Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

फरार महिला पक्राउपछि कारागार चलान

फरार महिला पक्राउपछि कारागार चलान

Breaking News 3, समाचार
काठमाडौं, वैशाख ११ गते । बैंकिङ कसूर मुद्दाका फरार एक महिलालाई प्रहरीले पक्राउ गरी आज जिल्ला कारागार चलान गरेको छ । मस्र्याङ्दी गाउँपालिका–७ सिम्पानी घर रहेका ४१ वर्षीय विमला बर्दियालाई जिल्ला कारागार लमजुङमा चलान गरेको हो । ललितपुर जिल्लामा लुकीछिपी बसेको छ भन्ने सूचनाका आधारमा उक्त स्थानीय प्रहरीको समन्वयमा बर्दियालाई शनिबार उक्त जिल्लाबाट पक्राउ गरी लमजुङमा ल्याई आज जिल्ला अदालतमा लगेपछि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार बर्दियालाई उच्च अदालत पाटनले विसं २०७८ पुस २६ गते र विसं २०७७ फागुन १७ गतेको फैसलानुसार पक्राउ गरेको हो । “जेल चलाउन भएका महिलाले रु ४४ लाख ९१ हजार ९०० र सात दिन कैद सजाय भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो, “सात दिन कारागारमा बसेपछि उक्त रकम त...
एसईई परीक्षा : ८० विद्यार्थी निष्कासित

एसईई परीक्षा : ८० विद्यार्थी निष्कासित

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ११ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा चिठ, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेकोग भन्दै सिरहाको विभिन्न परीक्षा केन्द्रबाट ८० जना विद्यार्थीलाई निष्कासन गरेको हो । सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुर माविबाट ३५, लहान नगरपालिका २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरिया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ विद्यार्थीलाई निष्कासन गरेको प्रजिअ कवाडीले जानकारी दिनुभयो । यस वर्षको एसईई परीक्षामा सिरहा जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एका...
युवाको हत्या आरोपमा तीन पक्राउ

युवाको हत्या आरोपमा तीन पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, वैशाख ११ गते । नहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ढुङ्गानाको शव शनिबार शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो । शुक्रबारदेखि हराएका उनको खोज कार्यका लागि प्रहरीले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आज...
त्रियुगामा मेयर पदका लागि आज ककस्ले गराए उम्मेदवारी मनोनयन दर्ता

त्रियुगामा मेयर पदका लागि आज ककस्ले गराए उम्मेदवारी मनोनयन दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ त्रियुगा नगरपालिकामा आज मेयर पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका छन् । एकजना पार्टीबाट र दुई जना स्वतन्त्र गरी ३ जनाले उम्मेदावरी मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालय उदयपुरका अनुसार आईतबार बलदेव चौधरी सहित ३ जनाले मेयर पदका लागि उम्मेदावरी मनोनयन दर्ता गराएका छन् । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा मनोनयन दर्ता गराएका हुन् । एकीकृत समाजवादी पार्टीबाट वलदे चौधरीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य दुई जना चित्र कुमार कार्की र नारायण बहादुर खड्काले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनिहरुले मनोनयनको पहिलो दिननै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।...
कटारीमा एमाले बाट भिम कुमारी राउतले दिईन् बागी उम्मेदारी

