्चालक बाबुराम खतिवडाले बताए । खतिवडाले अहिले ’नाटकै हो, नौटंकी नै हो’ टिसर्टको नमूना मात्र राखेका छन् । ग्राहकबाट अर्डर आए प्रिन्ट गर्ने ...
चौदण्डीगढीकी  किशोरी करणीको आरोपमा असारीका एक युवा पक्राउ

चौदण्डीगढीकी किशोरी करणीको आरोपमा असारीका एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, माघ २८ जबरजस्ती करणी गर्ने असारीका एक युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ११ असारी रोड बस्ने साइमन राईलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ परेको हो । चौदण्डीगढी नगरपालिका वडा नं. ६ की २० वर्षीया किशोरीलाई ललाईफकाई आफ्नै कोठामा लगेर जबरजस्ती गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । राईले विभिन्न धाकधम्कि समेत दिई किशोरीलाई बलत्कार गरेको आरोप पिडित पक्षले लगाएको छ । किशोरीलाई कुटपिटसमेत गर्दै जबरजस्ति करणी गर्न खोजेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका राईलाई थप अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।  ...
गैंडाको खाग तस्करी गर्ने समुह पक्राउ

गैंडाको खाग तस्करी गर्ने समुह पक्राउ

समाचार
पूर्र्णपुष्टि,माघ २८ गैंडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको  छ । गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैंडा मरेपछि अनुसन्धानको क्रममा ठूलो सो गिरोह पक्राउ परेको हो । पक्राउ परेकाहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक ,१ स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर , पैसाको बण्डलजस्तै देखिने गरि कागजको बण्डल र केही खानेकुरा बरामद भएको प्रहरीले जनाको छ । उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ । निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्यामा  पक्राउ गर्न सफल भएको हो ।...