उदयपुरगढीका पालिकाका अध्यक्ष सहित आज १० जना जनप्रतिनिधिले गरे नेकपा एकिकृत समाजवादीमा सनाखत
पूर्णपुष्टि, भदौ २१
उदयपुरमा सोमवार १० जना जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । उदयपुरगढी गाउँपालिका अध्यक्ष मान वहादुर केप्छाकी मगर सहित कटारी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष बेग वहादुर आलेमगर र वडा सदस्यहरु लगायत १० जनाले नेकपा एकिकृत समाजवादी रोज्दै सनाखत गरेका हुन् ।कटारी नगरपालिकाका ९ नं वडा अध्यक्ष मगर सहित ७ जना र उदयपुर गढी गाउँपालिकाका पालिका अध्यक्ष सहित ३ जना गरी जम्मा १० जनाले एकिकृत समाजवादीमा सनाखत गरेको त्रियुगा नगरपालिका वडा नं ६ का वडा सदस्य तथा पार्टीका वडा सचिव जयराम पंजियारले बताउनुभयो ।पंजियारका अनुसार भोली सम्म सनाखतको म्याद रहेकाले अझै थप हुने क्रम जारी रहेको जनाए । हिजो मात्रै त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी सहित ७ जनाले सनाखत गरेका थिए । त्रियुगाको अझै २ जनाले सनाखत गर्ने जनाएको छ । उनिहरुले आजै सनाखत गर्ने भनिएको छ । आज सनाखत गर्न नसकेको...