कटारीमा एमाले बाट भिम कुमारी राउतले दिईन् बागी उम्मेदारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ कटारी नगरपालिकाकी उपमेयर समेत रहेकी भिम कुमारी राउतले एमाले बाट बागी उम्मेदवारी दिएकी छिन् । राउतले आजै निर्वाचन कार्यालयमा मनोनयन दर्ता समेत गराएकी छिन् । एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई टिकट दिएपछि असन्तुष्ट रहेकी राउतले महिलालाई पार्टीले उपेक्षा गरेको भन्दै विद्रोह स्वरुप बागी उम्मेदवारी दिएको जनाईन् । पार्टीमा लामो समय लगानी र योगदान रहेपनि एमालेले महिलाहरुलाई अगाडी बढाउन नचाहेकाले आफ्नै निर्णय बाट जनतामा जाने निर्णय गरेकी जनाईन् । उनले आफ्नो विद्रोहले पार्टीमा रहेकी अन्य महिलाहरुलाई पनि अगाडी बढ्न हौसालो मिल्ने जनाईन् । उनले आफुलाई जति असहयोग भएपनि पार्टी नछाड्ने त्यस्ता कार्यको विरोध गर्दै अगाढी बढ्ने जनाईन् । राउत नेकपा एमालेका पुराना नेतृ पनि हुन् ।...
उदयपुरको बिभिन्न ५ पालिकामा ७४ जनाले गराए मनोनयन दर्ता, तिन पालिकामा सुन्य

उदयपुरको बिभिन्न ५ पालिकामा ७४ जनाले गराए मनोनयन दर्ता, तिन पालिकामा सुन्य

Breaking News 1, बिचार, समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरमा रहेको ८ ओटा पालिकाको निर्वाचन कार्यालय मध्ये ५ ओटा पालिकाको निर्वाचन कार्यालयमा मात्र आज मनोनयन दर्ताको काम भएको छ । मनोनयन दर्ताको पहिलो दिन केहि दल र स्वतन्त्र उम्मेदवार गरी करिब ७४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको हो । आईतबार त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका र उदयपुरगढी लगायत ५ ओटा पालिकामा मात्र मनोनयन दर्ताको काम भएको जिल्ला स्थित बिभिन्न निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय उदयपुरका अनुसार त्रियुगामा आज स्वतन्त्र र एकीकृत समाजवादी पार्टी लगायत ७ जनाले मनोनयन दर्ता गराएको छ । निवर्तमान मेयर समेत रहेका वलदेव चौधरी सहित ७ जनाले मनोनयन दर्ता गराएका हुन् । जसमा मेयर पदका लागि ३ जनाले मनोनय दर्ता गराएको छ । बलदेव चौधरी, चित्र कुमार कार्की र नारायण बहादुर खड्काले मेयर पदको उम्मेदवारीमा मनोनयन दर्ता गराएको हो । त्यस...
मालपोत अधिकृत घुससहित पक्राउ

मालपोत अधिकृत घुससहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ११ गते । मालपोेत कार्यालयमा कार्यरत एक जना मालपोत अधिकृत १ लाख ५० हजार घुससहित पक्राउ परेको छ । ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुस रकमसहित पक्राउ परेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका– ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।...
बस दुर्घटनाहुँदा बस धनिको मृत्यु, १० जना घाईते

बस दुर्घटनाहुँदा बस धनिको मृत्यु, १० जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ११ सुनसरीको बराहक्षेत्र नगरपालिकापा–४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । मृत्यु हुनेमा बस धनि बराहक्षेत्र नगरपालिका–१ चतरा ४० बर्षीय सरोज खड्का रहेका छन् । हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा खड्का सहित ११ जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र–१ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
त्रियुगामा प्रमुख पदको लागि आज २ जनाको स्वतन्त्र उम्मेवारी

त्रियुगामा प्रमुख पदको लागि आज २ जनाको स्वतन्त्र उम्मेवारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ११ गते । त्रियुगा नगरपालिकामा मेयर पदको लागि आज दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रियुगा–१० का ३० वर्षीय चित्र कुमार कार्की र ४९ वर्षीय नारायण कुमार खड्काले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर दुवैले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ११ र १२ गतेसम्म उम्मेदवारी दर्ता गर्ने समय भएकोले भोली बाटै उम्मेदवार मनोनयन गर्न सक्ने जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।...
‘विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह’

‘विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह’

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ११ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो । मन्त्री भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्नुभयो । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौँ । त्यसका लागि आवश्यकपर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।” उहाँले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गर्नुभयो । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “विद्युत् खपत बढाएर स्वदेशी ऊर्जाल...