Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, बैशाख ११ आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् । उद्योग पूर्णरुपमा सञ्चालन गर्न नपाउँदा समस्यामा परेको व्यवसायी बताउँछन् । नेपालमा ७२ उद्योग सञ्चालनमा रहेका छन् । बत्तीस नयाँ उद्योग स्थापनाका क्रममा छन् । नेपाल औषधि उत्पादक सङ्घका पूर्वध्यक्ष दिपक दाहाल नेपाललाई आवश्यकपर्ने ७५ प्रतिशत औषधि अहिलेकै अवस्थामा उत्पादन गर्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले नेपालमा उत्पादन हुने औषधि आयात रोकेमा मुद्रा विदेशिनबाट रोकिन्छ ।” नेपाली बजारमा भारतीय औषधिको हिस्सा ५० प्रतिशत छ । पैतालीस प्रतिशत स्वदेशी छ भने पाँच प्रतिशत तेस्रो मुलुकको छ । दाहालले भन्नुभयो, “सरकारले सित्तैमा बाढ्ने ९६ प्रतिशत औषधि हामी यहीँ उत्पादन गर्न सक्छौँ ।” ...
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि….

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि….

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ११ नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार नेपाली नागरिक रोजगारीको खोजीमा विदेश उड्छन् । कृषि प्रधान मुलुकका रुपमा देश चित्रित छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले जनाएको छ । विप्रेषणको पैसामा उपभोग्य सामग्री खरिद गरेर जताबाट आयो उतै पठाउने नेपालीको आम प्रवृत्ति पछिल्लो पटक भन्सार विभागले चालू आवको चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणबाट स्पष्ट भएको छ । सो विवरणानुसार नेपालमा अत्यधिकमात्रामा खाद्य पदार्थ आयात भइरहेको देखाएको छ । धान, मकै, कोदो जस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रु ५९ अर्ब २९ ...
तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाडौं, वैशाख ११ गते । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ । इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको थियो । त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ ।उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात आगलागी भएको र लगत्तै विस्फोट भएको थियो । त्यसमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्र...
दोर्दी करिडोरको बिजुली उपयोगको प्रयास

दोर्दी करिडोरको बिजुली उपयोगको प्रयास

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख ११ नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको बिजुलीलाई शीघ्र राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रयास सुरु गरेको छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसकिएको भन्ने गुनासो सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचनाप्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, ...
४५ वर्ष काङ्ग्रेसको राजनीति : अन्तत स्वतन्त्र उम्मेदवार

४५ वर्ष काङ्ग्रेसको राजनीति : अन्तत स्वतन्त्र उम्मेदवार

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ११ गते । नेपाली काङ्गेमा ४५ वर्ष सम्म राजनीति गरेका उद्धव ब. राउतले स्वास्तन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा उनलाई पार्टीले टिकट नदिएपछि आज निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । वडा अध्यक्षका लागि वडाबाट उनको नाम सिफारीस भएको थियो । पार्टीले उनलाई टिकट नदिएर कृष्ण बुढाथोकीलाई वडाध्यक्षको उमेदवार बनाउने सुइको पाएसँगै उमेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गर्ने क्रममा उनले भने “पार्टीको लागि जिवन त्यागे तर अहिले पार्टीले धोका दिएकोले स्वतन्त्र उम्मेदवारी दिएको हु ।” उनले वडामा लामो समय खटेकाले चुनाव जित्ने विश्वास व्यक्त गरे ।...
चौदण्डीगढी मेयरमा लागि एमालेबाट कालु लामा र उपमेयरमा मनिका देवी दलुलालाको उम्मेदवारी

चौदण्डीगढी मेयरमा लागि एमालेबाट कालु लामा र उपमेयरमा मनिका देवी दलुलालाको उम्मेदवारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ११ चौदण्डीगढी नगरापालिकामा एमालेले कालु लामालाई मेयर पदको उम्मेदवारी बनाएका छन् भने उपमेयरका लागि मनिका देवी दुलाललाई उम्मेदवार बनाएका छन् । उनिहरु चौदण्डीगढी नगरपालिकामा एमाले बाट उम्मेदवार बनेको हो । उदयपुरमा एमालेले सबै पालिकाहरुमा आफ्नो तर्फ बाट उम्मेदवार टुंगो लगाईसको अवस्था छ । आठ ओटा पालिकाहरु रहेको उदयपुरमा लामा र दुलाल दुवै नयाँ अनुहार हो । लामा नेकपा एमाले उदयपुरका सचिव समेत हुन् ।...
त्रियुगाको मेयरमा चित्र कुमार कार्कीले गराए उम्मेदवारी दर्ता, एकै भोट आए पनि पछि नहट्ने दावी

त्रियुगाको मेयरमा चित्र कुमार कार्कीले गराए उम्मेदवारी दर्ता, एकै भोट आए पनि पछि नहट्ने दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ युवाहरुको हकहित र समृद्धीका लागि मेरो नेतृत्व भन्दै त्रियुगा नगरपालिकाको स्वतन्त्र उम्मेदवारमा लागि परेका चित्र कार्कीले जिल्ला निर्वाचन आयोग उदयपुरमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । आईतबार १ नंं मै आफ्नो उम्मेदवारी दर्ता गराएको कार्कीले जनाए । उनले आफु १६ ओटै वडाहरुमा जनताहरुको घरघरमा गएर आफ्नो चुनावी अभियान सम्पन्न गरे सँगै उम्मेदवारी समेत दर्ता गरेको जनाएको छ । निर्वाचन आयोगले दर्ता नोमिनेसन लाई अगडी बढाएको र अब चुनाव चिन्ह दिन भने बाँकी रहेको कार्कीले बताए । उनले चुनावमा एकै भोट आएपनि पछि नहट्ने बताएको छ । आफ्नो उम्मेदवारी बिषेश गरी युवाहरुको हकहित र हौसालाको लागि रहेकार्ले युवाहरुले अत्यादिक सहयोग गर्ने समेत कार्कीले आश्वासन व्यक्त गरे । उनले आफ्नो उम्मेदवारीका कारण युवा पुस्ता र आम जनताको हकहित साथै समाज रुपान्तरण र समृद्ध नगरका लागि रहेको जनाएको...
कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ११ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ । यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ । रासस...
देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, वैशाख ११ गते । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनय दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाएइको आयोगको प्रष्...
विराटनगरमा उम्मेदवारी दर्ता सुरु

विराटनगरमा उम्मेदवारी दर्ता सुरु

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, वैशाख ११ गते । विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्रबाट सो वडाका अध्यक्षमा विजयी हुनुभएको थियो । यसैगरी विराटनगर महानगरपालिका–१० को सदस्य पदका लागि स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको कार्यालयले जनाएको छ । यसैगरी विभिन्न वडामा उम्मेदवारी मनोनयन गराउने क्रम जारी छ । उम्मेदवारी दर्ताका लागि धरौटीबापत महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका लागि रु एक हजार ५००, वडाध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० कायम गरिएको छ । दलित र महिलाका लागि भने ५० प्रतिशत छुट ग...