Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

आकृतिभित्रको ‘बालनयन’

आकृतिभित्रको ‘बालनयन’

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १० एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ । चारकोलका माध्यामबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गर्नुभएको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरुपमा छोएको छ । हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरुकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गर्नुभएको छ । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उहाँले चारकोलका माध्यामबाट क्यान्भास रङ्ग्याउनुभयो । उक्त चित्र नवौँ वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलब...
भारतबाट नेपाल तर्फ आउँदै गरेको युवक लागुऔषध सहित पक्राउ

भारतबाट नेपाल तर्फ आउँदै गरेको युवक लागुऔषध सहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १० मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–२ का ३६ बर्षीय राजु महर्जन रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र नाईट्रोसन २० चक्की बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका महर्जनको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुँदा तीनको मृत्यु

ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुँदा तीनको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १० सप्तरीको राजगढ गाउँपालिका–५ हुलाकी सडकखण्डअन्तर्गत मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिनुभयो । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए । (रासस)...
आगलागीबाट चार बालबालिकाको मृत्यु

आगलागीबाट चार बालबालिकाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १० तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो । “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो । आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन...
रौतामाईको टिकटका लागि माओवादी केन्द्रमा तीन जनाको सशक्त दावी

रौतामाईको टिकटका लागि माओवादी केन्द्रमा तीन जनाको सशक्त दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १० । उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट तीनजनाको पालिका अध्यक्षको सशक्त उम्मेदवारी दावी देखिएको छ । चार गाउँपालिका र चार नगरपालिका रहेको उदयपुरमा गठबन्धनले रौतामाई गाउँपालिका माओवादी केन्द्रको नेतृत्वमा बाँडफाँट गर्ने देखिएपछि त्यसभित्रमा टिकटको दावेदारी बढेको हो । अहिलेससम्म गठबन्धनले निर्णय सार्बजनिक गरिनसकेको भएपनि पार्टीभित्रको तयारी र टिकट दावेदारी जोडले बढेको देखिन्छ । सो पालिकामा पार्टीका नेताहरु एविराज राई, विरेन्द्र मगर र इश्वर राना मगरको कडा दावेदारी देखिएको हो । गाउँ पार्टीले यी तीन नेतासहति पाँचजनाको नाम अध्यक्ष उम्मेदवारीको लागि सिफारिस गरेको छ । अन्य दुईजनामा लिलाबहादुर परियार र जीवन बुर्जा मगर हुन् । सशक्त दावीमा उत्रिएका तीनै जनाले आ–आफ्ना तर्क र जित्ने आधारका साथ दावी बढाएका छन् । पार्टीको १ नं. प्रदेश सचिवालय सदस्य एवम् वाईसिए...
त्रियुगा सहित उदयपुरका ४ पालिका प्रमुखले बुझाए राजीनामा, ३ पालिका प्रमुखले बुझाउने तयारी

