Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

ससुरालीबाट दशैंको टिका थापेर घर फर्कने क्रममा भीरबाट लडेर एकको ज्यान गयो

ससुरालीबाट दशैंको टिका थापेर घर फर्कने क्रममा भीरबाट लडेर एकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ३० ससुरालीबाट दशैंको टिका थापेर घर फर्कने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कने क्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको ज्यान गएको हो । राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताउनुभयो । मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले जानकारी दिनुभयो ।...
उदयपुरमा राईद्धारा तीन जनामाथि खुकुरी प्रहार

उदयपुरमा राईद्धारा तीन जनामाथि खुकुरी प्रहार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ३० उदयपुरमा एक युवकले तीन जनामाथि खुकुरी प्रहार गरेको छ । चौदण्डीगढी नगरपालिका–१० खैराह झोडाका मनी कुमार राईले परिवारका तीन सदस्यमाथि खुकुरी प्रहार गरेको छ । घरेलु मदिरा सेवन गरी राईले आफ्नै आमा, दिदि र भेनालाई खुकुरी प्रहार गरी घाईते बनाएको हो । घटनामा आफ्नै आमासहित दिदी गीता पाण्डे (राई), भेना राजकुमार पाण्डे घाइते भएका छन् । मध्यरात पारिवारिक कलह बढेपछि राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिती असामान्य बनेपछि परिवारकै सदस्यले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । खबर पाएलगतै पुगेको प्रहरी टोलीले घटनास्थलबाटै घाइतेहरुको उद्धार गरेको थियो । घाइते हुने आमालाई हातमा चोट लागेको छ । त्यस्तै भेना पाण्डेलाई पाखुरामा चोटा लागेको छ भने दिदी गीताको मुख र हातलगायतको ठाउँमा निलडाम देखिएको छ । घटनास्थलमा पुग्दा प्रहरी देखेपछि राई जङ्गलतिर...
ठूलाबडाबाट टिका र आर्शिवाद थापेर दशैं मनाइयो

ठूलाबडाबाट टिका र आर्शिवाद थापेर दशैं मनाइयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २९ । हिन्दुहरुको महान्पर्व दशैं आज ठूलाबडाबाट टिका आशिर्वाद थापेर मनाइएयो । घरघरमा टिका जमरा लगाउदै ठूलाबडाको आशिर्वाद थापिएको हो । आफन्त, नातागोतासंग भेटघाटसमेत हुने गर्दछ । छोरीचेलीहरु कोशेली पात बोकेर माइतीमा बुवाआमा, दाजुभाउजुबाट टिका थाप्ने गर्दछन् । मिठो खाने र राम्रो लाउने पर्वको रुपमा पनि मानिन्छ यो पर्व । राम्रो लुगामा ठाटिदै निधारमा टिका, शिरमा जमरा सिउरेर हिड्ने गरिन्छ । टिका पूर्ण अर्थात पाँचदिनसम्म लगाउने चलन छ ।...
दशैं (कविता)

दशैं (कविता)

Breaking News 1, साहित्य
-सुष्मा राई दशैंकाे इतिहास छ छुट्टै दर्शन छ बेग्लै महिमा छ आफ्नै रौनक छ । *** दशैंका थुप्रै कथा छन् अनगिन्ती व्यथा छन् भिन्ना भिन्नै कथन छन् प्रथक पृथक बिचार छन् आ-आफ्नै अनुभव र अनुभूति छन् । *** दशैं कसैलाई दशा रे कसैलाई अवसर रे कसैलाई व्यर्थको चाड रे कसैलाई जीवन जीउँने आधार रे । *** दशैं मेरो लागि थकाइ मार्ने चौतारी हो जमघट गर्ने अवसर पनि हो सम्बन्ध नवीकरणको माध्यम हो मिलन-सहिष्णुता प्रहसन गर्ने मञ्च हो सार्थक जीवन जीउँन उर्जा भर्ने थलो हो । *** (more…)...
लिम्चुङबुङ जिरोदेखि हिरो कसरी ?

लिम्चुङबुङ जिरोदेखि हिरो कसरी ?

