Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

समाचार
पूर्णपुष्टि,बैशाख २ । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा ललितपुरको किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासका कारण जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।...
रास्वपाका उपसभापति अर्याललाई विमानस्थलबाट फर्काइए

रास्वपाका उपसभापति अर्याललाई विमानस्थलबाट फर्काइए

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख २ । नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई भारत उडान गर्नबाट रोकेको छ । शनिवार आज दिउँसो १ बजेर ४५ मिनेटको उडानबाट भारतको बैंग्लोर जान तयारी भएका उपसभापति अर्याललई राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हो । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् । यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।...
नेपाल एयरलाइन्सको आम्दानी ३६ प्रतिशतले घट्यो

नेपाल एयरलाइन्सको आम्दानी ३६ प्रतिशतले घट्यो

समाचार
पूर्णपुष्टि,बैशाख २ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६र७७ को तुलनामा २०७७र७८ मा ३६ प्रतिशतले घटेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६।८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ । त्यस्तै सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा २९ प्रतिशले घटेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष १४ अर्ब ५४ करोड ६१ लाख रुपियाँ रहेको सञ्चालन खर्च यो वर्ष १० अर्ब २५ करोड ६६ लाख रुपियाँ रहेको प्रतिवेदनले औँल्याएको छ । गोरखापत्रले खबर छापेको छ।...
सुदरपश्चिममा कोरोना संक्रमण संख्य बढ्दो, थप १९ जनामा संक्रमण पुष्टि

सुदरपश्चिममा कोरोना संक्रमण संख्य बढ्दो, थप १९ जनामा संक्रमण पुष्टि

Breaking News 2, समाचार
पूर्णपुष्टि,बैशाख २ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार तीन सय ८३ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ...
नयाँ बर्षमा लिम्चुङबुङ र माचखर्कमा हाटबजार सरु (फोटो फिचर सहित)

नयाँ बर्षमा लिम्चुङबुङ र माचखर्कमा हाटबजार सरु (फोटो फिचर सहित)

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको केन्द्र बाराहा स्थित कटुवाल भन्ज्याङ राई चोकमा आज हाटबजार उद्घाटन भएको छ । त्याहाँ पहिलो पटक लगाईएको हाटबजारको उद्घाटन पालिका अध्यक्ष मेजरकुमार राईले गरे । हाटबजारमा स्थानिय उत्पादन प्रदर्शनि तथा बिक्री गरिएको थियो । आलु, कोबि, केरा, साग, खुर्सानी लगाएतका स्थनिय उत्पादनहरु बिक्रीका लागी राखिएको बजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताए । उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले नागरिकको आर्थिक अवस्थामा टेवा पुर्याउने उदेश्यले हाटबजार लगाईएको बताए । लिम्चुङबुङको अर्गानिक उत्पादन गाईघाट बजारसम्म अत्याधिक माग रहेको उनले बताए । यस्तो मागलाई याहाँका कृषकहरुले पुरा गर्न सके आर्थिक समृद्धि हुने बताए । सामान्य रुपमा सुरु गरिएको हाटबजार भविष्यमा ठुला व्यापारी केन्द्र बन्न सक्ने उनले बताए । त्यसै गरी पालिका उपाध्यक्ष प...
नेपालको सबैहलहरुमा आक्रमक, जारी

नेपालको सबैहलहरुमा आक्रमक, जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ । दयाहाङ राई अभिनित फिल्म जारी देशैभर आक्रमक देखिएको छ । काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्जसहितका ठूला सहरमा फिल्मको अकुपेन्सी आक्रामक देखिएको निर्माताले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा यो फिल्म नेपाल रिलिज लगत्तै प्रदर्शनको तयारी भइरहेको छ । रिलिजको पूर्वसन्ध्यामा बिग मुभिजमा आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउ, सेलिब्रिटी लगायत उपस्थित रहे । नयाँवर्षको अवसर पारेर रिलिज भएको फिल्म ‘जारी’ले आक्रामक अकुपेन्सीसहित ओपनिङ गर्ने संकेत देखिएको हो । शुक्रबार देशभरका हल लगभग शतप्रतिशत भरिएका छन् । मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार कुल शोमध्ये ७० प्रतिशत सोल्डआउट भइसकेका छन् । ‘विन्डो सेल’को आधारमा बेलुकासम्म बाँकी पनि शतप्रतिशत हुने देखिएको छ । उपेन्द्र सुब्बा निर्देशित ‘जारी’मा दयाहाङ, मिरुना मगर र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले पूर्वी नेपालको लिम्...
काठमाडौं महानगरको सेवा आजदेखि कमलादीबाट

