Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप लगाउन सुरु

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप लगाउन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,फागुन २ आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रनिनिधिलाई पनि सरकारले कोरोना खोप उपलब्ध गराएको छ । फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  खोप दिन लागेको हो । मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ । सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा खोप उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयले तोकेको खोप केन्द्र गएर खोप पर्ने छ । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभिया...
उदयपुर घटना ः कुकुर सहित अनुसन्धानमा जुट्यो प्रहरी, अस्पतालको गेट देखि प्रहरी कार्यालय सम्म कुकुर पुग्यो

उदयपुर घटना ः कुकुर सहित अनुसन्धानमा जुट्यो प्रहरी, अस्पतालको गेट देखि प्रहरी कार्यालय सम्म कुकुर पुग्यो

समाचार
पूर्णपुष्टि, फागुन २ उदयपुर गाईघाट शिवालयटोल स्थित पूर्व शिक्षक भनिएका ६६ बर्षिया बिरेन्द्र राईको संकास्पद मृ*त्यु*लाई लिएर घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । शनिवार घरमै चोट निलडाम सहित मृ*त फेला परेको राईको घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले कुकुर परिचालन गरी घटना अनुसन्धानलाई तिव्र बनाएको छ । संकास्पद मृ*त्यु भएको कारण हत्या हुन सक्ने भन्दै प्रहरीले कुकुर सहितको गहिरो अनुसन्धान गरिरहेको हो । नेपाल प्रहरीको संघीय प्रहरी ईकाई कार्यालय धरानबाट “लैला” नामको कुकुरलाई घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार सो कुकुर घटनास्थलबाट गाईघाट बजार, हिमालीटोल, आँखा अस्पताल हुदै जिल्ला अस्पतालको गेटसम्म पुगेको थियो । जहाँ मृ*तकको श्रीमती रिता राई मुखभरी बि*ष दलिएको अवस्थामा घर बाहिर भेटिएपछि उपचा...
आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

समाचार
पूर्णपुष्टि, फागनु २ आज देशको ५ ओटा प्रदेशहरुमा सामान्य बर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । माहाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव रहेको भन्दै पश्चिमी वायुको प्रभावका कारण हाल देशको बिभिन्न स्थानमा बर्षा र हिमपातको सम्भावना रहेको हो । यसैगरी, अन्य  पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।  ...
ट्राफिक प्रहरी र स्कुटर चालक बिच कुटाकुट

ट्राफिक प्रहरी र स्कुटर चालक बिच कुटाकुट

समाचार
पूर्णपुष्टि, फागुन १ काठमाण्डौँको गोंगबु बसपार्कमा २ ट्राफिक प्रहरी र स्कुटर चालक बिच कुटाकुट भएको छ । हेल्मेट नलगाको बिषयमा बिवाद भएपछि उनिहरुबिच कुटाकुट भएको हो । बारखीका कारण हेल्मेट नलगाएको स्कुटर चालक आसिफ देउला र २ ट्राफिक विवेक नकाल र देवानन्द साह बिच कुटाकुट भएको ट्राफिक प्रहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । बारखी बारेका बुढानिलकण्ठ नगरपालिका ३ का आसिफ दउलाले हेल्मेट नलगाए पछि ट्राफिकले कागजपत्र मागेका थिए । देउलाले कागज पत्र नदेखाउने जस्तो कुरा गरेपछि चौकी जान ट्राफिकले आग्रह गरे । चौकीतिर आउन नमानेर सिधै जान खोजेपछि विवाद भएको श्रेष्ठले बताए । ‘सुरूमा सामाखुसीमा ट्राफिक प्रहरी र देउलाबीच हेल्मेट नलगाएको विषयमा विवाद भएको थियो । ‘विवाद भएपछि स्कुटर चालकले आफूलाई ट्राफिकले कुटेको आरोप लगाएका छन् भने । ट्राफिकले आफूमाथि पहिले हातपात गरेको आरोप लगाएका छन् । कु...
प्राकृतिक विपद् बारे उदयपुरमा कृत्रिम अभ्यास

