Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

नेशनल लाईफ गाईघाट शाखाले दियो म्यादि विमा दावी बापत मृतक परिवारलाई १३ लाख

नेशनल लाईफ गाईघाट शाखाले दियो म्यादि विमा दावी बापत मृतक परिवारलाई १३ लाख

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, असार ११ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले म्यादी विमा दावी स्वरुप खोटाङका एक मृतक परिवारलाई १३ लाख बराबरको चेक प्रदान गरेको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका ५ छेतुवाका मृतक परिवार बुबा र आमालाई गाईघाट शाखा प्रमुख प्रेम कुमार राईले चेक प्रदान गर्नुभयो । शाखा प्रमुख राईले कार्यालयमै बोलाएर मृतक मनोज राईकोे बुबा जस बहादुर राई र आमा पवि माया राई लाई १३ लाखको चेक प्रदान गरेको हो । चेक बाबु आमालाई आदी आदी गरी दुवैजनालाई प्रदान गरिएको हो । दुवैलाई ६ लाख ५० हजारको दरले आदी आदी रकम प्रदान गरिएको प्रमुख राईले जनाउनुभयो । श्रीमती नभएको अवस्थामा बाबु आमा दुवैको हक लाग्ने भएका कारण रकम बराबर प्रदान गर्नु पर्ने विमाको प्रावधान रहेको राईको भनाई छ । २३ बर्षिय मनोज वैदेशिक रोजगाराको शिलशिलामा माघमा कतार प्रवेश गरेका थिए । तर कोरोनाका कारण मनोज ९ महिनामै नेपला आए । उनि नेपा...
उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

उदयपुरमा धमाधम गाउँ/नगर सभा हुदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उदयपुर मा स्थानिय तहको अधिबेशन सुरु उदयपुर जिल्लाका अधिकान्स पालिकाको अधिबेशन आजबाट प्रारम्भ भएको छ । त्रीयुगा, कटारी नगरपालिकाको नगरसभा तथा ताप्ली र लिम्चुङबुङ गाउपालिकाको गाउसभा सुरु भएको हो । सभाले नगरको प्रस्तावित नीति तथा कार्यक्रम पारित गर्नेछ । सभामा पालिका प्रमुख ,उपप्रमुख, वडाध्यक्ष, वडासदस्य सहित कार्यपालिका सदस्य सहभागी हुन पाउने कानुन ब्यबस्था छ । नेपालको सम्बिधान अनुशार असार १५ गतेभित्र स्थानिय तहले नीति तथा कार्यक्रम पास गरिसक्नु पर्छ ।...
उदयपुरमा हर्निया तथा हाईड्रोेशिलको नि:शुल्क शल्यक्रिया शिविर

उदयपुरमा हर्निया तथा हाईड्रोेशिलको नि:शुल्क शल्यक्रिया शिविर

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० जिल्लाको सरकारी अस्पताल उदयपुर अस्पतालले हार्निया तथा हाईड्रोशिलको दुईदिने निशुल्क शल्यक्रिया शिविर आजबाट शुरु गरेको छ । आज र भोली अषार ११ गते सम्म चल्ने शिविरको नेतृत्व डा. रविन्द्र तामाङ र कन्सलटेन्ट सर्जनले गरेका थिए । आजको शिविरमा ५ जना हर्निया र २ जना हाईड्रोशिलका विरामीको सफलता पुर्वक शल्यक्रिया सम्पन्न गरिएको छ । अस्पतालले यस्तो किसिमको शिविर सञ्चालन गरेर बिरामीको विश्वास जित्ने प्रयास गरेको शिविर संयोजक सुरेश कुमार पाण्डेले बताएका छन ।...
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १० पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका ला...
अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार १० अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिनुभएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्पपीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ । त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य सङ्गठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिनुभयो । अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ । अफगानिस्तानको...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १० सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मल््य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।(रासस)...
मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १० देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा सामान्य...
अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु

अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १० नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताउनुभयो । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो । शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताउनुभयो । (रासस)...
हत्या आरोपमा पतिसहित ससुरा पक्राउ

हत्या आरोपमा पतिसहित ससुरा पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, असार १० पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पतिसहित ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दत्र्ता गराउनुभएको थियो । सोही जाहेरीको आधारमा दुवै जनालाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । (रासस)...
महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी कारागारमा कैदीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १० महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ । (रासस)...