Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षतीको बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक पुरुष फक्राउ

उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षतीको बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक पुरुष फक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ३ उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षती बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक जना पुरुष पक्राउ परेको छ । धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय श्याम कुमार साहलाई गल मिति देखाएर बीमा दाबी गर्ने उद्देश्यले प्रहरी रिपोर्ट लिन आएको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । उनले घटना भएको २ दिन पछिको विवरण बनाई बीमा दाबीका लागि प्रमाणिकरण रिपोर्ट प्रहरी संग लिन आएको खुलेको छ । साहले बीमा दाबी गर्ने उद्देश्यले साउन १४ गतेको घटनालाई १६ गतेको घटना बनाई प्रहरी संग प्रमाणिकरण रिपोर्ट लिन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले बताउनुभयो । उक्त घटना बारे प्रहरीले घटनास्थलमा पुगी अवलोकन तथा सो सम्बन्धको अन्य कुराहरुको अध्ययन , अनुसन्धान गर्दा १६ गतेको नभई १४ गतेको भएको पाईएको प्रहरीको भनाई छ ।पक्राउ परेका साहलाई...
उदयपुरमा बैजनाथ खोलाले बगाएर हुलाकका कर्मचारीको मृत्यु

उदयपुरमा बैजनाथ खोलाले बगाएर हुलाकका कर्मचारीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३ उदयपुरमा खोलाले बगाउँदा हुलाकका एक कर्मचारीको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ८ का ५९ बर्षिय कृष्ण बहादुर श्रेष्ठको खोलाले बगाएर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमाका अनुसार श्रेष्ठ अतिरिक्त हुलाक कार्यालय नरेटारको (अतिरिक्क्त) पत्र बाहक कर्मचारी रहेको जनाएको छ । उनको नेपालटार बाट उदयपुरगढी गाउँपालिका महादेवस्थान घर फर्कने क्रममा अन्दाजी ६ बजेको समयमा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए । उनको शव अन्दाजी खोलाले १ किमि बगाएर ढुँगाको चेपमा अड्काएको अवस्थामा फेला परेको थियो । शव फेला परेको खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानको टोली खटी आवश्यक कानुनी प्रक्रिया पुरा गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।...
भारी वर्षाले विराटनगरका १९ वडा जलमग्न, विमानस्थलमा खोला पस्दा उडान रद्द

भारी वर्षाले विराटनगरका १९ वडा जलमग्न, विमानस्थलमा खोला पस्दा उडान रद्द

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ३ लगातार परेको भारी वर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाका १९ वटा वडा जलमग्न भएको छ । केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् । विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न भएको हो । १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो । उनका अनुसार बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ । विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला...
उदयपुरको बिलाउने कोरिया खोलाले बगाएर एक पुरुषको मृत्यु

उदयपुरको बिलाउने कोरिया खोलाले बगाएर एक पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३ उदयपुरमा मंलबार बिहानबाट निरन्तर परेको अबिरल वर्षाका कारण आएको खोलाबाढीले बगाउँदा एक पुरुषको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ बिलाउने कोरिया खोलामा आएको बाढीले बगाउँदा सोही स्थानका ४० वर्षीय टुुकबहादुर खड्काको ज्यान गएको हो । खड्का हिजो बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो । उनको खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ साढे ६ बजे १ किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।...
उदयपुरको सहित प्रदेश नं १ मा बाढी पहिरोमा परि २२ जनाको मृत्यु

उदयपुरको सहित प्रदेश नं १ मा बाढी पहिरोमा परि २२ जनाको मृत्यु

Breaking News 1, बिचार
पूर्णपुष्टि, कार्तिक ३ प्रदेश नं १ मा लगतारको बर्षा सँगैको बाढीपहिरोमा परि २२ जनाको मृत्यु भएको छ । प्रदेश नं १ को उदयपुर सहित बिभिन्न जिल्लाहरु इलाम, सुनसरी, पाँचथर धनकुटा लगायत पहाडी जिल्ला र तराई जिल्ला गरी बाढीपहिरोमा परी २२ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । बिसीका अनुसार पहाडी जिल्लाहरुमा २० जना र तराईमा २ जनाको बाढी पहिरोमा परि ज्यान गएको हो । पहिरोमा परी धनकुटामा ६ जना, पाँचथरमा ६ जना, इलाममा ७ जना, सुनसरीमा २ जना र उदयपुरमा १ जनाको ज्यान गएको हो ।  ...
उदयपुरमा  खोरमा आगलागी हुँदा २१ ओटा बाख्रा सखाप

उदयपुरमा खोरमा आगलागी हुँदा २१ ओटा बाख्रा सखाप

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २ उदयपुरमा आगलागी बाट २१ ओटा बाख्रा सखाप भएको छ । सोमवार रौतामाई गाउँपालिका ६ भातेमा सुर्ज बहादुर राईको बाख्रा खोरमा आगलागी हुँदा २१ ओटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागी हुँदा १२ वटा माउ बाख्रा ३ ओटा बोका र ६ ओटा पाठापाठी गरी जम्मा २१ ओटा बाख्रा मरेको प्रहरीले जनाएको छ । आगो के कुन कारणले लग्यो भन्ने पत्ता लागेको छैन् । आगलागी बाट २ लाख २६ हजार बराबरको क्षती भएको उदयपुर प्रहरीका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।...
धरानमा पहिरोले बेपत्ता भएको दुई बच्चा मृत फेला

धरानमा पहिरोले बेपत्ता भएको दुई बच्चा मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २ धरानमा पहिरोले बेपत्ता भएको दिदिभाई मृत अवस्थामा फेला परेको छ । आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई  बच्चा बेपत्ता भएको थियो । उनिहरु एक परिवारका दिदिभाई हुन् । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् । आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।...
धरानमा पहिरोले घर पुर्यो, दिदि भाई बेपत्ता

धरानमा पहिरोले घर पुर्यो, दिदि भाई बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २ अबिरल बर्षाका कारण धरानमा पहिरोले घर पुरिदा २ जना बेपत्ता भएको छ । बेपत्ता हुनेमा एक बालक र एक बालिका रहेको छ । उनिहरु एक परिवारका दिदि भाई रहेको प्रहरीले जनाएको छ ।सुनसरी प्रहरीका अनुसार पहिरो खसेसँगै वेपत्ता हुनेमा ७ वर्षिया निसु राई र वर्ष ४ का निहान राई रहेका छन । उद्दार कार्यको लागि घटनास्थलमा थप टोली पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार पहिरोले धरान १३ को नागेश्वर मार्गमा रहेको निशान राईको घर पुरिएको हो । पहिरोसँगै राईका छोरा र छोरी वेपत्ता भएको उनले बताए । कार्कीले वेपत्ता भएकाहरु पुरिएको हुन सक्ने आशंकामा उद्दार कार्य जारी रहेको बताए । उनले निरन्तरको वर्षाका कारण उद्दारमा भने समस्या आएको बताए ।...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २ बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।...
सेती बाढीले पुल छोयो, नदी आसपासका नागरिकहरुलाई सचेत रहन आग्रह

सेती बाढीले पुल छोयो, नदी आसपासका नागरिकहरुलाई सचेत रहन आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २ अबिरल बर्षाका कारण डोटीमा सेती नदिको पुललाई बाढीले छोएको छ । अत्यादिक बर्षाका कारण पानीको सतह ह्वातै बढे सँगै सेती नदिले पुल छोएको हो । बाढीले पुल छोएपछि आवत जावतमा रोक लगाएको छ । पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् । बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए । तीन दिनदेखिको लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिए...