Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

काठमाडौ महानगर मेयर बालेन भन्छ, सिंहदरबार र राजधानी सार्दा आपत्ति छैन

काठमाडौ महानगर मेयर बालेन भन्छ, सिंहदरबार र राजधानी सार्दा आपत्ति छैन

समाचार
पूर्णपुष्टि,चैत्र ३० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरुपालिकामा सार्न अनुरोध गरेको छ । मेयर साहले बिहिवार मध्यान्ह आफ्नो सामाजिक संञ्जालमार्फत उनले सिंहदरबार र राजधानी सार्दा काठमाडौँ बासीहरुलाई कुनै आपति नरहेको जनाएको छ । उनले फेसबुक पेजमा “कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस” । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् । मेयर साहले भने आफूहरुलाई राजनिती हैन सम्पदा, सस्कृती, कला सभ्यता चाहिन्छ । सरकारले काठमाडौँ महानगरका माग सम्बोधन गरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।...
लागुऔषध सहित एक युवक पक्राउ

लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ३० । उदयपुरको त्रियुगा नगरपालका–३, मिलन चौकबाट लागुऔषध सहित युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार प्रहरीले शंका लागी चेक जाँच गर्ने क्रममा त्रियुगा नगरपालिका–१०का २२ बर्षीय समिर भन्ने दीप बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धित लागुऔषध बुप्रिनोर्फिन १६ एम्पुल ,डाईजेपाम १६ एम्पुल र फेनार्गन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल सहित प्रहरीले बरामद गरेको थियो । पक्राउ गरेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदाल उदयपुरबाट थप ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरेले जनाएको छ ।...
उदयपुरकी यी महिलाहरु अपरिचित मानिसबाट लाखौँ ठगिए

उदयपुरकी यी महिलाहरु अपरिचित मानिसबाट लाखौँ ठगिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३० । उदयपुरको चौदन्डीगढी नगरपालिका वडा नम्बर (५ सिवाईका दर्जन बढि महिला अपरिचित ब्यक्ति बाट ठगिएका छ्न । २९ गते बिहान सिवाई गाउँ प्रवेश गरेका भारतीय नागरिक जस्तो देखिने ,प्रष्ट नेपाली बोल्न नसक्ने दुई जना महिला हरुले स्थानीय महिला हरु भालुन देबि चौधरी ,निकिता चौधरी ,ओम कुमारी चौधरी ,आशा चौधरी ,मनिसा चौधरी, निरुसा चौधरी ,अनसिया चौधरी लगायत सङ्ग सुन र चादिका लाखौंको गरगहना ठगेर फरार भएका हुन । उनिहरुले पाउजु, सुनको सिक्री ,कतरी, कलि, पन्जा ,मंगलसुत्र ,तिलहरी जस्ता गहनाहरु ठगेर लगेका हुन । गरगहनाको फोटो बिदेश पठाईदिने र त्यो वापत बिदेशीले गहना अनुसारको रकम पठाईदिने भन्दै महिलाहरुलाई ती अपरिचित मान्छेहरुले भनेका थिए । त्यो रकम आफुहरुलाई नै गहना र उपहार सहित उपलब्ध गराउने बाचा गरेकोले सोहि अनुसार आफुहरुले घरमा, जिउमा रहेको सम्पुर्ण सुन र चादिका दिएको पीडित भालुन दे...
ताप्लीको रुपाटारमा दुई घर आगलागी, २८ लाख बराबरको क्षति

ताप्लीको रुपाटारमा दुई घर आगलागी, २८ लाख बराबरको क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ३० । उदयपुरको ताप्ली गाउँपालिका स्थित रुपाटारमा दुई घर आगलागी हुँदा २८ लाख बराबरको क्षति भएको छ । बुधवार ताप्ली गाउँपालिका वडा नं.५ रुपाटार शाहिडाडामा अवस्थित दुई घरमा अचानक आगलागी हुँदा दुबै घर जलेर नष्ट भएको हो । आगलागी हुँदा स्थानीय सुभसेर राईको घर र अन्नपात,लत्ताकपडा,भाडाबर्तन,गोठमा रहेको २ वटा गोरु,३ वटा गाई र ९ वटा बाख्रापाठा गरी १५ हजार बराबरको क्षति भएको थियो । त्यस्ते सोही स्थानका कमलसेर राईको घर र घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाडाबर्तन,गाईगोठमा रहेको २वटा गोरु,२ वटा गाई,६ वटा बाख्रापाठा र सुँगुर ५ वटा गरी १३ लाख बराबरको क्षेति भएको सूचना अधिकारी मोहन थापाले बताए । आगलागी के कारण भयो भन्ने पत्तानलागेको जनाएको छ । आगलागीबाट कुनै पनि मनवीय क्षती भने भएको छैन् ।...
गाईघाटमा डढेलो फैलिन थालेपछि आसपासका बस्तीहरु जोखिममा

गाईघाटमा डढेलो फैलिन थालेपछि आसपासका बस्तीहरु जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ३० । उदयपुरको सदरमुकाम गाईघाट आसपास क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि बस्तीहरु जोखिममा परेको छ । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको हो। मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताउनुभयो । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेलेहरुले आगो लगाएको हुन सक्ने डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले बताए । डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छ...
चौदण्डीगढीमा करारको कर्मचारी राख्न डेढलाख घुस मागेपछि, अडियो सार्वजानिक

चौदण्डीगढीमा करारको कर्मचारी राख्न डेढलाख घुस मागेपछि, अडियो सार्वजानिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले करार कर्मचारी राख्न डेढलाख घुस मागेको अडियो टेप सार्वजानिक भएको छ । अडियो रेकर्ड अनुसार फत्तेपुरका गुडडुकुमार मण्डलसँग ती कर्मचारीले काम मिलाई दिन्छु भन्दै जबर्जस्ति डेढलाख रुपैयाँ रकम माग्दै गरेको फोनको वार्तालाप आज सार्वजनिक भएको हो । सुरुमा मण्डलले आफुसँग ५० हजारमात्र भएको र बाँकी रकम काम फिक्स भए पछि थप ५० हजार दिन्छु भन्दा ती कर्मचारीले १ लाखले हुन्न डेढ लाख चाहिन्छ भन्दै वर्गेनिङ गरेको प्रष्ट सुनिन्छ । यश विषयमा प्रमुख प्रशासकीय चित्रप्रशाद गुरागाईलाई बुझ्दा संवादमा प्रयोग भएको एन्सेलको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताए । कर्मचारी र मण्डलबीच संवाद भएको नम्बर ९८१५७१४६२४ मेयर कालुमान लामाको स्वकीय सचिव प्रकाश राईले चलाउने गरेको बुुुुुुुझिएको छ । यद्यपि ती मण्डललेकुन पदको लागि घुस दिन खोजेको हो त्यो भने खुल्न बाँकी छ ।...
युरोपेली च्याम्पियन्स लिग : बेन्जेमा र एसेन्सियोको गोलमा रियलले चेल्सीलाई हरायो

युरोपेली च्याम्पियन्स लिग : बेन्जेमा र एसेन्सियोको गोलमा रियलले चेल्सीलाई हरायो

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ३० । स्पेनिस क्लव रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा विजयी सुरूआत गरेको छ । गएराती भएको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीलाई २–० ले हराउँदै रियलले अग्रता लिएको हो । खेलको २१ औं मिनेटमा बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित भएको थियो। रियलका रोड्रिगोलाई डि–बक्सभित्र फउल गरेपछि चेल्सीका बेन चिलवेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । दस खेलाडीमा सिमित चेल्सीलाई दबाबमा राखेको रियलका लागि ७४ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टिमलाई २–० को नतिजामा पुर्‍याए। दास्रो लेगमा चेल्सीलाई बराबरीमा रोक्न सकेमात्रै पनि रियल सेमिफाइनल प्रवेश गर्नेछ। गएराती नै भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १–० ले हराएको छ।...
उदयपुरको कटारीबाट १० किलो गाँजा सहित दुई जना पक्राउ

उदयपुरको कटारीबाट १० किलो गाँजा सहित दुई जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २९ । जिल्लाको कटारी नगरपालिका –१०बाट किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । बिहिवार तिल्केचौर स्थित सोरुङछबिसेबाट खटिएको टोलील चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–४,का २८ वर्षीय कोशिराज राई र २९ बर्षीय तेज बहादुर राई रहेको प्रहरीले जनाएको छ । बा.६७ प ३११४ नंम्बरको मोटरसाईकलमा कटारी तर्फ आईरहेका उनीहरुलाई शंका लागि चेक गर्दा गाँजा फेला परेको हो । पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय कटारी ल्याई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरि अनुसन्धा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी मोहन थापाले जानकारी दिनुभयो ।...
नयाँ बर्षबाट बोर्डले हरेक महिना फिल्मको कमाई सार्वजनिक गर्ने

नयाँ बर्षबाट बोर्डले हरेक महिना फिल्मको कमाई सार्वजनिक गर्ने

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २९ । आगामी नयाँ बर्ष २०८० सालबाट चलचित्र विकास बोर्डले हरेक महिना फिल्मको बक्स अफिस विवरण सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाण्डौंमा चलचित्र कलाकार संघले आयोजना गरेको नयाँ बर्षको शुभकामनासहित धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष भुवन केसीले बौशाखदेखी मासिक रुपमा नियमित फिल्मको कमाई सार्वजनिक गर्ने बताएका हुन् । बोर्डले नेपाली फिल्मको इतिहासमा पहिलो चोटी २०७९ सालमा प्रदर्शन भएको स्वदेशीसहित विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो । फिल्मको आम्दानी सार्वजनिक गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलले नियमित रुपमै फिल्मको कमाइ सार्वजनिक गर्ने निर्णय गरेको र सोहीअनुसार कमाइ सार्वजनिक गर्न सुरु गरिएको केसीले बताए । मन्त्रालयबाटै निर्देशन भएपछि हामीले बक्स अफिस रिपोर्टलाई बाहिर ल्याएका हौं “उनले भने” अब मासिक रुपमा नियमित हुनेछ । ...
उदयपुरको हाडेवासमा कृषकहरुलाई पशुपन्छी पालन सम्बन्धी दुई दिने अनुशिक्षण तालिम

उदयपुरको हाडेवासमा कृषकहरुलाई पशुपन्छी पालन सम्बन्धी दुई दिने अनुशिक्षण तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २९ । जिल्लाको उदयपुरगढी गाउँपालिका–७, हाडेवासमा अगुवा कृषकहरुलाई कृषि तथा पशुपन्छी पालन सम्बन्धि दुई दिने अनुशिक्षण तालिमको आयोजना गरिएको छ । वडा कार्यालयद्धारा आयोजित उक्त तालिममा ५० जना स्थानीय कृषकहरुले सहभागित जनाएको छ । जिविको पार्जनबाट व्यवसायी कृषी तथा पसु पालन तिर उन्मुख गराउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको बताइएको छ । उक्त तालिममा स्थानीय कृषकहरुलाई तत्काल देखा परेका कृषि तथा पशुहरूको रोगको बारेमा सचेतना साथै त्यसका उपाएहरु बारेमा अवगत गराउने छ । बुधवार देखि भोलि बिहीवार सम्म संञ्चालन हुने कार्यक्रममा हाडेवासका २० जना महिला र ३० जना पुरुष गरी जम्मा ५० जनाले तालिममा उत्साह जनक सहभागिता जनाएको थियो ।...