Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

बेलकामा एमाले : मेयर दोहोर्याउने उपमेयर नयाँ

बेलकामा एमाले : मेयर दोहोर्याउने उपमेयर नयाँ

Breaking News 2, राजनीति, समाचार
पुर्णपुष्टि, वैशाख ११ गते । स्थानीय चुनाव ०७९ को लागि एमालेले बेलका नगरपालिकाको लागि उम्मेदवार तय गरेको छ । एमालेले गरेको निर्णय अनुसार मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा जिरा चाम्लिङ राई सिफारिस भएका छन । दुर्गा कुमार थापा ०७४ को चुनावमा पनि निर्वाचित भएका थिए । एमालेले अघिल्लो चुनावमा निर्वाचिर दुर्गाकुमार थापालाई मेयरमा पुनः टिकट दिएपनि उपमेयरमा निर्वाचित राजकुमारी चौधरीको सट्टा जिरा राइलाई टिकट दिएको छ । बेलकाका मेयर थापा विवादित छबिका मेयर हुन् भने उपमेयर चौधरी शान्त स्वभावकी उपमेयर हुन । मेयरमा दोहोर्याउने र उपमेयर लाई नदोहो¥याउने निर्णय प्रती बेलकामा टिप्पणी हुन थालेको छ । बेलकाको मेयर सफल भएछन तर उपमेयर असफल । अहिले बेलकाको चोक चोकमा यस्तो चर्चा हुने गरेको छ । अझ यो चर्चा एमालेका कार्यक्रताबिच बढी हुने गरेको छ ।...
स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

Breaking News 3, राजनीति, समाचार
–गोपालप्रसाद बराल स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनबारे अब स्पष्ट धारणा राख्नुपर्ने मत बलियो बन्दै गएको छ । “न भुताहा, न जोकाहा।।१ त्यत्रा भूल ९जरुवा पानीका मुहान० थिए, देख्दादेख्दै सबै हराए”, भङ्गाहा नगरपालिका–४ रामनगरका ७० वर्षीय रामप्रताप साहले विलाप गर्नुभयो । आफ्नो घर नजिकका जोकाहा र भुताहा खोल्सीका असङ्ख्य जरुवाका मुहान सुकेर खङ्कट ९रुखा० जग्गा बनेको देखाउँदै साह भन्नुहुन्छ, “ऊ त्यो जोकाहा झिल ९ताल० नजिक मात्रै १० भन्दा बढी ‘भूल’ थिए, देख्दादेख्दै ती सबै हराए, पछिल्ला १० वर्षयता त भूलका मुहान भएका ठाउँमा अब बा¥हैमास कमिलाका गुँड पो देखिन्छन् । आखिर यो केले गरायो यसको समाधान के हुन्छ भन्ने प्रश्न गर्दै साह यसको जवाफ आसन्न निर...
लोकतान्त्रिक थारु संघ उदयपुरका अध्यक्षद्धारा एमाले परित्याग

लोकतान्त्रिक थारु संघ उदयपुरका अध्यक्षद्धारा एमाले परित्याग

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ लोकतान्त्रिक थारु संघ उदयपुरका अध्यक्ष रमाकान्त चौधरीले एमाले परित्याग गरेको घोषण गरेका छन । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै एमालेमा नरहने घोषण गरेका हुन् । उनले फेसबुकमा लेखेका छन“आजको मितिबाट नेकपा एमाले परित्याग गरेको घोषण गर्दछु । एमाले परित्याग गरेका रमाकान्त चौधरी एमाले त्रियुगा नगरसमितीका सदस्य तथा त्रि.न.पा.६ का वडा ईन्चार्ज समेत हुन् । चौधरीको त्रि.न.पा.६ मा मतदातामा राम्रो पकड छ । उनि बिषेश गरी युवामाझ लोकप्रिय छन् । चौधरीले पार्टी परित्याग गरे सँगै त्रियुगा नगरमा एमालेलाई ठुलो धक्का लाग्ने देखिन्छ । रमाकान्त चौधरी हिजो भएको जिल्ला फुटवल संघ उदयपुरको अध्यक्षमा एकमतले पराजित भएका थिए । अफुलाई एमालेका नेता लागेर हराएको भन्दै उनले पार्टी परित्याग गरेको बुझिएको छ ।...
टिकटको बिषयले लिम्चुङबुङ एमालेमा व्यापक असन्तुष्टी, मलाई राजनितिक अपराध भयो : राई

