Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २ ईटहरी उपमहानगरपालिका १६ जालपा पेट्रोल पम्प स्थित पुर्ब–पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदार रहेका छन् । हिजो राती पौने १० बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको ईलाका हो । मोटरसाईकलमा पछाडी सवार रहेका रामधुनीकै २२ बर्षीय नबिन सरदार र १८ बर्षीय अबिसेक सरदार समेत घाईते भई उपचार भईरहेको छ । उक्त मोटरसाईकलमा ३ जना सवार रहेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ...
सुनसरी बाट उडाएको प्याराग्लाईडिङ उदयपुरमा दुर्घटना, एक घाईते

सुनसरी बाट उडाएको प्याराग्लाईडिङ उदयपुरमा दुर्घटना, एक घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १ सुनसरी बाट उडाएको प्याराग्लाईडिङ उदयपुरमा र्दुघटना हुँदा एक जना घाईते भएको छ । आईतबार २ बजेको समयमा धरान उपमाहानरपालिका ४ बुद्ध बिहार बाट उडाएको प्याराग्लाईडिङ उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच सप्तकोशी किनारमा झरी दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार वडा नं १ बस्ने रोशन अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हावाहुरी सँगै आएको बर्षाका कारण प्याराग्लाईडिङ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईते अधिकारीको डाँडमा चोट लागेको जनाएको छ । प्याराग्लाईडिङ दुर्घटना भएको भन्ने खबर पाएलगत्तै अस्थाई प्रहरी पोष्ट उदयपुरको टोलीले घाईतेको उद्धार गरी घोपा पठाइएको उदयपुर प्रहरी कार्यालयका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।...
मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ संखुवासभा चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलबिद्धुत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको WB 11TC 0296 नम्बरको मिल्लर गाडी गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० बर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । घटनाको सम्बन्धमा अस्थाई प्रहरी बेस पुखुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।  ...
ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १ संखुवासभा मादी नगरपालिका १ तिनजुरे स्थित भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको छ । घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।  ...
झगडाको क्रममा श्रीमानको मृत्यु श्रीमती घाईते

झगडाको क्रममा श्रीमानको मृत्यु श्रीमती घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १ मादक पदार्थ सेवन गरी श्रीमान श्रीमती बिच झगडा हँुदा एकको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । तेह्रथुम छथर गाऊपालिका ३ ज्यामिरे का ५४ बर्षीय गोबिन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बु बिच मादक पदार्थ सेवन गरी झै(झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको हो । श्रीमती भक्त कुमारीको उपचार भईरहेको छ । आईतबार बेलुका ९ बजे आफ्नै घरमा मादक पदार्थ सेवन गरी झगडाको क्रममा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाईएकोमा राती पौने १ बजे गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागी धरान घोपा पठाईएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको छ ।    ...
उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक स्कुटी चालक पक्राउ

उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक स्कुटी चालक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ३० उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना स्कुटी चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाई घुस दिन खोजेको अभियोगमा जिल्लाको बेलका नगरपालिका–५ बस्ने प्रेम कुमार राइलाई प्रहरीले पक्राउ गरको हो । ईकाला प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरबाट घुम्ने स्थित मदन भण्डारी लोकमार्गमा सम्म संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादैँगरेको प्रदेश १–०२–०४२ प.८४२४ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गरेको थियो । प्रहरीले सो स्कुटी चेकजाँच गर्दा हेल्मेट समेत नलगाई तीनजना सवार रहेको साथै स्कुटीको सवारी दर्ता किताव , सवारी चालक अनुमति पत्र समेत नभएको र चालकले मादक पदार्थ समेत सेवन गरेको थियो । ट्राफिक प्रहरीलाई स्कुटी चालक राईले आर्थिक प्रलोभन देखाई नगद रु पाँच सय घुस दिन खोजेकोले स्कुटी चलाक र स्क...
सर्पको टोकाईबाट भाइरल झाँक्रीको मृत्यु

