Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

आगोले जलेर महिलाको मृत्यु

आगोले जलेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३ धनकुटाको पाख्रिवास नगरपालिका–९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । हिजो बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

Breaking News 1, समाचार
काठमाडौँ, फागुन ३ सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई रु ७० करोड ५९ लाख छ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि...
निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने महामन्त्री थापाको भनाई

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने महामन्त्री थापाको भनाई

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो । “कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भन्नुभयो । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।” नेता थापाले टोल समितिले पार्टी बलियो हुन...
लिम्चुङबुङकाे विदाईमा प्रमुख प्रशासकीय अधिकृत लिम्बुकाे गलामा खादा, माला अटेन

लिम्चुङबुङकाे विदाईमा प्रमुख प्रशासकीय अधिकृत लिम्बुकाे गलामा खादा, माला अटेन

Breaking News 1, समाचार
  [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] पूर्णपुष्टि, फागुन २ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुकाे विदाई विशेष बनेकाे छ । पालिकाले आज आयाेजना गरेकाे प्रशासकीय अधिकृत लिम्बुकाे विदाई विशेष बनेकाे हाे । पालिकाकाे २ वर्ष एक महिना बसाईमा पालिकाबासी र जनप्रतिनिधिहरु सबैकाे मन जित्न सफल उनलाई पालिकाबासी सर्वसाधारणदेखि जनप्रतिनिधि, राजनितिक दल र कर्मचारीहरुले विशेषरुपले विदाई गरे । एक प्रशासककाेे हैसियतमा असल आचरण र काम, कर्तब्य पालनाका साथै पूर्ण जिम्मदारी, जवाफदेही बन्न सफल भएकाले लिम्बुले सबैकाे मन जितेका थिए । जनताकाे काममा ढिलास...
हलेसिमा ट्याक्टर दुर्घटना : एकको मृत्यु एक घाईते, घाईतेलाई उपचारको लागि हेली बाट काठमाण्डौँ लगियो

हलेसिमा ट्याक्टर दुर्घटना : एकको मृत्यु एक घाईते, घाईतेलाई उपचारको लागि हेली बाट काठमाण्डौँ लगियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १ खोटाङमा आज ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ गोर्दाखामा सोमवार भएको ट्याक्टर दुर्घटनामा परी सोहि नगरपालिका १० न वडा अर्खौले नौलापुरका १४ बर्षिय बालक सिटामोल भन्ने शेखर मगरको घटना स्थलमै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । यता ट्याक्टरमा सवार ७ नं वडा ऐसालुखर्कका ३२ बर्षिय नगेन्द्र राई भने घम्भीर घाईते भएका छन् । हलेसी बाट सुकोसी तर्फ बालुवा लिन गईरहेको अवस्थामा स १ त ७७३३ नं को ट्याक्टर दुर्घटना भएको थियो । घाईते राईको स्वास्थ्य अवस्था गम्भिर भएपछि हलेसीमा सामान्य उपचार पश्चात थप उपचारको लागि हेली बाट काठमाण्डौँ लगिएको छ । दुर्घटनामा मृत्यु भएका बालक मगरको पोष्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेलमा सव राखिएको छ ।...
आगोमा जलेर एक वृद्धको ज्यान गयो

आगोमा जलेर एक वृद्धको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ । सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका–८ शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो । आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाकाले जनाएको छ ।...
महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

Breaking News 3, समाचार
काठमाडौं, फागुन २ । कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवासायमा जोड्न तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालिएको हो । स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरिदिने र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जोकोहीले पनि तमानखोलाभित्र रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले नै तिर्ने भएको छ । दशौँ गाउँसभाबाट पारित भएको कार्यविधिले ऋणको ब्याज तिर्ने गरी युवा तथा महिलाले गर्ने व्यवसायमा लगानी गर्न सरोकारवालालाई आग्रहसमेत गरिएकोे छ । लगानीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका ला...
जिल्ला प्रशासन कार्यालयमामा कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालयमामा कर्मचारी अभाव

Breaking News 3, समाचार
काठमाडौं, फागुन २ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा ९नासु ०, पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । प्रजिअ गौतमले भन्नुभयो, “कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।” नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये आठ नायब सुब्बा अहिले काम गरे पनि लामो समयदेखि नायब सुब्बाका दुई दरबन्दी रिक्त नै रहेका छन् । ...
बोक्सेका दुबै मृगौला फेल भएका मगरलाई आर्थिक सहयोग

बोक्सेका दुबै मृगौला फेल भएका मगरलाई आर्थिक सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ । दुबै मृगौला फेल भएका उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका कृष्णबहादुर मगरलाई त्रियुगा मावि एसएलसि २०५१ ब्याजी ग्रुपले सोमबार आर्थिक सहयोग गरेको छ । ग्रुपले आर्थिक अबस्था अतिनाजुक रहेको बिरामी मगरलाई १० हजार ५१ रुपैयाँ नगद सहयोग प्रदान गरेको हो । ग्रुपको प्रतिनिधित्व गर्दै किसन राई, सागर नेपाल र राजकुमार शर्माले विरामी मगरका आफन्त रमेश भुजेललाई सहयोग रकम हस्तान्तरण गरे । मगरको दुबै मृगौला काम नलाग्ने भएपछि फेर्नु पर्ने भएको छ । उनलाई श्रीमतिले नै मृगौला दिने तयारी भएपछि त्यसको लागि मिल्ने नमिल्ने कुरा परिक्षण गर्न लागिएको जनाएको छ । उनको हाल काठमाडौमा उपचार चलिरहेको छ ।...
फनबोर्ड र पेसोकद्वारा बेलका नपालाई खानेपानी आयोजना हस्तान्तरण

फनबोर्ड र पेसोकद्वारा बेलका नपालाई खानेपानी आयोजना हस्तान्तरण

Breaking News 1, समाचार
गाईघाट, फागुन २ । खोपानीको जटिल समस्या झेल्दै आएका उदयपुरको बेलका नगरपालिका–४ का विभिन्न आठ ओटा बस्तिका दुई सय ७४ परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था भएको आयोजना बेलका नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) सँगको साझेदारीमा शान्ति समाज केन्द्र नेपाल (पेसोक) उदयपुरले एक हजार चार सय जनसंख्यालाई पुग्ने गरी स्थानीय कोक्सिला–कटारी खानेपानी आयोजना सम्पन्न गरी शनिबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो । आयोजनाको पुर्ण जिम्मेवारी समित्व ग्रहण गर्ने गरी मेयर दुर्गा थापालाई पेसोककी अध्यक्ष सिर्जना दनुवारले प्रमाण पत्र हस्तान्तरण गरिन । दूई दशकअघि युनिसेफ नेपालको सहयोगमा सञ्चालनमा आएको त्यहाँको खानेपानी आयोजना पुरानो भई जीर्ण भएपछि पानीको चरम अभाव खेपेर जिवन बिताईरहेका त्यस क्षेत्रका दुई सय ७४ घर परिवारलाई लक्षित गरी खानेपानीको योजना पुनः सञ्चालन ग...