टिकटको बिषयले लिम्चुङबुङ एमालेमा व्यापक असन्तुष्टी, मलाई राजनितिक अपराध भयो : राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ लिम्चुङबुङ गाउँपालिकामा टिकटको बिषयलाई लिएर एमाले पार्टी भित्रै विरोधको सिर्जना उत्पति भएको छ । नेकपा एमालेका पुराना नेता तथा कम्युनिष्ट आन्दोलनका नेताको रुपमा परिचित लिम्चुङबुङ गाउँपालिका पार्टी साल्लाहकार समेत रहेका यादव राईले पार्टी भित्र षड्यन्त्र भएको आरोप लगाए । उनले आफुलाई पार्टीले राजनितिक अपराध गरेको समेत आरोप लगाए । राईले आईतबार गाईघाटमा पत्रकार सम्मेलन गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । उनले पहिले बाट आफुलाई आश्वसानमा राखी पछि आएर थाहा नदिनै अन्यलाई टिकट बाँडेकोमा आफ्नो व्यापक असन्तुष्टी रहेको जनाए । यसरी पार्टीले अपराध गर्ने भए मलाई किन पहिल्यै बाट ललिपप खुवाएर राखे, उनले प्रश्न गरे । शिक्षा पेसामा समेत आवद्ध रहेको उनि हाल जागिर बाट बाहिरीएर राजनितिलाई साथ दिईरहेका छन् । उनले यो पटकको स्थानीय चुनावमा आफ्नो पनि आकांक्षा रहेको कुरा पहिल्यै बाट पार्टीमा ...
ताप्लीमा एमालेबाट अध्यक्षमा बाबुराम राई र उपाध्यक्षमा मान कुमारी थापा चुनावी मैदानमा उत्रने

ताप्लीमा एमालेबाट अध्यक्षमा बाबुराम राई र उपाध्यक्षमा मान कुमारी थापा चुनावी मैदानमा उत्रने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ नेकपा ऐमाले उदयपुरले ताप्ली गाउँपालिका अध्यक्षका लागि बाबुराम राई र उपाध्यक्षका लागि मान कुमारी थापालाई उम्मेदावारी बनाएका छन् । एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेका अनुसार ताप्लीमा राई र थापालाई स्थानीय चुनावको उम्मेदवारी बनाएको जनाए । राई र थापा एमाले बाट नयाँ अनुहारको रुपमा चुनावी मैदान प्रवेश गर्दैछन् । यो पटक एमालेबाट करिब ६ पालिकामा नयाँ अनुहारले चुनाव प्रतिस्पर्धा गर्दैछन् । ताप्ली, त्रियुगा, चौदण्डी, लिम्बचुङबुङ, रौतामाई र उदयपुरगढीमा एमाले बाट स्थानीय चुनावमा नयाँ अनुहार प्रवेश गरेको छ । ताप्लीमा अध्यक्षका उम्मेदवार राई पार्टीका जिल्ला सचिवालय सदस्य तथा ताप्ली गाउँपालिका इन्चार्ज समेत हुन् भने उपाध्यक्ष पदका उम्मेदवार थापा तत्कालनि पालिका अध्यक्षका उद्धव सिंह थापाकी श्रीमती हुन् ।...
त्रियुगा सहित एमाले उदयपुरले टुंग्यायो सबै पालिकामा उम्मेदवार, कुन पालिकामा को ?

त्रियुगा सहित एमाले उदयपुरले टुंग्यायो सबै पालिकामा उम्मेदवार, कुन पालिकामा को ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरमा नेकपा एमालेले सबै पालिकामा उम्मेदवारको नाम टुंगो लगाएको छ । जिल्लाको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका सहित सबै पालिकाहरुमा उम्मेदवारहरुको नाम टुंगो लगाएको नेकापा एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जनाकारी दिए । घिमिरेका अनुसार एमाले बाट त्रियुगामा मेयरका लागि भागत राउत र उपमेयरका लागि महेश्वरी राईको उम्मेदवार निश्चित भएको जनाएको छ । यस्तैगरी कटारीमा मेयरमा ज्ञानेन्द्र श्रेष्ठको नाम टुंगो लागेको छ भने उपमेयरमा गिता खड्काको नाम टुंगो लागेको छ । श्रेष्ठ पुरानै मेयर रहेपनि पून ः दोहोरीने मनसायले उनैको नाम टुंगो हो । गिता खड्का भने नयाँ नेतृको लागि उम्मेदवारी बनेकी हुन् । यस्तै चौदण्डीगढी नगरपालिकामा कालु लामा मेयर पदको उम्मेदवारी बनेका छन् भने मनिका दुलाल उपमेयर पदमा उम्मेदवारी बनेकी हुन् । लामा एमाले उदयपुरका सचिव समेत हुन् । यता बेल...
आदिवाशी जनजाति पत्रकार महासङ्घको सम्मान कार्यक्रम सम्पन्न

