Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

२४ घण्टा भित्र चित्तबुझ्दो जवाफ नआए ठाकुर र महत्तोलाई पार्टी बाट निश्कासन गर्ने जसपा बहुमत पक्षको तयारी

२४ घण्टा भित्र चित्तबुझ्दो जवाफ नआए ठाकुर र महत्तोलाई पार्टी बाट निश्कासन गर्ने जसपा बहुमत पक्षको तयारी

समाचार
पूर्णपुष्टि, जेष्ठ १५ जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पार्टीका अर्का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महत्तोलाई दोस्रो पटकको स्पटीकरणमा चित्तबुझ्दो जवाफ खोजेको छ । यदि दोस्रो पटकको जवाफ पनि चित्तबुझ्दो नरहे पार्टीबाट निश्कासन गर्ने चेतावनी समेत दिएको छ । आफुहरुको पार्टीमा बहुमत रहेको भन्दै अर्का दुई अध्यक्षलाई तत्काल चित्तबुझ्दो जवाफको लागि २४ घण्टे अल्टिमेट दिएको छ । ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले स्पष्टीकरण सोधेको हो । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ। जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारी...
विवेकशील साझा पार्टीका पूर्व संयोजक थापाको उपचारमा दुर्गा प्रसाईको सहयोग परिवार बाट अस्वीकार

विवेकशील साझा पार्टीका पूर्व संयोजक थापाको उपचारमा दुर्गा प्रसाईको सहयोग परिवार बाट अस्वीकार

संसार
पूर्णपुष्टि, जेष्ठ १५ विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जल थापाको उपचारमा परिवारले विएण्डसी हस्पिटलका संञ्चालक दुर्गा प्रसाईको सहयोग अस्वीकार गरेको छ । परिवारले थापाको उपचार पारिवारिक स्रोत बाटै गर्ने जनाउँदै सहयोग गर्ने बचनको लागि प्रसाई प्रति धेरै धन्यवाद व्यक्त गरेको छ । प्रसाईँले यसअघि थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो । परिवारले शनिवार प्रेस विज्ञाप्ती निकाल्दै सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । सहयोगी भावनाको लागि र यहाको सहयोग बचनको उच्च कदर गर्दै आवश्यक खर्च परिवारबाटै गर्ने परिवारले जनाएको छ । परिवारले विज्ञाप्तीमा हाल थापाको प...
उदयपुरकी एक महिला सहित मोरङको बिभिन्न हस्पिटलमा ११ संक्रमितको मृत्यु

उदयपुरकी एक महिला सहित मोरङको बिभिन्न हस्पिटलमा ११ संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १५ पछिल्लो १२ घण्टाको अबधिमा मोरङमा ११ संक्रमितले ज्यान गुमाएको छ । मोरङको नोवेल शिक्षण अस्पताल, कोशी अस्पताल कोभिड उपचार केन्द्र, कोशी हस्पिटल कोभिड उपचार युनिट र बिराट शिक्षण अस्पतालमा १० जना संक्रमितहरुको ज्यान गएको हो । मृत्यु हुनेमा ७ पुरुष र ४ महिला रहेको छ । यस मध्ये एक महिला उदयपुरको रहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको उपचारकै क्रममा विराटमा शिक्षण हस्पिटलमा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले जानकारी दिए । जेठ ७ गते भर्ना गरिएकी महिलाको राति ९ बजेतिर मृत्यु भएको  देवले जानकारी दिए । यता १ संक्रमितको भने होम आईसोलेसनमै ज्यान गएको छ । उपचारको क्रममा नोबेलमा ४ जना, कोशीमा २ जना, बिराट शिक्षण हस्पिटलमा २ जना र कोशी अस्पताल कोभिड उपचार युनिटमा २ जनाको ज्यान गएको हो । नोबेलमा सुनसरीको दुहवी नगरपालिका–३ ...
यास चत्रवातको प्रभाव कम्जोर ः शनिवार बाटै मौसम सुधार