प्राकृतिक विपद् बारे उदयपुरमा कृत्रिम अभ्यास

समाचार
पूर्णपुष्टि, फागुन १ कुनै पनि वेला आई पर्न सक्ने प्राकृतिक विपद्बारे नाटकीय अभ्यास उदयपुरमा गरिएको छ । त्रियुगा नगरपालिका ६ देउरीमा बिभिन्न प्राकृतिक विपतिको पूर्व तयारी र त्यसको सामाधान बारे नक्कली अभ्यास गरिएको थियो । विपद्को समयमा कस्को भुमिका के भन्दै स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी, संञ्चारकर्मी, संघसंस्था, स्वास्थय क्षेत्र, विद्यार्थी, शिक्षक, रेडक्रस सोसाईटी, बुद्धिजिवि लगाएत ग्रुप बनाई सबैलाई आ–आफ्नो भुमिका विषयक जिम्मेवारी दिइएका थिए ।यी सबै क्षेत्रले विपद्को समयमा आफ्नो भुमिका निर्वाह सम्बन्धि आफ्नो नाटकीय कृतिम भुमिका अभ्यास प्रस्तुत गरेका थिए । प्राकृतिक विपद्मा यी सबै क्षेत्रहरु एकजुट भएर लागि परे विपद् सामाधान गर्न सकिने भन्दै सबै सम्बन्धित क्षेत्रको सहभागीमा पूर्व तयारी र अभ्यास गरिएको जिल्ला व्यवस्थापन समिति उदयपुरले जनाएको छ । जुनसुकै समयमा पनि आईपर्ने प्र...
माओवादी मजदुर पार्टीले २७ औँ जनयुद्ध दिवसको स्मरण गर्यो

माओवादी मजदुर पार्टीले २७ औँ जनयुद्ध दिवसको स्मरण गर्यो

समाचार
पूर्णपुष्टि, फागुन १ माऔवादी मजदुर पार्टी केन्द्रिय तदर्थ समितिले २७ औँ जनयुद्ध दिवसको स्मरण गरेको छ । पार्टीले दिवसको अवसरमा नयाँ जनवादी क्रान्तिमा सहिद भएका सहिद्हरुलाई सम्झँदै दिवस मनाएको छ । दिवसको अवसर पारी गाईघाटको पिपलचोकमा कोण सभा गर्दै २७ बर्ष अघिको सहिद्हरुको लक्ष र सपना अझै पुरा हुन नसकेको पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राईले बताउनुभयो । महासचिव राईले सहिदहरुको रगतले देखाएको बाटो क्रान्तिको नाममा बढी अवसरवादी भएको कारण अझै पनि उनिहरुको सपना पुरा हुन नसकेको बताउनुभयो । पार्टी प्रबक्ता जगत कटुवालले कम्युनिष्टको नाममा धेरै फुट पैदा गराउने दलहरु सडक र सत्ताको खेलले सहिदहरुको रगतको अपमान भएको बताउनुभयो । कटुवालले विदेशीहरुको खेलले एमसीसी नजिक ल्याईसकेको आसंका गर्दै देशलाई ध्वस्त पार्ने तर्फ अहिलेको सरकार अघि बढेको बताउनुभयो ।  ...
सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल, उदयपुरको जिल्ला तदर्थ समिति गठन

सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल, उदयपुरको जिल्ला तदर्थ समिति गठन

समाचार
पूर्णपुष्टि, फागुन १ । सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल, उदयपुरको जिल्ला तदर्थ समिति आज गठन भएको छ । समितिको संयोजकमा पत्रकार भोटराज राई, उपसंयोजकमा नागरिक समाजका युवा विवेक आले र सदस्य सचिवमा पत्रकार अप्सरा समाल मगर सर्बसहमत चयन भएका छन् । हाल बनेको तीन सदस्यीय तदर्थ समितिले फागुन मसान्तसम्ममा जिल्लाको आठै पालिकामा समिति विस्तार गरी जिल्ला कार्यसमितिलाई पूर्णता दिने भएको छ । सञ्जालको केन्द्रिय महासचिव एवम् उदयपुर संयोजक अजयकुमार साहको संहजिकरणमा जुम बैंठकबाट तदर्थ समिति बनाइएको हो । सञ्जालका केन्द्रिय संयोजक उमिद बागचन, केन्द्रिय सदस्य तथा १ नं.प्रदेशको सदस्य सचिव विष्णु चौलागाई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कासमेतको सहभागिताबाट समिति बनेको हो ।...
अनेरास्ववियू उदयपुरले जनयुद्ध दिवस वृक्षारोपन गरेर मनायो

