Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

करेन्ट लागेर पोलबाट लडेर एक युवकको ज्यान गयो

करेन्ट लागेर पोलबाट लडेर एक युवकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदौ २० ओखलढुङ्गामा करेन्ट लागेर पोलबाट लडेर एक जना युवकको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका–४ का २१ वर्षीय निखिल फुयलको करेन्ट लागी सोलारको पोलबाट लडेर ज्यान गएको हो । आज बिहान १० बजे मानेभन्ज्याङ गाउँपालिका–७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी फुयल घाईते भएका थिए । घाईते फुयललाई उपचारको लागि जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पु¥याउन साथ ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।...
उदयपुरमा भालु खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

उदयपुरमा भालु खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २०उदयपुरमा भालु खोलाले बगाएर एक १३ वर्षीया बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–७ बस्ते याम कुमार राईको छोरी यसिका राईको आज (आइतबार) भालु खोलाले बगाएर ज्यान गएको छ ।ती बालिका खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नम्बरको आफ्नै अटो निकाल्न घरपरिवार संग गएकी थिईन् । उक्त खोलामा माथिबाट एक्कासी बाढी आउदा अटो र बच्चालाई बगाएको अटो थियो । प्रहरी र स्थानीयहरु मिलेर खोजतलासी गरेसी बालिका र अटोलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलबाट ८ कि.मी. दक्षिण त्रियुगा नगरपालिक–९ स्थित त्रियुगा खोलामा उक्त बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनुभयो । प्रनाउ गौतमका अनुसार अटो बगाएको स्थान देखि ५ सय मिटर तल फेला परेको थियो ।...
जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

Breaking News 1, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर र सामुदायी रेडियो उदयपुर १०२ पोप्लो ४ मेगाहर्जको आयोजनामा सञ्चालित युवा महिला नेतृत्व विकास कार्याशाला तथा सरोकारवाला संगकोे अन्तरक्रिया कार्याक्रम आज सम्पन्न भएको छ । हिजो र आज गरी दुई दिने सञ्चालित अन्तरक्रिया कार्याक्रममा जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन भएको छ । आठ वटै पालिकालाई समेटेर सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा त्रियुगा नगरपालिकाका रञ्जु दनुवारलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा त्रियुगाकै रेणुका चौधरी र अर्चना दनुवार रहेका छन् । चौदण्डीका आस्मा कार्की, बेलकाका पवित्रा राई र कटारीको पवित्रा दाहाल सदस्यमा चयन भएका छन् । उदयपुरगढीका सुस्मीता कार्की, ताप्लीका रेखा ज्यु ठकुरी र लिम्चुङबुङका सत्यकला राई सञ्जालका सदस्यहरु रहेका छन् ।...
उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ उदयपुरमा आज (शुक्रबार) थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र २ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४४८ जना पुगेको छ । थपिएका संक्रमितहरु सवै त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नं ११ का २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण देखिएको छ, भने त्रियुगाकै वडा नं १० र ५ का १÷१ जना  महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार ५३२ महिला र १ हजार ७७४ गरी कुल ३ हजार ३०६ जना कोरोना मुक्त भएका छन् । जिल्ला सक्रिय संक्रमित ४७ महिला र ४३ पुरुष गरी ९० जना रहेका छन् । कोरोनाबाट जिल्लामा १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु

पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदै १८ मोरङ धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Purnapusti TV, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदै १८   मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको क्रममा उनको कोशी अस्पताल बिराटनगरमा  मृत्यु  भएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।...
पिकअपको ठक्करबाट बालकको मृत्यु

पिकअपको ठक्करबाट बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि भदौ १८  झापा कमल गाऊपालिका ५ आदीबासी रङ्गशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक  बालकको मृत्यु भएको छ । सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको  ४ बर्षीय छोरा मानव कापरीको मृत्यु भएको छ । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरको आँखा अस्पतालमा हरित अभियान

उदयपुरको आँखा अस्पतालमा हरित अभियान

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल आगामी पुस महिनाबाट सञ्चालनमा आउने भएको छ । आँखा अस्पताल परिषरमा रहेको पितृस्मरण स्थलको बार्षिक उत्सवमा व्यवस्थापन पंक्षले पुस महिनाबाट सञ्चालन गर्ने जानकारी दिएको हो । नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त अस्पतालको भौतिक पुर्वाधार सम्पन्न भैसकेको र अस्पताललाई चाहिने सबै उपकरण उपलब्ध भैसकेकाले उद्घाटन तयारीमा रहेको संघका सभापति तथा केन्द्रिय सदस्य भागवत राउतले जानकारी दिए । अस्पताल परिषरलाई गृनरी बनाने उदेश्यले संघको आह्वानमा आफ्ना पुर्वज पृतिको स्मरणमा त्यस क्षेत्रमा पाँच सय बढि विरुवा रोपिएको उनले बताए । आफ्ना पुर्वजको सम्मान पनि हुने र उहाँहरुको सम्झनामा केही गरे जस्तो देखिने साथै अस्पतालाई हरित बनाउन पनि मद्दत पुग्ने भएकाले अभियान सञ्चालन गरिएको उनले बताए । परिषर स्थलमा रोपिएका विरुवाको स...
प्रादेशिक अस्पतालमा दिनदहाडै स्वास्थ्यकर्मीमाथि कुटपिट

प्रादेशिक अस्पतालमा दिनदहाडै स्वास्थ्यकर्मीमाथि कुटपिट

समाचार
पूर्णपुष्टि, भदौ १८ धनुषाको प्रादेशिक अस्पताल जनकपुरधाममा दिनदहाडै स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीलाई एक अज्ञात समुहले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो । अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताए । आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले आफूलाई कुटपिट गरेको उनको भनाइ छ । कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । चिकित्सक ठाकुरमाथि कुटपिटको...
मलामीबाट फर्केर पोखरीमा नुहानउन पस्दा बेपत्ता भएका पुरुषको शव फेला

मलामीबाट फर्केर पोखरीमा नुहानउन पस्दा बेपत्ता भएका पुरुषको शव फेला

समाचार
पूर्णपुष्टि, भदौ १८ मलामीबाट फर्किएर पोखरीमा नुहाउन पस्दा बेपत्ता भएका एक जना पुरुषको शव आज फेला परेको छ । महोत्तरी वडा नंम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका ५० वर्षीय उपेन्द्र बैठाको शव फेला परेको हो । बैठा मलामीबाट फर्किएपछि हिजो बेलुका नुहाउने क्रममा पोखरीमा बेपत्ता भएका थिए । हिजो बेलुकादेखि नै स्थानीय र प्रहरीले उनको खोजिगरिरहेका थिए । बैठाको शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...