त्रियुगा सहित उदयपुरका ४ पालिका प्रमुखले बुझाए राजीनामा, ३ पालिका प्रमुखले बुझाउने तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १० उदयपुरमा रहेको ८ ओटा पालिका मध्ये ४ ओटा पालिकाले राजीनामा बुझाई सकेको छ । पून ः दोहोरीने बिचारमा रहेको पालिका प्रमुखहरुले राजीनामा धमाधम बुझाउन थालेको हो । राजीनामा बुझाउनेहरुमा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, बेलका नगर प्रमुख दुर्गा कुमार थापा, उदयपुरगढी उगाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर र लिम्चुङबुङ गाउँपालिकाकाका अध्यक्ष मेजर कुमार राई रहेको छ । उनिहरु मध्ये कसैले केहि दिन अघिनै राजीनामा बुझाई सकेको छ भने केहिले हिजो मात्र बुझाएको छ । जम्मा ८ स्थानीय तहहरु मध्ये ७ ओटा पालिका प्रमुखहरुले राजीनामा दिने मनसाय गरेको पाईएको छ । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले भने नबुझाउने मनसाय गरेको पाईएको छ । फेरी आफ्नो उम्मेदवारी थाहा नभएको भन्दै राजीनामा नबुझाउन जस्तो अवस्था रहेको खड्काले जनाए । उनले उम्मेदवारी टुंगो नलागेको र फेरी द...
उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ९ पुन जनप्रतिनिधिमा निर्वाचित हुने आशमा त्रियुगा नगरपालिकाका जनप्रतिनिधीले राजिनामा दिन थालेका छन् । आज बैशाख ०९ गते सम्म ३१ जना प्रतिनिधीले राजिनामा दिईसकेका छन् । वडा नं.२ का वडाध्यक्ष भमान सिंह बस्नेत , ५ का केदार थापा (उदव), १३ की पशुपति चौधरी लगाएत बडा अध्यक्षले राजिनामा दिएका छन् । यस्तै वडा सदस्यहरु जयराम पञ्जीयार, कृष्ण बुढाथोकी, तारा सार्की, मान व. मगर, तनुकलाल चौधरी लगायतले समेत राजिनामा दिएका छन् । धेरै जनप्रतिनिधीको नाममा वेरुजु रहेकाले नगरपालिकाले भोली शनिबार पनि कार्यालय सञ्चालन गरी वरुजु हुने र राजिनामा लिने काम गर्ने त्रियुगाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताएका छन् । यो नगरका प्रमुख बलदेव चौधरी र उपमेयर देवि कुमारी चौधरी समेत पुन उठ्ने भएकोले राजिनामा दिने तयारीमा छन् ।...
त्रियुगाकी महिला वडाध्यक्षद्धरा राजिनामा

त्रियुगाकी महिला वडाध्यक्षद्धरा राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ९ गते । त्रियुगा नगरपालिका वडा नं. १३ कि वडाध्यक्ष पशुपति चौधरीले आज राजिनामा दिएकी छिन् । जनताले पुन जनप्रतिनिधि बन्न अनुरोध गरेसंगै चुनाबमा उठ्न राजिनामा दिएकी हुन् । चौधरी त्रियुगा नगरपालिका भित्रका १६ वडामध्येकी एकमात्र अध्यक्ष रहेकी थिइन् । उनलाई एकीकृत समाजवादीले सर्वसहमत उमेदवार चयन गरिसकेको छ । त्रियुगा भित्रका १६ वडाका अध्यक्षमध्ये उनी तुलनात्मक रुपमा सफल वडाध्यक्ष मानिन्छिन । जनताले पुन आफुलाइ अनुरोध गरेकाले वडाध्यक्षमा उठ्न लागेको चौधरीले बताइन् । उनले आफ्नो कामबाट जनता सन्तुष्ट भएकाले फेरि जित्नेमा आफू ढुक्क रहेको दाबी समेत गरेकी छिन् ।...
उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन : खोप लाईने

उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन : खोप लाईने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ९ गते । उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन खोप लाईने भएको छ । १५ महिना देखि १५ वर्षमुनी सम्मका बालबालिकालाई पुन : टाईफाई विरुद्धको खोप लगाइने भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस अघि टाईफाई विरुद्धको खोप सञ्चालन हुँदा केही बालबालिकाहरु छुट भएको भन्ने बुझिएकोले पुन सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उदयपुर अस्पतालमा वैशाख ११ गते देखि १३ गते सम्म पुन : खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख वृत कुमार दासले जानकारी दिनुभयो ।...
चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुुष्टि, वैशाख ९ गते । चौदण्डीगढी नगरपालिकामा पनि काङ्ग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको गठबन्धन उदयपुरको निर्णय अनुसार काङ्ग्रेस एक्लै चुनावमा भागलिने निर्णय गरेको हो । काङ्ग्रेस बाहेक गठबन्धनका अन्य पार्टी माओवादी केन्द्र, नेकपा एस र जनतासमाजवादी पार्टीले भने गठबन्धन गर्ने भएको छ । हिजो मात्रै बसेको गठबन्धनको बैठकले त्रियुगा नगरपालिका र ताप्ली गाउँपालिकाको निर्णय बारे टुङगो लगाएको थियो । जसमा त्रियुगामा पनि काङ्ग्रेस एक्लै लड्ने निर्णय भएको थियो । यता ताप्लीमा भने जसपा एक्लै लड्ने भएको छ ।...