Breaking News 1, बिचार
पूर्णपुष्टि, असोज २८ । लिम्चुङबुङ जिरोदेखि हिरोको अवस्थामा आइपुगेको सो पालिकाका अध्यक्ष मेजरकुमार राईको दावी छ । हिजो विकास, शिक्षा, स्वास्थ्य आदिको हिसावले अन्धकारमय रहेको पालिका आज उज्यालो बन्नुका साथै विकास पूर्वाधारको हिसावले अगाडी बढेको उनको भनाई छ । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा उल्लेखनीय सफलताको वयान गरेका छन् । सडक, विजुली, संचार, खानेपानी, इन्टरनेट र भौतिक पूर्वाधारहरु निर्माण भएको मात्र हैन एम्रेष्ट भ्यूटप, लिम्चुङबुङ–सोलु बैकल्पिक राजमार्ग, सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाले सम्भावनै सम्भावना जन्माएको बखान गरेका छन् । पूर्णपुष्टि संवादमा अध्यक्ष राईले लिम्चुङबुङको बहुआयामीक थुप्रै सफलताहरुको स–विस्तार राखेका छन् ।  -संवादको पूराअंश हेर्न  भिडियोको लिंकमा जानुहोला । https://youtu.be/UV9-8PzsXII...
मासु कम दिएको भन्दै बाबुले खुर्पा हानेर छोराको हत्या गरे

मासु कम दिएको भन्दै बाबुले खुर्पा हानेर छोराको हत्या गरे

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ मासुको विषयलाई लिएर विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीया नीमबहादुर कवरले खुर्पा प्रहार गरेर ३३ वर्षीय छोरा रुपलाल कवरको हत्या गरेका हुन् । मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाबुको खुर्पा प्रहारबाट रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालसँग झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा गएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नीमबहादुरले गल्ती स्वीकारी सकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
झापामा एक मासु व्यापारीको हत्या

झापामा एक मासु व्यापारीको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ झापाको बिर्तामोडमा एक जना मासु व्यापारीको हत्या भएको छ । बिर्तामोड–५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गएराति हत्या भएको हो । मगरको मासु पसल भित्र हत्या भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो । आचार्यका अनुसार मगरको गर्धनमा धारिलो हतियारको चोट रहेको बताउनुभयो । प्रहरीका अनुसार उनको शरिरका अन्य भागमा पनि चोट रहेको छ । घटनाबारे जानकारी पाउनसाथ राति १० बजेनै प्रहरी घटना स्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
पिङ हाल्ने क्रममा लडेर एकको ज्यान गयो

पिङ हाल्ने क्रममा लडेर एकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ दशैंको रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–६ मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको अकालमै ज्यान गएको हो । पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिएता पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २७ महोत्तरीमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजय कुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङको ज्यान गएको हो । महतोको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा र तामाङको रामजानकी अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको प्रहरीले बताएको छ । विपरीत दिशाबाट जाँदै गरेका प्रदेश २–०१–००२ प ०५९७ र ज १२ प २९ ६१ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका एक जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
दशैंको मुखमा उदयपुरमा अटो दुर्घटनाः दुई जना घाईते

दशैंको मुखमा उदयपुरमा अटो दुर्घटनाः दुई जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ उदयपुरमा दशैंको मुखमा फुलपातिको दिन मंगलबार अटो दुर्घटना भएको छ । रौतापोखरीबाट फर्कदै गरेको प्र १–०५००१ ह ०१२० नम्बरको अटो आफै अनियन्त्रीत हुँदा दुर्घटना भएको हो । दिउँसो ३ बजेको समयमा जिल्लाको त्रियुगा नगरपालिकाअन्तर्गत रौता–गाईघाट सडक खण्डको हुँबास र रानीबाँस बीचको टर्निङमा अटो पल्टीदा दुई जना घाईते भएका छन् । घाईतेमध्ये एक जनाको टाउँको र अर्कोलाई दाँया हातमा चोट लागेको प्रहरी चौकी साउने खाँबुका इन्चार्ज नरबहादुर खत्रीले जानकारी दिनुभयो । हुँबासदेखि केही किलोमिटर तल १५ नम्बर टर्निङमा अटो सडकदेखि अनियन्त्रीत भई तीन कान्ला मुनी खसेको चौकी इन्चार्ज खत्रीले बताउनुभयो । घटना भएको आधा घण्टापछि मात्र खबर आएकाले प्रहरी जाँदा जाँदै घटनास्थलबाट स्थानीयले तत्काल अस्पताल पठाइसकेकाले घाइतेहरुको पहिचान नखुलेको बताइएको छ । स्रोतका अनुसार उनीहरुलाई बोलेरोमा राखेर जिल्ला अस्पत...