यास चत्रवातको प्रभाव कम्जोर ः शनिवार बाटै मौसम सुधार

समाचार
पूर्णपुष्टि, जेष्ठ १५ बङ्गालको खाडीमा विकासित यास चक्रवातको प्रभावले नेपालमा पनि मौसमलाई प्रभाव पार्दा शनिवार सम्म भारी बर्षा हुने मौसमविद्धहरुले जनाएका थिए । तर यास चक्रवातको प्रभाव कम्जोर भए सँगै नेपालमा शनिवार बाटै मौसममा सुधार देखिएको छ । चक्रवातको प्रभाव कमजोर बनेर गएसँगै पाँच दिनपछि मौसममा केही सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि अघिल्ला दिनहरुजस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उनको भनाइ छ । तीव्र वेगको हावा पनि नचल्ने र सामान्य वर्षा हुने सम्भावना भने कायमै रहेको कँडेलले बताइन् । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रिमनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...
आर्थिक बर्ष २०७८/०७९ को बजेट आज ४ बजे सार्वजानिक गरिँदै

आर्थिक बर्ष २०७८/०७९ को बजेट आज ४ बजे सार्वजानिक गरिँदै

समाचार
पूर्णपुष्टि, जेष्ठ १५ सरकारले आज आर्थिक बर्ष २०७८/०७९ को बजेट ४ बजे सार्वजानिक गर्ने भएको छ । केपि शर्मा ओली नेतृत्वको सरकारले सनिशार बजेट ल्याउने भएको हो । बजेट अध्यादेश बाट मार्फत ल्याउन लागिएको छ । अध्यादेशमार्फत आउने यो बजेट संविधान निर्माणपछिको पहिलो अध्यादेश बजेट हुनेछ । संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो । त्यसो त प्रतिनिधिसभाको अभावमा बजेटको नीति तथा कार्यक्रम समेत पास हुन नसकेको अवस्थामा अहिले सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गर्ने गृहकार्यमा लागिरहेको छ ।  ...
नालीमा डुबेर नाबालिकाको मृत्यु

नालीमा डुबेर नाबालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ १५ खाँदबारी(३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
निशेधाज्ञ उलंघन गर्ने व्यक्तीलाइ १ लाख, संस्थालाइ ५ लाख जरिवाना : काेराेना खबर अपडेट – उदयपुर | १४ जेठ २०७८

निशेधाज्ञ उलंघन गर्ने व्यक्तीलाइ १ लाख, संस्थालाइ ५ लाख जरिवाना : काेराेना खबर अपडेट – उदयपुर | १४ जेठ २०७८

Breaking News 1, समाचार, स्वास्थ्य
https://m.youtube.com/watch?v=8Q-4qNmjmvg विस्तृत खबर... १. जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा भरै राती १२ बजेदेखि लागु हुनेगरी फेरी ७ दिनका लागि निशेधाज्ञ थपिएको छ । हिजो बसेको प्रशासनको बैंठकले आगामी २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञ थपेको हो । निशेधाज्ञ कडाइका लागि लागु गर्न आदेश प्रशासनको छ ।  सकैले अवाज्ञा गरेमा कारवाही हुने भन्दै सचेत पनि गराएको छ । निशेधाज्ञमा खाद्य सामग्री र निर्माण सामग्री ढुवानीका लागि केही खुकुलो गरिएको छ । बेलुका ५ बजेदेखि ९ बजेसम्म बील, भर्पाई र कागजातको आधारमा खाद्य सामग्री ढुवानीका सवारीलाई चल्न दिने भनिएको छ । त्यस्तै सम्बन्धीत आयोजना वा कार्यालयको आधिकार पत्र तथा आवश्यक विल भपाई तथा कागजातको आधारमा निर्माण सामग्रीका ढुवानी साधन चल्न दिने भनिएको छ । खाद्यन्न र निर्माणको हकमा प्रशासनको अनिवार्य पास हटाइएको छ । निशेधाज्ञको अन्य विषयमा...
उदयपुरमा बिबाह तथा पुजा पाठमा पनि रोक, प्रशासनले अब यसको लागि सिफासिर नदिने

