Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

१२१ केजी गाँजा र अन्य लागुऔषाध सहित उदयपुरमा ७ जना पक्राउ

१२१ केजी गाँजा र अन्य लागुऔषाध सहित उदयपुरमा ७ जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ २७ उयदपुरमा ठुलो परिमाणको लागुऔषाध बरामद भएको छ । १२१ केजी गाँजा सहित अन्य लागुऔषाध ओसारपसारमा संलग्न ७ जनालाई लागुऔषाध सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । उदयपुरको कटारीबाट ठुलो परिमाणको गाँजा सहित ताप्लीको एक जना पक्राउ परेको छ । अन्दाजी ३ बजेको समयमा कटारी नगरपालिका ८ सानो दमदारबाट एक युवा गाँजा सहित पक्राउ परेका हुन् । ताप्ली गाउँपालिका ३ घर भई हाल सिराहा धनगढीमाई नगरपालिका १० जिरोमाईल बस्ने ४१ बर्षिय सन्त बहादुर मगर पक्राउ परेका हुन् । सिद्धिचरण राजमार्ग बेतेनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नं को बेलेरोमा खानतलासि गर्दा गाँजा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । आफ्नै गाडीमा अदुवाको बोरा भित्र लुकाई छिपाई लिएर आईरहेको अवस्थामा मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो । मगर आफै बोले...
क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी ताप्लेजुङ कारागरमा

क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी ताप्लेजुङ कारागरमा

समाचार
पूर्णपुष्टि,माघ २७ ताप्लेजुङ जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना भएको कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी बस्न बाध्य भएका छन् । जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । ९ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई  सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् । त्यसैगरी ८ जना डाका मुद्दा, ३ जना चोरी मुद्दा, ५जना लागुऔषध मुद्दा, ४ जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताउनुभयो । त्यसैगरी २ जना सवारी ज्यान मुद्दा, ३ जना जबर्जस्ती करणी र अपरहण मुद्दा, ५ जना हातहतियार खरखजना र आगजनी मुद्दा, १ जना सार्वजानिक अपराध, वैदेशिक रोजगार ...
चुनावको तयारी तीव्र पार्न प्रधानमन्त्री ओलीको सुझाव

चुनावको तयारी तीव्र पार्न प्रधानमन्त्री ओलीको सुझाव

समाचार
पूर्णपुष्टि,माघ २७ निर्वाचन आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन सुझाव दिनुभएको छ । प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम अगाडी बढाएको जानकारी गराउनुभएको छ । गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता...
नसालु पदार्थ खुवाएर किशोरीको बतात्कार

नसालु पदार्थ खुवाएर किशोरीको बतात्कार

समाचार
पूर्णपुष्टि,माघ २७ १७ बर्षीया एक किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरिएको कारण बाटोमा बेहोस अवस्थामा भेटिएकी किशोरीको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । किशोरीलाई शुक्रबार बेलुकी अस्पताल  भर्ना गरिएको हो । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । घटना गत बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई न्याय दिने हिसा...
आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै

आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै

समाचार
 पूर्णपुष्टि,माघ २७ अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन यो वर्ष नेपालसहित १७० भन्दा धेरै देशमा सुरक्षित इन्टरनेट दिवस मनाउन लागिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुव्र्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो । सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाले अपिल भिडियो, पोडकास्ट, युट्युब, भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् । नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुव्र्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्था...
५.४ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु ताप्लेजुङ

५.४ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु ताप्लेजुङ

समाचार
पूर्णपुष्टि,माघ २७ आज ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर बिहान ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ताप्लेजुङको सदरमुकामसम्म नै भूकम्पको धक्का महशुस गरिएको स्थानीय बासिन्दाहरुले जनाएको छ । ओलाङचुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो ।...
आँखाको शल्यक्रिया सहित रौतामाईले  गर्यो निशुल्क स्वास्थ्य सिविरको आयोजना

आँखाको शल्यक्रिया सहित रौतामाईले गर्यो निशुल्क स्वास्थ्य सिविरको आयोजना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २६ रौतामाई गाउँपालिकाले सल्लेमा निशुल्क ३ दिने स्वास्थ्य सिविरको आयोजना गरेको छ । नेपाल आई हस्पिटल त्रिपुरेश्वर काठमाण्डौको साझेदारीमा पालिकावासीहरुको स्वास्थ्य क्षेत्रलाई ध्यानमा  राखि चेक जाँच र स्वास्थ्य अवस्था सुधारका लागि सोमवार देखि सिविरको आयोजना गरेको पालिकाले जनाएको छ । पालिकाले आँखालाई पहिलो प्रथामिकतामा राखि सिविर संञ्चालन गरेको छ । मानिसको पहिलो र महत्वपूर्ण अंगको रुपमा रहेको आँखा स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण उपचार रहेको भन्दै आँखा अपरेसन सहितको सिविर संञ्चालन गरिएको रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । खड्काले आँखा सहित अन्य अंगहरुको पनि स्वास्थ्य उपचार रहेकोे बताउनुभयो । आखाँ बाहेक पनि सामान्य रुपमा शरिरका स्वास्थ्य अवस्थाको चेकजाँच गरिने अध्यक्ष खड्काले बताउनुभयो । उहाँले शरिरमा हुने सामान्य स्वास्थ्य समस्या ग्याँष्टि...
उदयपुरमा मातृशिशु मृत्युदर न्युनिकरणको लागि ८ ओटै पालिका संग छलफल

