Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २९ । नेकपा (माओवादि केन्द्र), त्रियुगा नगर कमिटिले आईतबार २७ ओैं  जनयुद्ध दिवस गाईघाटमा मनाउने भएकाे छ । नगर कमिटि पदाधिकारिकाे आज बसेकाे बैंठकले दिउसाे ४:०० बजे भब्यरुपले दिवस मनाउने निर्णय गरेकाे नगर अध्यक्ष गिता खड्का (कार्की)ले बताईन् । अध्यक्ष कार्कीका अनुसार गाईघाटकाे पिपलचाैकमा दिप प्रज्वलन तथा काेण सभा गरि दिवस मनाईने छ  ।  दिवसकाे अबसरमा २०५२ साल फागुन १ गते सुरु भएकाे नेपालकाे जनयुद्ध र त्यसले ल्याएकाे आमूल परिवर्तनकाे सम्झना र समीक्षा गरिनुका साथै सहिदहरुकाे सम्झना, अपाङ्ग र सहिद परिवारहरुकाे सम्मान गरिने जनाईएकाे छ ।...
मेयर चौधरीसंग मुसहर समुदायको खुल्ला अन्तरक्रिया

मेयर चौधरीसंग मुसहर समुदायको खुल्ला अन्तरक्रिया

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), माघ २९ गते । उदयपुरको त्रियुगा नगरपालिकाका मुसहर समुदायले जिविकोपार्जनका बारेमा मेयर बलदेव चौधरीसंग खुलेर अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा उनीहरुले ब्यवसायिक सीप र ज्ञानको माग राखेका छन् । मुसहर समुदायको पेशा परिवर्तन गरी शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले मेयर चौधरीसंग खुलेर अन्तरक्रियासंगै सीपमुलक तालिम र जनचेतनामुलक कार्यक्रमको मा राखे । मेयरका स्वकीय सचिवसमेत रहेका अगुवा युवा विजली सदाका अनुसार मुसहर समुदायका अगुवाहरुले मेयर बलदेव चौधरीसंग अगरबत्ती बनाउने, सिलाईकटाई, दालमोठ भुजिया बनाउने, तरकारी तथा पशुपालन आदि सम्बन्धी तालिमको माग राखे । उनीहरुले आयआर्जन मुलक सीपका साथै शिक्षा, स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग राखेको सदाले बताए । उनीहरु ज्याला, मजदुरी र बनिबुतोको भ...
उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकमहिने खेलकुद महोत्सव

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकमहिने खेलकुद महोत्सव

Breaking News 1, खेलकुद, समाचार
काठमाण्डौं, माघ २९ कोभिड सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेपछि उदयपुरको चौदण्डीगढी नगरपालिकाले फागुन १ गतेदेखि महिनाभरि खेलकुद महोत्सव सञ्चालन गर्ने तयारी गरेको छ । चौदण्डीगढी नगरपालिकाका अनुसार फागुन १ गतेदेखि फागुनको अन्तिम हप्तासम्म नगरका विभिन्न स्थानमा झण्डै दुई दर्जन खेलकुदका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो । स्थानीय तहमा आन्तरिक पर्यटन विकाससँगै खेलकुद विकास प्रवद्र्धनका लागि फागुन अन्तिमसम्म महिनाभरि नै खेलकुद कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख राईले बताउनुभयो । फागुन १ देखि ४ गतेसम्म नगरको ऐतिहासिक चौदण्डीगढी क्षेत्रबाट दैनिक प्याराग्लाइडिङ उडान गर्ने र बेल्टार क्षेत्रमा भलिबल खेल सञ्चालन गर्ने उपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो । यस्तै फागुनको ७ देखि १० सम्म नगरको सुन्दपुर सिवाई खेलमैदानमा नगरमेयर फुटबल कप खेल सञ्चालन ह...
मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २९ मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् । विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरेलगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ । (रासस)...
१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

Breaking News 2, समाचार
काठमाण्डौँ, माघ २९ नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गर्नुभएको हो । दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ । त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसङ्घीय मञ्चहरूमा साझा हितका विभिन्न व...
नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

Breaking News 2, समाचार
काठमाडौँ, माघ २९ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ । निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो । (रासस)...
हँसिया प्रहार गरी श्रीमतीको हत्या

हँसिया प्रहार गरी श्रीमतीको हत्या

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २९ पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् । शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ । यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए । शुक्रबार बिहान पनि स्व...
जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौं, माघ २९ इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उहाँको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उहाँको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उहाँको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँका पाँच छोरा र दुई छोरी छन् । उहाँ बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उहाँसँग धेरैले आशिष थाप्न र भेट्न जाने गर्नुभएको थियो । (रासस)...
गाँजा सहित युवक पक्राउ

गाँजा सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २९ मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का २४ बर्षीय दिपक दर्नाललाई १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । हिजो बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका –१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।...
साईकल यात्रीको मृत्यु

साईकल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २९ मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् । हिजो बेलुका पौने ७ बजे रिसिदेव घाईते अवस्थामा रहेको जानकारी पाए लगत्तै सिमा प्रहरी चौकी पोखरियाबाट खटिएको प्रहरीको टोलीले घाईतेलाई उद्दार गरि उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । घाईते रिसिदेवको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।                   (रासस)...