सर्पको टोकाईबाट भाइरल झाँक्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ३० सर्पको टोकाईबाट भाईरल झाँक्रीको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ–९ हाङदेवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाईबाट ज्यान गएको हो । भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेकोे थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको ज्यान गएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । सर्पले डस्नासाथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो । त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकीको भनाई रहेको प्रहरीले जनाएको छ । छिमेकीका अनुसार धामीको भर पर्दा अस्पताल लैजान ढिलाई भएको र दशैंको टीकाको दिन भएकाले एम्बुलेन्स समयमा नपाएका कारण घतानीको ज्यान गएको हो ।...
ताप्लेजुङमा जीप दुर्घटना हुँदा १० जना घाईते

ताप्लेजुङमा जीप दुर्घटना हुँदा १० जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ३० ताप्लेजुङको मेची राजमार्गअन्तर्गत काबेली सडकखण्डको ल्याङबामा जीप दुर्घटना हुँदा १० जना घाईते भएको छन् । सदरमुकाम फुङलिङबाट तेल्लोकतर्फ जाने क्रममा फुङलिङ नगरपालिका–७ दोखु ल्याङवाको पुछार ट्रनिङमा मे १ ज २०५६ नम्वरको बोलेरा जिप दुर्घटनामा परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर जीप झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा घाईते भएका मध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । रेफर गरिएकामा फुङलिङ नगरपालिका–४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्रता बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षका रोमन बस्नेत, १७ वर्षीय अब्दुल अरी, सिरीजंघा गाउँपालिका–८ का ३० वर्षीय सन्तमाबो लिम्बू र चालक फुङलिङ नगरपालिका–८ का ३८ वर्षिय डिल्ली विक्रम सुनुवारलाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जिल्ला ट्र...
माइली गाथा–१ (आख्यान–आलेख)

माइली गाथा–१ (आख्यान–आलेख)

Breaking News 1, साहित्य
यतातिर माइली बेलाबेलामा माइलोसँग निहुँ खोज्दै कचकच–कचकच गर्छे । “मैलेप्रति गोटा दुइसय सत्तरी दिन बोकेर भारी बिसाएको एघार दिनमै तिमीले त्यो सबै आफ्नै नाममा नामसारी गरयौ । मलाई यो मन परेको छैन नि, सुनीराख ।” भन्दै बेला–बेलामा रोइलो मच्चाउँछे । उता माइलोपनि मुढेबलको जवाफ पछार्छ, “तेरो के बिगारें मैँले दुईकोठाउँमा तीन बनाएँ । तेरो नाममा पास गरिदिन्छु, आटँ गर्छेस ?”  पछि ठाँइलाबा जस्तै तिम्रोपनि मति बिग्रेला जस्तो छ भन्दै भुत्भुताउँछे माइली । बालकृष्ण काफ्ले किर्तिबहादुर खड्का गुरुकी चौधर्नी माइली भाउजू सम्झन्छु । घरमापनि माइली भएको हुँदा मलाई अलि सजिलो छ । घरकी माइलीआमा (माइलेमा), माइली बडिआमा (बडेमा), माइली काकी, माइली मित आमा, माइली ठुलीआमा (आमापट्टि) माइली दिदी, माइली फुपू, माइली फुपू आमै, माइलीबहिनी, माइली छोरी, माइली भतिजी, माइली भान्जी, माइली मित बहिनी, माइली मित दिदी, माइली मित छोरी...
बाख्राको घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

बाख्राको घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असोज ३० सुनसरीमा बाख्राको घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको अकाल्मै ज्यान गएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–७ संगम चौकका ४७ वर्षीय अर्जुन खड्काको रुखबाट लडेर ज्यान गएको हो । बराहक्षेत्र नगरपालिका–८ स्थितमा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि घाइते भएका खड्काको घोपा धरानमा उपचारको क्रममो ज्यान गएको अस्पतालले जनाएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान प्रहरीले जनाएको छ ।...