काठमाडौं महानगरको सेवा आजदेखि कमलादीबाट

समाचार
पूर्णपुष्टि,बैशाख १ । काठमाण्डौ महानगरपालिकाले आज शुक्रबारदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिँदैछ । सुन्धारामा रहेको महानगरको कार्यालय आजदेखि औपचारिक रुपमा काठमाण्डौ प्लाजामा सर्न लागेको हो । प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईलगायतका कार्यालय नयाँ भवनमा सारिएको छ । अहिले १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिने बताए । उनका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाण्डौ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाण्डौ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच गएको चैत आठ गते सम्झौता भएको थियो । हरेक प...
आज नयाँ वर्ष २०८० को पहिलो दिन, एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

आज नयाँ वर्ष २०८० को पहिलो दिन, एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

Breaking News 1, समाचार
पूर्णुष्टि,बैशाख १ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउनुहुन्छ । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरु...
६१ वर्षीय वृद्धको पेटमा रक्सीको बोतल भेटियो

६१ वर्षीय वृद्धको पेटमा रक्सीको बोतल भेटियो

समाचार
पूर्णपुष्टि,चैत्र ३० । धनगढी–१४ का ६१ वर्षीय जवानसिंह रोक्कामगरको पेटमा रक्सीको बोतल फेला परेको छ । बिहिबार दिउँसो सेती प्रादेशकि अस्पातालको मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भनेर अस्पताल आएको वृद्धको पेटमा रक्सीको बोतल भेटिएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरेको गर्न पठाइयो । एक्सरेको रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखाएको थियो । एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाएको सूचना अधिकारी उपाध्याय बताए । मगरका अनुसार साथीसँगै मदिरा सेवन गरेको र साथीहरूले नै पेटभित्र बोतल छिराइदिएको बताइन् । उनको पेटमा बोतल गएको दुई दिन जति भयो । मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए। ‘पेट भित्रको बोतल निकाल्न अप्रेशन गर्ने वा उसै निस्किन्छ भन्ने तयारी...
चौदण्डीगढीमा जागिरको लाखी आर्थिक चलखेल भएको भन्दै माओवादी र कांग्रेसको आपत्ति, बिज्ञाप्ती सहित

चौदण्डीगढीमा जागिरको लाखी आर्थिक चलखेल भएको भन्दै माओवादी र कांग्रेसको आपत्ति, बिज्ञाप्ती सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २९ । चौदण्डीगढी नगरपालिकाले करार कर्मचारीका लागि आर्थिक चलखेल गरेको भन्दै माओवादी केन्द्र र नेपाल कांग्रेसले आपत्ति जनाएको छ । करार पदका लागि पैसाको बार्गेनिङ गरेको अडियो सार्वजानिक भएपछि दुवै पार्टीले छुट्टा छुट्टै बिज्ञाप्ती जारी गरी आपत्ति जनाएको हो । माओवादी केन्द्र नगर कमिटी अध्यक्ष दिनेश राईको हस्ताक्षर बिज्ञाप्तीमा भनिएको छ, नगर प्रमुख कालुमान लामाको स्वकीय सचिव देव प्रकाश राईको फोन नम्वर बाट जागिर लगाईदिनको लागि एक लाख पचास हजार माग गरिएको अडियो प्रति हाम्रो आपत्ति छ । यसको तत्काल छानविन गरी आर्थिक छलखेलका पात्रहरुलाई कार्वाही गरियोस । यता नेपाली काँग्रेसको प्रेस बिज्ञाप्तीमा भनिएको छ, “चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाको स्वकीय सचिव देव प्रकाश राईको फोन नं ९८१५७१४६२४ मार्फत नगरपालिकामा हालै बिज्ञापन गरिएको बिभिन्न बिषयगत पदहरुमा मिति २०७९ चैत्र २९ ग...