अनेरास्ववियू उदयपुरले जनयुद्ध दिवस वृक्षारोपन गरेर मनायो

समाचार
पूर्णपुष्टि, फागुन १ उदयपुर स्अनेरास्ववियू उदयपुरले २६ औं जनयुद्ध दिवस वृक्षारोपन गरेर मनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो क्याम्पस त्रियुगा बहुमुखि क्याम्पस मोतिगढामा वृक्षारोपन कार्यक्रम साथै जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गरेर मनाइएको अनेरास्ववियू उदयपुरका अध्यक्ष बिमल कार्कीले जानकारी दिए । विगतका बर्षमा झै यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर अनेरास्ववियूले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध र जनआन्दोलनका सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दे अनेरास्ववियू उदयपुरको आयोजनामा २६ औं महान जनयुद्व दिवस र जनआन्दोलनको अबसरमा पहिलो चरणको कार्यक्रम महान सहिदहरुको सम्झनामा त्रियुगा जनता बहुमुखी क्याम्पसमा बृक्षारोपन कार्यक्रम गरिएको अक्ष्यक्ष कार्कीले बताए । साथै उनले महान जनयुद्धको जगबाट संघिता र गणतन्त्रको प्राप्ती भएकाले यो उपलब्धी उल्टाउन अहिलेका प्रधानमन्त्री के...
गाईघाटमा श्रीमानको संकास्पद मृ*त्यु, मुखभरी बि*ष दलिएको अवस्थामा श्रीमती गम्भीर

गाईघाटमा श्रीमानको संकास्पद मृ*त्यु, मुखभरी बि*ष दलिएको अवस्थामा श्रीमती गम्भीर

समाचार
पूर्णपुष्टि, फागुन १ उदयपुरको गाईघाटमा ६६ बर्षिय एक पुरुषको संकास्पद मृ*त्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका ११ सिवालय टोलका बिरेन्द्र कुमार राई संकास्पद अवस्थामा मृ*त फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक राईको श्रीमती पनि गम्भिर अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार मृतका श्रीमती रिता राई पनि मुखभरी बि*ष लतपतिएको अवस्थामा फेला परेको जनाएको छ । उदयपुर प्रहरी प्रमुख एसपी भिम वहादुर दाहालले श्रीमान बिरेन्द्रको जिउभरी निलडाम देखिएको हुँदा संकस्पद मृ*त्यु भएको हुन सक्ने बताए । दाहालले यस बिषयमा अनुसन्धान भईरहेको पनि बताएको छ । एसपी दाहालको अनुसार श्रीमतीले श्रीमानको ह*त्यापछि बि*ष सेवन गराएर बार्दलीबाट फालिदिएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको जनाए । ह*त्याको आसंकामा केहि व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको प्रहरी स्रो...
महिलाको बिबादमा चक्कु प्रहार हुँदा २ युवा घाईते

महिलाको बिबादमा चक्कु प्रहार हुँदा २ युवा घाईते

समाचार
पूर्णपुष्टि, माघ ३० महिलाको बिवादमा चक्कु प्रहारबाट रौताहटमा २ जना घाईते भएका छन् । रौताहटको गौर नगरपालिका ७ सिसवा टोलमा भएको चक्कु प्रहारबाट सुरेश दास र अनिल दास घाईते भएका छन् । उनिहरु दुवै गौर नगरपालिका १ का हुन् । छिमेकीले आफुलाई दुख दिएको भन्दै महिलाले आफन्त २ जनालाई बोलाएकी थिन् । ति महिलाको श्रीमान वैदेशिक रोजगारमा रहेको प्रहरीले बताएको छ । गएराति स्थानीय राम सोगारथ पासवान ती महिलाको घरमा प्रवेश गर्न खोज्दा महिलाले फोन गरी आफन्तहरु बोलाएपछि पासवानका छोरासहितका आफन्तले महिलाका दुई भाईलाइ चक्कु प्रहार गरेका हुन् । राम सोगारथका छोरा राजु पासवान, आफन्त बालदेव पासवान, विसु पासवान, राजन पासवान र विकास पासवानले चक्कु प्रहार गरेको महिलाले बताइन् । गम्भीर घाइते दुवै युवकको गौर अस्पतालमा उपचार भइरहेको छ ।  ...