उदयपुरमा मातृशिशु मृत्युदर न्युनिकरणको लागि ८ ओटै पालिका संग छलफल

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ २६ उदयपुरमा मातृ शिशु मृत्युदर न्युनिकरणका लागि जिल्लाका ८ ओटै स्थानीय तहहरु सँग छलफल तथा योजना बारे अन्तक्रिया भएको छ । आठै ओटा पालिकाका स्थानीय सरकारहरु संग गरिएको छलफलमा मृत्युदर रोक्ने सम्बन्धमा योजना बनाउने समेत प्रतबद्धता भएको छ । स्थानीय सरकार, स्वास्थ्य कार्यालय र सबै पालिकाको स्वास्थ्य शाखाहरु बिच वन हार्ट वल्ड वाईड संस्थाले जिल्ला समन्वय समितिको हलमा छलफल तथा योजनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । संस्थाले महिला मातृशिशु मृत्युदरको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । प्रतिवेदनका अनुसार जिल्लामा मातृ शिशु मृत्युदर नघटेको पाइएको छ । मातृशिशु मृत्युदर लाई कम गर्न स्थानीय सरकाको निकै ठुलो भुमिका रहेको संस्थाकी प्रतिनिधि कल्पना श्रेष्ठले बताउनुभयो । मातृ शिशुमृत्युदर  सुधारका लागि स्थानीय सरकारले गुणस्तरीय सेवा सुविधामा ध्यान पुराउन...
चौदण्डीगढीमा तीन महिने ढाँका बुनाई तालिम उद्घाटन

चौदण्डीगढीमा तीन महिने ढाँका बुनाई तालिम उद्घाटन

समाचार
   पूर्णपुष्टि,माघ २६ तीन महिने ढाँका बुनाई तालिमको उद्घाटन चौदण्डीगढी नगरपालिका–७ हाङबजारमा भएको छ । तालिमको उद्घाटन वडाध्यक्ष तेजराज तिम्सिनाले आईतबार गर्नुभएको हो । चालु आर्थिक वर्षको बजेट १ लाख ८० हजार मध्येको ९० हजारले तालिम सञ्चालन गरिएको हो । बाँकी ९० हजार रुपैयाँले चाँडैनै महिलाहरुलाई उद्घोषण तालिम सञ्चालन गरिने महिला सीप तथा क्षमता अभिवृद्धि तालिम समितिकी सल्लाहाकार निर्मला राईले बताउनुभयो । वडामा रहेका महिलाहरुलाई उद्यमशिल बनाउँने उदेश्यले तालिम सञ्चालनमा ल्याएको वडाध्यक्ष तिम्सिनाले बताउनुभयो । उहाँले भन्नु भयो, ‘सीप सिकिसकेपछि त्यतिकै घरैमा नबस्नुहोस् आत्मनिर्भर बन्न सक्ने अवसरको खोजि गर्नुहोस् आवश्यक परे सामान्य समस्यको लागि वडाकोसाथ सहयोग रहेछ ।’ हरेक क्षत्रमा महिलाहरु निपुण हुनु पर्ने बताउँदै तालिमले महिलाको आयआर्जनमा टेवा पुग्ने वडाध्यक्ष तिम्सिनाल बत...
टेलिकमका अधिकृत महिलामाथि दुरव्यवहार गरेको आरोपमा पक्राउ

टेलिकमका अधिकृत महिलामाथि दुरव्यवहार गरेको आरोपमा पक्राउ

समाचार
पूर्णपुष्टि,माघ २६ विराटनगरबाट नेपाल टेलिकमका सहायक अधिकृतलाई महिलामाथि दुरव्यवहार गरेको आरोपमा पक्रउ गरेको छ । विराटनगर महानगरपालिका–५ घर भएका ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कटुवाल टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् । आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर आउँदै गरेको अवस्थामा विराटनगरको बरगाछी आसपासमा कटुवालले महिलामाथि आइतबार दिउँसो अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुरव्यवहार गरेको प्रहरीले जनाएको छ । महिलाले साँझ जिल्ला प्रहरी कार्यालयमा कटुवाल विरुद्ध उजुरी दिएपछि नियन्त्रणमा लिएर घटनाको जिल्ला  प्रहरी कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ । कटुवालले यसअघि पनि महिलामाथि विभिन्न गालीगलौज र दुरव्यवहार गर्ने गरेको प्रहरीले बताएको छ । बारम्बार घटना दोहोरिन थालेपछि महिलाले प्रहरीमा कटुवाल विरुद्ध उजुरी दिएको हो । पछिल्लो पटक सार्वजनिक स्थलमा म...