Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

प्रयोग विहिन भयो उदयपुरको कोभिड–१९ अस्पता

प्रयोग विहिन भयो उदयपुरको कोभिड–१९ अस्पता

समाचार
पूर्णपुष्टि,माघ २८ कोरोना चेकजाँच  बन्द भएसंगै उदयपुरको कोभिड–१९ अस्पता प्रयोग विहिन भएको छ । चौदण्डीगढी नगरपालिका–६ सातधारेस्थित निर्माणधिन अस्पताल गत मंसिर २४ गतेदेखि संक्रमितहरु निको भएर घर फर्किएसंगै कोभिड अस्पताल प्रयोग विहिन भएको हो । गत पुस ६ मा १ नं. प्रदेशका साामाजिक विकासमन्त्री जीवन घिमिरेद्वारा उद्घाटन गरिएको कोभिड–१९ (आईसोलेशन सेन्टर) अहिले प्रयोग विहिन भएको छ । विश्वव्यपीरुपमा फैलिएको कोरोना संक्रमितको विगविगी भएको अवस्थामा उदयपुरका ४ नगरपालिका र ४ गाउँपालि मिलेर अस्पताल निर्माण भएको थियो । १२ कोठे भवनमा २० शैयाको वेड क्षमता भएको अस्पताल ट्रसबाटै निर्माण भएपनि निकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । तत्कालिन संक्रमितहरुलाई उपचारको अभाव नहोस भन्ने उदेश्यले सोही क्षेत्रमा निमार्ण भइसकेकोे सशस्त्र प्रहरी बल वेस क्याम्पका ४ वटा ब्लकहरुलाई प्रयोगमा ल्याइएको थिय...
१४ बर्षीया बालिकाको सामूहिक बलात्कार

१४ बर्षीया बालिकाको सामूहिक बलात्कार

समाचार
पूर्णपुष्टि,माघ २८  गत बिहीबार राति मोरङको कानेपोखरीमा  १७ बर्षीया एक किशोरीको बलात्कार भएको थियो । दुःख लाग्दो कुरा यो घटना सेलाउन नपाउँदै अर्को बालिका बलात्कृत भएकी छिन् । मोरङकै जहदा गाँउपालिका– १ कि १४ बर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी हुन् । पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए साथै १ बजे प्रहरीले जानकारी पाएको थियो । मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए । करिब ३ घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प...
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि,माघ २८ झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ गरेका उनीहरुको साथबाट प्रहरीले १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
काठमाडौंमा दाहाल–नेपाल समूहको विशाल शक्ति प्रदर्शन,

काठमाडौंमा दाहाल–नेपाल समूहको विशाल शक्ति प्रदर्शन,

समाचार
पूर्णपुष्टि,माघ २८ आज काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले विशाल शक्ति प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाको पाँच स्थान पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट जुलुस निकालेको छ । पार्टीले पाँच वटै स्थानको जुलुसको नेतृत्व गर्न विभिन्न नेताहरुलाई कमान्डर तोकेको छ । सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत भएको छ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झा‘क्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस...
खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २८ खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । खोटाङ स्थित खोटेहाङ गाउँपालिका ३ सवाकटहरेमा यही फागुन १७ देखि २० गते सम्म भलिवल प्रतियोगिता हुने भएको हो । “युवाको लागि खेल” “खेलका लागि युवा” भन्ने मुल नाराका साथ सावाकटहरे युवा तथा खेलकुद समितिको आयोजनामा ३ दिने भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको समितिका अध्यक्ष आषिश राईले बताउनुभयो । समितिले खेलकुद आयोजना सम्बन्धि सूचना प्रकाशन गर्दै खेलाडी र खेलाडीका टिमहरुलाई आमन्त्रण गरेको छ । खेल ठाँटी भन्ज्याङको खेलमैदानमा हुने आयोजकले जनाएको छ । फागुन १ देखि १६ गते सम्म टिम दर्ताका लागि ३५ बुझाई सक्नु पर्ने आयोजकले उल्लेख गरेको छ । खेलको टाईसिट पनि १६ गतेनै सार्वजानिक हुने भएको छ । खेलमा प्रथम हुने टिमलाई रु ५० हजार मेडल र प्रमाण पत्र, दोस्रोलाई रु ३० हजार, मेडल र प्रमाण पत्र र सेमिफाईनल लिष...
नेपालमा प्रतिबन्धित गरिएको  १० लाख भन्दा बढिको औषधी बरामद

नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधी बरामद

समाचार
पूर्णपुष्टि,माघ २८ मोरङ विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको  १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलील राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट  आइएनजे अमिडो, आइएनजे पारासेटामोल, आइएनजे डेस्रिम नुफटस–७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको औषधीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत फेला पारी बरामद गरेको छ । कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक...
चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

समाचार
पूर्णपुष्टि,माघ २८ चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क.लाई पक्रउ गरेको हो । पौडेली अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न  बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्दै आएका थिए । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को साथबाट नगद  ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रबाट २ लाख ८ हजार २ सय रुपैयाँ फेला परेको छ । त्यसैगरी पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाड...
सवारी दुर्घटनामा परी एक पैदयात्रीको मृत्यु

सवारी दुर्घटनामा परी एक पैदयात्रीको मृत्यु

समाचार
पूर्णपुष्टि,माघ २८ मोटरसाइकलले ठक्कर दिँदा सुनसरीमा एक पैदयात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मंगलबार मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३९ बर्षीय महेन्द्र साहको मृत्यु भएकोे हो । प्रदेश १–०२–०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले साहलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते साहको धरानको घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साहलाई ठक्कर दिने मोटरसाइकलका चालक ३० वर्षीय घनश्याम धामी गम्भीर घाइते भएको र उनको घोपामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
माटोको ढिस्कोमा पुरिएर एक महिलको ज्यान गयो

माटोको ढिस्कोमा पुरिएर एक महिलको ज्यान गयो

समाचार
पूर्णपुष्टि,माघ २८ माटोको ढिस्कोमा पुरिएर जाजरकोटमा एक जना महिलाको ज्यान गएको छ । शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो । बुढाको छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।...
चोरीका गरगहना मोवाईल र ल्याप्टप सहित गाईघाटका एक युवा पक्राउ

चोरीका गरगहना मोवाईल र ल्याप्टप सहित गाईघाटका एक युवा पक्राउ

समाचार
  पूर्णपुष्टि, माघ २७ बिभिन्न चोरीका सामान सहित गाईघाटका एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ बस्ने २६ बर्षिय बालकुमार बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले महत्वपूर्ण सामानहरु सहित पक्राउ गरेको हो । बुढाथोकीलाई १ थान ल्याप्टप, १ थान Oppo7 मोवाईल, चाँदीको कली ४ थान, चाँदीको पाउजु २ थान, चाँदीको सिक्री ३ थान, चाँदीको ब्रास्लेट २ थान, चाँदीको औठी ३ थान, सुन कलरको बाला १ थान, सुन कलरको औँठी ३ थान चोरी गरेर लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरी प्रमुख एसपी भिम बहादुर दाहालले बताउनुभयो ।  बुढाथोकीले त्रियुगा नगरपालिका १२ का राजकुमार श्रेष्ठको घरबाट ल्याप्टप, मोवाईल र बाँकी चाँदी र सुन जस्तो देखिने धाँतुहरु भने रुपा खड्काको घरबाट चोरी गरेको खुल्न आएको एसपी दाहालले बताउनुभयो । उनलाई सामान सहित नियन्त्रणमा लिएर अनुसन्धानको अगाडी बढाइएको जिल्ला प्रहरी...