Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ३० उमेर बढेसंगै मानव शरीरमा पनि विभिन्न परिवर्तणहरु देखा पर्न थाल्छ । मावन शरीरमा उमेर बढेसंगै छाला चाउरीने, कमजोरीपना महशुस हुनु, कपाल फुल्नु जस्ता लक्षणलाई स्वभाविक मानिन्छ । तर हाम्रो साना–साना गल्तिका कारण समय भन्दा अगावै बुढेसकालको लक्षण देखा पर्न थाल्छ । यसको कारण हाम्रो जीवनशैलीले हाम्रो स्वास्थ्यमा निकै ठूलो असर पार्ने गर्छ । हामीले दैनिक अपनाउने केही बानी यस्ता हुन्छन् जसका कारण बुढेसकालको लक्षण समय अगावै देखिन थाल्छ । हामी आज तपाईंलाई यस्ता बानीबारे जानकारी दिँदै छौं जसले हामीलाई समय अगावै बुढो बनाउन सक्छ, यस्ता बानीलाई हामीले तत्कालै परिवर्तन गर्न आवश्यक छ । १.बोतलबाट पिउनु :– जब हामी कुनै ड्रिङ्क बोतलबाट पिउँछौं भने हाम्र्रो ओठको चारैतिर एक संकुचन हुन्छ । यसले अनुहारमा समय अगावै लाइन र चाउरी देखिन सक्छ । तपाईंले गिलास वा कपबाट नै जुस पिउने बानी बसाल्नु ...
विश्वमा कोरोनबाट मुक्त हुनेको सङ्ख्या ८ करोड नाघ्यो

विश्वमा कोरोनबाट मुक्त हुनेको सङ्ख्या ८ करोड नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ३० कोरोना भाइरस कोभिड–१९ को संक्रमणमुक्त हुनेको संख्या विश्वमा आठ करोर नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना संक्रमितको उपचारका लागि औषधि तयार भइनसकेता पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमित संख्याको ७४ प्रतिशत भन्दा पनि धेरै हो । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यो कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा केही बढी हो । ज्यान गुमाउनेमध्ये धेरैजसो पाको उमेर, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । अहिले विश्वमा २ करोड ५४ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने तीमध्ये भण्डै १ लाख गम्भी...
टिपरको ठक्करले श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

टिपरको ठक्करले श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

समाचार
पूर्णपुष्टि,माघ ३० सङ्खुवासभामा टिपरको  ठक्करबाट एक जनाको ज्यान गएको छ । मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल ४२ वर्षीष चालकको घटनास्थलमै मृत्यु भएको हो । मकालु–३ हेदाङ्नाका खड्गबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थमै मृत्यु भएको र मोटरसइकलमा पछाडी सवार राईको श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । राई श्रीमानश्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेका छ । मोटरसाइकललाई ठक्कर दिने ट...
नालामा डुबेर ३ वर्षिय बालकको मृत्यु

नालामा डुबेर ३ वर्षिय बालकको मृत्यु

समाचार
पुर्णपुष्टि, माघ ३० सर्लाहीमा ३ बर्षिय बालक नालामा डुवेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नं. ५ का ब्रहमदेव साहको ३ वर्षिय  छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको हो । बालक घर अगाडिको नालामा मृत अवस्थामा फेला परेको प्रहरिले जनाएको छ । बिहिबार साझँदेखि हराएको बालकको खोजि गर्दा उनलाई घर अगाडी नालामा मृत अवस्थामा परिवारले फेला पारेको हो घटना बारे अनुसन्धान भईरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कँुवरले बताएका छन् ।  ...
सुत्केरीको ज्यान जोखिममा, हेलिकोप्टरमार्फ उद्धार

सुत्केरीको ज्यान जोखिममा, हेलिकोप्टरमार्फ उद्धार

समाचार
पूर्णपुष्टि,माघ ३० बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जाखिममा परेकी एक सुत्केरीको ताप्लेजुङबाट उद्धार गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताउनुभयो । वडाध्यक्ष लिम्बूका अनुसार बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकोप्टर मगाएर उद्धार गरिएको हो । हाल विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएको छ ।...
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई प्रहरी जवान घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई प्रहरी जवान घाइते

समाचार
पूर्णपुष्टि,माघ ३० पर्साको नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनि भारतीय बालुवा तस्करले बालुवा उत्खनन् गरेर लैजाने गरेका छन् । ओरिया खोलामा वर्षौँदेखि नेपाली भूमिमा प्रवेश गरी नदिजन्य प...
आज सुन चाँदीको भाउमा उतारचढाब

आज सुन चाँदीको भाउमा उतारचढाब

समाचार
पूर्णपुष्टि,माघ ३० आज सुन चाँदीको भाउमा उतारचढाब आएको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
जबरजस्ति करणी गर्न खोज्ने एक जना पक्राउ

जबरजस्ति करणी गर्न खोज्ने एक जना पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ३० विराटनगरमा एक जेष्ठ नागरिक जबरजस्ति करणीको आरेपमा प्रक्राउ परेको छ । घरजग्गाको कारोबार गर्दै आएका विराटनगर महानगरपालिका–२ मा बस्ने ६० वर्षिय ज्ञानप्रधानले करणी गर्न खोजेपछि बुधबार साझँ स्थानियहरुले समातेर कुटपिट गरेपछि प्रहरीलाई जिम्मा दिएको हो । दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन प्रधान त्यस घरमा पुगेका थिए । त्याँहाको घर परिवारमा दिदि र बहिनि मात्र बस्ने थाहा पाएपछि त्याहा फेरी साझँमा प्रधान गएर दिदिबहिनीलाई जबरजस्ति करणी गर्न खोजेको स्थानियहरुले बताएका छन् । त्यस पिडितको बुबा अमेरिकामा रहेको र आमा पनि अमेरिका जाने तयारीमा रहेको थियो । छिमेकिको भनाई अनुसार अमेरिका जाने भएपछि घर बिक्रि गर्नलाई चिनजानकै प्रधानलाई काम सुम्पिएको र घरमा कोहि पनि नभएको थाहा पाउदा पाउँदै बेलुका आएर १७ वर्षिय किशोरीलाई करणी गर्ने प्रयास गरेको हो । प्रधानविरुद्ध जबरजस्ति करणीको मुद्दा चला...
शिक्षकको कुट्पिटपछि बिरामी बालकको मृत्यु

शिक्षकको कुट्पिटपछि बिरामी बालकको मृत्यु

समाचार
पूर्णपुष्टि,माघ ३० शिक्षकको कुटाइपछि झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएको आशंका छ । शिक्षकको कुट्पिटबाट बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनी कक्षा ४ मा अध्ययनरत विद्यार्थी थिए । उनको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ । राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते राजवंशीलाई कुटपिट गरेका थिए । शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो । मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि पनि बालकले आफूलाई शि...
हत्याको आरोपमा एक पक्राउ

हत्याको आरोपमा एक पक्राउ

समाचार
पूर्णपुष्टि,माघ ३०  मोरङमा एक महिलाको हत्यको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मण्डललाई पक्राउ गरेको हो । सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा सवरीया गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते सवरियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा हिजो दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...