Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि

अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २९ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ूकुनै पनि समयू आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ। मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ूराष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिएको,ू एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ(मेल गरेको विज्ञप्तिमा उल्लेख छ। सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ। ूएयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्य...
दलित सुकुम्बासीलाई लालपुर्जा

दलित सुकुम्बासीलाई लालपुर्जा

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २९ गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो । मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो । उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताउनुभयो । सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बिताउनुभयो । घर चुहिने थियो । उहाँ पिउने पानी ...
किशोरावस्थामै आमा

किशोरावस्थामै आमा

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २९ पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माउनुभयो । उहाँ १६ वर्षमै आमा बन्नुभयो । सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको हुनुभयो । “सानै उमेरमा बिवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पिडित हुनुपरेको छ,” दृष्टिबिहिन सुस्मिताले भन्नुभयो “अहिले श्रीमानले पनि छोडेर जानुभयो । सडकमा गीत गाएर छोराछोरी पाल्नुपरेको छ ।” यस्तै रघुगङगा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया मनिषा विश्वकर्माले पनि चार सन्तान जन्माइसक्नुभएको छ । छोरा जन्माउने आशमा परिवार नियोजनका साधन प्रयोग नगरेको उहाँ बताउनुहुन्छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी विक बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा समस्या भए पनि छोरालाई मान्यता दिने गलत सामाजिक मान्यताका कारण धेरै बच्चा जन्माएको बताउनुहुन्छ ...
देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौं, माघ २९ इलामको देउमाई नगरपालिकाको मङगलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्येश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ । युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय १६ युवाको सक्रियतामा दुई महिना अघि मात्र क्लब स्थापना भएको हो । भानुभक्त माविको छात्राबास खेल मैदानमा सो प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ...
घरविहीनले पाए घर

घरविहीनले पाए घर

Breaking News 3, समाचार
काडमाण्डौं, माघ २९ जैमिनी नगरपालिका–८ छिस्तीका कृष्णबहादुर परियारको पाँच वर्षअघि घर भत्केको थियो । लामो समयसम्म घर बनाउन नसकेपछि उहाँ छिमेकीको घरमा बस्नुभयो । पत्नीको निधन भएपछि उहाँ तीन छोरा हुर्काउन मजदुरी गर्न बाध्य हुनुभयो । त्यसैले परियारले घर बनाउने न समय पाउनुभयो, न आर्थिक व्यवस्थापन नै गर्न सक्नुभयो । परियारको लामो समयदेखिको दुःखमा नगरपालिका साथी बनेको छ । जैमिनी नगरपालिकाले उहाँको घर बनाइदिएको छ । उहाँ मात्र हैन जैमिनीले घरविहीनको घर, सुकुम्बासीलाई जग्गा दिने अभियान चलायो । सुकुम्बासी पहिचान हुनका लागि भने तीन पुस्तादेखि जग्गा जमिन नभएको प्रावधान राखिएको छ । साथै, उनीहरुको घरजग्गा केही नभएको भन्ने वडाले सिफारिससमेत गरिदिनुपर्छ । यो अभियानमा नगरपालिकाले १०५ घरविहीन भेट्टाएको थियो । उनीहरुमध्ये अधिकांश घर बनाउने क्रममा रहेको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । “नगरपालिका...
मनषा थाइफुड्स उद्योगमा आगलागी

मनषा थाइफुड्स उद्योगमा आगलागी

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २९ झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताउनुभयो । ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् । विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिनुभयो । बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । (रासस)...
दलितहरुको हक अधिकार समधानका लागि, राष्ट्रिय दलित अयोग : केन्द्रीय सदस्य पुर्कुटी