आदिवाशी जनजाति पत्रकार महासङ्घको सम्मान कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १० आदिवासी जनजाति पत्रकार महासङ्घ उदयपुरले गाइघाटमा कार्यक्रम सम्पन्न गरेको छ । गाइघाटको कन्चनजङ्घा होटलमा सम्पन्न कार्यक्रममा केन्द्रिय महाधिवेशनमा निर्बाचित केन्द्रिय सचिब बिश्वराज तामाङ्ग, केन्द्रिय समावेशी सचिब यमन दनुवार राई र केन्द्रिय सदस्य गजेन्द्र राई लाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी त्रीयुगा नगरपालिकाका निवर्तमान प्रमुख बलदेब चौधरी लगायत अतिथिले निर्बाचित पदाधिकारी लाई फेटा गुथेर, खादा लगायर सम्मान गर्नु भएको थियो । प्रमुख अतिथि बलदेब चौधरीले नेपालमा अझै समाबेशता बिरोधी कानुन अझै रहेकाले समानताका लागि आन्दोलनमा जुट्न अनुरोध गर्नु भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार कैशल चेम्जोङ, भोट राज राई, हरी राई , सुखिलाल चौधरी , नवीन राई लगायत अतिथिको रुपमा रहनुभएको थियो । सो कार्यक्रममा आदिवासी जनजाति उम्मेदवारलाई जिताउनु पर्नेमा सहभागीहरुले जो...
त्रियुगामा प्रमुख का लागि पुन उठ्ने बलदेब चौधरी को घोषणा

त्रियुगामा प्रमुख का लागि पुन उठ्ने बलदेब चौधरी को घोषणा

Breaking News 1, राजनीति, समाचार
पूर्णपसष्टि, बैशाख १० त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी पुन मेयरमा उठ्ने भएको छ । आज बैशाख १० गते आदिवासी जनजाति पत्रकार महसङ्घ उदयपुरले आयोजना गरेको कार्यक्रममा उमेदवारी घोषणा गरेको हो । मेयर बलदेब चौधरीले पुन मेयरमा उमेदवारी दिने भन्दै आजै राजिनामा दिईसकेको छ । एकिकृत समाजबादी त्रियुगा नगर समितिले बल्देब चौधरीको नाम जिल्ला समितिमा मेयरका लागि सिफारिस गरिसकेको हो । सोकार्यक्रममा बोल्दै बलदेब चौधरीले आफू एक्लै चुनावमा लड्न तयार रहेको बताए । मेयर बलदेब चौधरी यस अघि एमालेबाट निर्वाचित भएपनि एमाले अध्यक्ष के।पि शर्मा ओलिले संम्सद विघटन गरेसँगै सो कदम लाई प्रतिगमनभन्दैबिद्रोह गरी एकीकृत समाजबादीमा रहेको छ । उदयपुरका नगरपालिका मध्ये त्रियुगा नगरपालिका तुलनात्मक रुपमा सफल मानिन्छ ।...
एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १० बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ । कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका नर्जाखानी बासीको घर घरमा अहिले खानेपानीको पहुँच पुगेको छ । लामो समय स्थानीयवासीले खानेपानीको चरम अभाव भोग्दै आएको थियो । अहिले एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको धारा जडान गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ । गाउँमा पानीको अभाव हुँदा यहाँका स्थानीयवासीले एक गाग्री पानीका लागि घण्टौं समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता रहेको थियो । एक घर एक धारा निर्माणसँगै सो बाध्यता हटेर गएको छ । पालिकाकै सबैभन्दा दुर्गम गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि अहिले नर्जाबासीका लागि वरदान सावित भएको छ । नर्जाखानी गाउँकी मिन छन्त्याल अहिले घर घरमै धारो बनेको र बानी पनि प्रसस्तै आउँदा पहिलेको दुख बिर्सिएको बताउनुभयो । उहाँले पानीको अभावका का...
प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १० प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा छलफल भएको थियो । आजै परराष्टमन्त्री डा नारायण खड्कासँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक व...