उदयपुरमा बिबाह तथा पुजा पाठमा पनि रोक, प्रशासनले अब यसको लागि सिफासिर नदिने

समाचार
पूर्णपुष्टि, जेष्ठ १४ कोरोनको उच्च दरको मुख्य कारण बिबाह भोज भतेर तथा पुजा पाठ रहेको भन्दै जिल्ला प्रशासनले अब देखि यसका लागि सिफारिस नगर्ने जनाएको छ । कसैले यसको विरुद्धमा कार्य गरेको खण्डमा प्रशासनले कडा कार्वाही गर्ने जनाएको छ । सामान्यतया खाद्यन्न र अन्य हिसावले भन्दा पनि बिबाह तथा पुजा पाठले संक्रमण बढाएको रिपोर्ट प्राप्त भए सँगै बिबाहलाई पनि प्रशासनले पूर्ण रोक लगाएको हो । प्रशासनले पछिल्लो समयको निषेधाज्ञालाई व्यवस्थित र कडाईका साथ लागु गर्ने जनाएको छ । पछिल्लो ७ दिनका लागि थपिएको निषेधाज्ञाले संक्रमणको दर घटाउँदै सकरात्मक परिणाम दिनेमा प्रशासन ढुक्क रहेको साहायक जिल्ला प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो । उहाँले अहिले हुन लागिरहेको देवाली जस्तो पुजालाई पनि बन्देज गराएको बताउनुभयो । यो भन्दा पहिले बिबाह तथा पुजा पाठलाई महत्वको कार्यको रुपमा छाडेको भएपनि यसैको...
उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा थपियो, उंलघन गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना

उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा थपियो, उंलघन गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना

समाचार
 पूर्णपुष्टि, जेष्ठ १४ उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा प्रशासनले थपेको छ । शुक्रबार रातको १२ बजे देखि आगामी शुक्रबार १२ बजे सम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ । कोरोनाको दर जिल्लामा उच्च रहेको भन्दै यसको नियन्त्र र रोकथामका लागि प्रशासनले निषेधाज्ञा निरन्तर जारी राखेको हो । निषेधाज्ञामा अनुमतिका खाद्य सामाग्री ढुवानी र निर्माण सामाग्रीका आधिकारीक ढुवानीहरुलाई मात्रै चल्न दिने जनाएको छ । प्रशासनले नियम उलंघन गर्नेलाई जरिवाना तथा कार्वाही समेत गर्ने जनाएको छ । निषेधाज्ञा उलंघन गर्ने व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख सम्म जरिवाना गर्ने जनाएको छ । यसैगरी सवारीको हकमा भने २ पांग्रेलाई २ हजार र ४ पांग्रेलाई ५ हजार सम्म जरिवाना र कार्वाही समेत हुने जनाएको छ । यता मास्क नलगाउनेलाई भने सय रुपयाँ जरीवाना गराउने प्रशासनले जनाएको छ । प्रशासनले बिबाहभोज र पुजापाठलाई पनि ठप्प पारेक...
संविधानको धारा एघार अनुसार नागरिकता वितरण गर्नु राष्ट्रघात ः माओवादी मजदुर पार्टी

संविधानको धारा एघार अनुसार नागरिकता वितरण गर्नु राष्ट्रघात ः माओवादी मजदुर पार्टी

समाचार
पूर्णपुष्टि, जेष्ठ १४ नेपालको संविधान धारा एघार दफा ३ मा जन्मको आधारमा नागरिकता वितरण कानुन बनेको बारे माओवादी मजदुर पार्टीले आपत्ति जनाएको छ । सोहि अनुसार अहिले सरकारले ल्याएको नागरिकता अध्यायदेशको बिरोध गर्दै पार्टीले यसलाई तत्काल संविधानलाई नै संसोधन गर्नु पर्ने बताएको छ । पार्टीको केन्द्रीय माहासचिव हिमाल सिंह राईले नेपालमा अंङगकृत नागरिकता पाएको शन्तानहरुलाई जन्मगत नागरिकता दिने र फेरी जन्मगत नागरिकता पाउनेको छोराछोरीहरुलाई बंशगत नागरिकता दिने कार्य अबैध रहेको जनाएको छ । राईले यसरी ल्याएको नागरिकता अध्यायदेश निकै घातक र खतरनाक रहेकाले नेपाली जनताहरुले बुझ्न र यसको तत्काल बिरोधमा उत्रिन अनुरोध गरेको छ । सरकारले अहिले गरिरहेको यो कार्यले देशलाई बिलय गराउन खोजेको उनले बताए । पार्टीले यसलाई तत्काल ख्यारेज गरेर संविधानको धारानै वदल्नु पर्ने माग गरेको छ ।  ...