दलितहरुको हक अधिकार समधानका लागि, राष्ट्रिय दलित अयोग : केन्द्रीय सदस्य पुर्कुटी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको जनाएको छ । समाजमा दलित प्रति हुने अनेकौँ बिभेत र असाहयहरु प्रति सजक रहँदै यस्ता समस्या समधान गर्न नै यस आयोग गठन भएको पुर्कुटीले जनाए । दलितहरु नेपाली समाजकै व्यक्ति, परिवार, समुदाय हुँदै राष्ट्र सम्म बाटनै बिभेद् खेपिरहेको हुँदा दलित समुदाय अत्यादिक समाजमा समस्याको सिकार भैरहेको पुर्कुटीले जनाए । यसै समस्याको समधान र उनिहरुको हक अधिकार, नितिगत कार्यविधिलाई समानन्तर गर्ने प्रयत्ननै आयोगको मुख्य काम रहेको उनिले जनाए । पुर्कुटीले आयोग गठन भएको एक बर्ष कार्यकाल पुरा भैरहँदा दलितहरुको थुप्रै समस्या समधानका कुराहरुलाई एजेन्डाको रुपमा समावेश गरिएको जनाएको छ । शनिवार गाईघाटमा पत्रकारहरु सँग भेटघाट गर्दै आफ्नो कार्यकाल १ बर्ष पुरा भईरहँदा ...
तीनपाङ्ग्रे सवारीको लाइसेन्स उदयपुरमै पाउदा चालकहरु खुसी

तीनपाङ्ग्रे सवारीको लाइसेन्स उदयपुरमै पाउदा चालकहरु खुसी

Breaking News 1, आर्थिक, समाचार
https://youtu.be/PTo804DQFH0 पूर्णपुष्टि, माघ २८ । यातायात व्यवस्था सेवा कार्यालय, गाईघाटबाट उदयपुरमै धमाधम सवारी अनुमती पत्र (लाइसेन्स) बन्न थालेपछि सबैभन्दा बढि खुसी तीनपाङ्ग्रे सवारी चालकहरु देखिएका छन् । विना लाइसेन्स टेम्पो, अटो रिक्सा चलाउन दुःख पाएका उनीहरु आप्mनै ठाउँमा लाइसेन्स पाउदा खुसी मात्र छैनन् ढुक्क पनि भएका छन् । जिविकोपार्जनका लागि विना लाइसेन्स नै तीनपाङ्ग्रे सवारी चलाउदै आएकाहरुले धमाधम लाइसेन्स लिन थालेको सिटि सवारी यातायात सञ्चालक समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताए । यहाँबाट लाइसेन्स पाउने ब्यवस्था नहुँदा सुनसरीको इटहरी, सिरहाको लहान जानुपर्ने बाध्यता थियो । ती ठाउँहरुमा धाउन सजिलो थिएन । पटक पटक धाउनु पर्ने हुँदा समय र पैसाको ठूलो खर्च हुने गरेको थियो । यातायात ब्यवस्था सेवा कार्यालय उदयपुरका सुचना प्रविधि अधिकृत सुवास अधिकारीका अनुसार हालसम्म ६० जनाले तीनप...
भालुको पित्तसहित एक पक्राउ   

भालुको पित्तसहित एक पक्राउ   

Breaking News 1, समाचार
काठमाडौँ, माघ, २८   प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका–८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले टोखा नगरपालिका–९ आनन्द टोलबाट क्षेत्रीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले भालुको आखेटोपहार अवैध रुपमा ओसारपसार गरेर बेचबिखन गर्न लागेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका क्षेत्रीको साथबाट २४० ग्राम पित्त बरामद गरिएको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारको जिम्मा लगाइएको महतोले बताउनुभयो । (रासस) :...
उदयपुरमा थपियो ५१ हजार भन्दा बढी मतदाता

उदयपुरमा थपियो ५१ हजार भन्दा बढी मतदाता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २८ जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार जिल्लामा ५१ हजार ६ सय ७९ जना नयाँ मतदाता थपिएको छ । जिल्लामा रहेको आठ वटै स्थानिय तहको मतदाता नामावली संकलन गर्दै कार्यालयले जिल्लामा ५१ हजार बढी नयाँ मतदाता थपिएको जनाएको छ । आउदो वैशाख ३० गतेको स्थानीय निर्वाचनमा सहभागी हुने उद्देश्यले मतदाता थपिएको हो । आउदो निर्वाचनका लागि यी मतदाताहरुले आफुलाई मनपरेको पार्टी र व्यक्तिलाई भोट हाल्न पाउने छ । जिल्लामा पुरुष मतदाताको संख्या १ लाख १५ हजार नौ सय ५१ जना र महिला मतदाताको संख्या १ लाख ६ हजार दुई सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता रहेको निवार्चन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो । २०७४ सालको निर्वाचनमा १ लाख ७५ हजार ४ सय ९१ जना मतदाता रहेको थियो । निर्वाचन कार्यालयका अनुसार त्रियुगा नगरपालिका सबैभन्दा बढी मतदाता थपिएको छ । त्रियुगा नगरपालिकामा १३ हजा...