Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

बहुविवाह मुद्दामा फरार प्रतिवादी घरबाटै पक्राउ

बहुविवाह मुद्दामा फरार प्रतिवादी घरबाटै पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन ३ बहुविवाह मुद्दामा अदालतले कैद र जरिवाना तोकिएपछि फरार रहेका एक जना सप्तरीबाट पक्राउ परेको छ । सुरुङ्गा नगरपालिका–७ बस्ने २८ वर्षीय उमेश चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतले २०७६ साल भदौ ३० गते जिल्ला अदालतको आदेशले तत्काल रु ५० हजार धरौटि बुझाएर रिहा भएका थिए । सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो । उक्त आदेशपछि फरार भएका चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय  सप्तरीले जनाएको छ ।...
मुख्यमन्त्री शेरधन राईको तीन वर्षे कार्यकाल : २२० बुँदामा सरकारको उपलब्धि सार्वजनिक

मुख्यमन्त्री शेरधन राईको तीन वर्षे कार्यकाल : २२० बुँदामा सरकारको उपलब्धि सार्वजनिक

समाचार
पूर्णपुष्टि,फागुन ३ प्रदेश सरकारले तीन वर्षे अवधिमा २२० वटा उपलब्धिसहित गोजी पुस्तिका तयार गरेको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले गत तीन बर्षको कार्यकालमा गर्नु भएको उपलब्धिहरु २२० बुँदामा सार्वजनिक गर्नुभएकोे हो । पहिलो पटक प्रदेशसभा गठनपछि २०७४ फागुन ३ गते मुख्यमन्त्री राईले दुई तिहाइ बहुमतसहित प्रदेश १ सरकारको नेतृत्व गरेका थिए । प्रदेश १ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । शून्यबाट सुरु भएको प्रदेश सरकारमा महत्पूर्ण उपलब्धिहरु हासिल गरेको प्रदेश सरकारको तर्क छ । तीन वर्षको अवधीमा प्रदेशका संरचना निर्माणसँगसँगै संघीयता कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेलेको छ । प्रदेश सरकारले तीन वर्षको अवधीमा महत्वपूर्ण काम गरेको दाबी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला प्रदेश सरकारको भूमिका सकारात्मक थियो । प्रदेशमा आफ्नै अस्पताल निर्माणदेखि संघीय ...
सबैखाले मोवाईलको ब्राण्ड सहित गाईघाटमा डिजिटल सप्लायर्स सोरुम ओपनिङ

सबैखाले मोवाईलको ब्राण्ड सहित गाईघाटमा डिजिटल सप्लायर्स सोरुम ओपनिङ

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन ३ बिभिन्न नयाँ सेवा सुविधा सहित गाईघाटमा डिजिटल सप्लायर्स आज बाट संञ्चालनमा आएको छ । गाईघाटको बिपि चोक स्थित डिजिटल सप्लायर्सले एक्सेन्जको पनि सुविधा दिँदै औपचारिक रुपमा ओपनिङ तथा उद्घाटन गरी सोमबार देखि आफ्नो व्यापार संञ्चालनमा ल्याएको हो । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै मोवाई लगायत सबैखाले सामानहरु उपलब्ध गराउने उदेश्यले ल्याप्टप, कम्पयुटर, सिसि क्यामेरा सहितको सोरुम सञ्चालनमा ल्याइएको प्रोपाईटर कौशल दाहालले बताउनुभयो । उहाँले सबैखाले मोवाईका ब्राण्डहरु उपलब्ध रहेको र अन्य थप सामानहरु सिसि क्यामेरा, ल्याप्टप, कम्पयुटर बिक्रि वितरण, मर्मत र एक्सेन्ज समेत गरिने बताउनुभयो । बिषेशगरी साना देखि ठुला र सस्तो देखि महंगो सबैखालको मोवाईहरु होलसेलमा पाईने दाहालले बताउनुभयो । दाहालले मोवाईलका बिभिन्न ब्राण्डहरु Apple, Samsung, Redmi, Vivo, Nokia, Lava  सबै ब्राण्डमा...
आज पनि मौसम गडबडी, केहि स्थानमा हिमपातको सम्भावना कायमै

आज पनि मौसम गडबडी, केहि स्थानमा हिमपातको सम्भावना कायमै

समाचार
पूर्णपुष्टि, फागुन ३ आज पनि देशका केहि स्थानहरुमा हिमपात र बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी बायुको प्रभावले मौसम गडबडीका कारण देशभर मौसम सफा नरहेको माहाशाखाको भनाई छ । प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ । आज देशभर तापक्रममा पनि हल्का गिरावटको सम्भावना रहेको माहाशाखाले बताए । राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पहाडी भू(भागका थो...
आज पनि मौसम गडबडी, केहि स्थानमा हिमपातको सम्भावना कायमै

आज पनि मौसम गडबडी, केहि स्थानमा हिमपातको सम्भावना कायमै

स्वास्थ्य
पूर्णपुष्टि, फागुन ३ आज पनि देशका केहि स्थानहरुमा हिमपात र बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी बायुको प्रभावले मौसम गडबडीका कारण देशभर मौसम सफा नरहेको माहाशाखाको भनाई छ । प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ । आज देशभर तापक्रममा पनि हल्का गिरावटको सम्भावना रहेको माहाशाखाले बताए ।  राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पहाडी भू(भागका थोरै...
आज कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्ने

आज कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्ने

समाचार
पूर्णपुष्टि, फागुन ३ संसद विघटनको विरोधमा कांग्रेसले आज देशको ७७ ओटै जिल्लामा बिरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध सोमबार सबै जिल्लामा बिरोध प्रदर्शन गर्ने जनाएको छ । पार्टीका शीर्ष नेताहरुबाट हुने बिरोध सम्बोधनमा पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।...
बलात्कारको बिषयमा आधारित मेलिना राईको नयाँ गित ‘क्रन्दन’

बलात्कारको बिषयमा आधारित मेलिना राईको नयाँ गित ‘क्रन्दन’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन २ एक पछि अर्को बलात्कारको घटनाहरू बढे संग मेलिना राइको आवजमा बलात्कारको बिषयमा आधारित एक गित सार्वजनिक भएको छ । विभिन्न वर्ग, क्षेत्र र उमेरका महिलामाथि बलात्कारको घटना बढिरहेको छ । यही घटनालाइ आधार बनाएर ए बक्स फिल्म्स र रिअल टाइम क्रियसनले संयुक्त रुपमा आफ्नो प्रस्तुती ’क्रन्दन’ सार्वजनिक गरेको छ । ‘क्रन्दन’ गत बिहिबार युट्युब च्यानल रिअल टाइम रेकर्डबाट सार्वजनिक भएको हो । भिडिओमा दिभांसी बैदवार, युविना भट्टराई, मिरा केसी, आश्ना राना, गीता थापा, सबिना भण्डारी, रमिक सिंह ठकुरी, विपुल राजभण्डारी, निशान खत्री क्षेत्री र अनन्त सिग्देलको अभिनय तथा प्रस्तुति छ । विजय अधिकारीको शब्द र मोहित मुनालले संगीत दिएका छन् । स्नेहा शर्माको निर्देशनमा तयार ‘क्रन्दन’ मा निरोज श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ । विरेन्द्र हमालको कोरिओग्राफी रहेको यो भिडिओ भरत रेग्मीले सम्पादन गरेक...
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षद्धारा थप आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षद्धारा थप आन्दोलन घोषणा

समाचार
पूर्णपुष्टि,फागुन २ प्रतिनिधिसभा विघटनविरुद्ध नेपालको प्रचण्ड–माधव पक्षद्धारा थप आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चौथो  चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रचण्ड माधव समुहले फागुन ५ देखि २१ गतेसम्मका लागि विभिन्न कार्याक्रमहरु सार्वजनिक गरेको छ । जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै  २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ । २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक...
विराटगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

विराटगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २ विराटनगरमा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको  छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एक वृद्धको हिजो मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  मोरङले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा साँझ मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानबाट मृतक श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन गरेर साइकलमा यात्रा गरिरहेको खुलेको छ । ट्रक र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय अमीर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
भारतमा बस र क ठोक्किँदा १४ को मृत्यु

भारतमा बस र क ठोक्किँदा १४ को मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन २ भारतको आन्ध्र प्रदेशमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।...