Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

अमेरिकाबाट “किरात प्रदेश”को माग

अमेरिकाबाट “किरात प्रदेश”को माग

Breaking News 2, समाचार
पूर्णपुुष्टि, चैत २८ । विदेशमा रहेका नेपालीबाट पनि १ नं. प्रदेशलाई “कोशी प्रदेश” नामाकरण भएकोमा खेद प्रकट गर्दै “किरात प्रदेश” पुनःनामाकरणको माग भएको छ । अमेरिकाबासी किरात राईहरुको साझा सांस्कृतिक संस्था युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले दुुतावासमार्फत किरात प्रदेश नामाकारणको माग पत्र पठाएको छ । संघीयताको तीन प्रमुख आधारमध्ये पहिचान एक हो । उसले नेपालको मौलिक सांस्कृतिक सम्पदाको रुपमा रहेको प्रागवैदिक कालिन किरात सभ्याता स्थापित हुनेगरी “किरात प्रदेश” पुनः नामाकरण गर्न माग गरेको छ । संस्थाका केन्द्रिय उपाध्यक्ष कुसुम राईको नेतृत्वमा पूर्व अध्यक्ष मिलन राई, केन्द्रिय सददस्य गणेश चामलिङ राई र डिएमभिपि च्याप्टरका उपाध्यक्ष डा. भबिराज राई सम्मिलित प्रतिनिधिटोलीले संयुक्त अधिराज्य अमेरिकाका लागि नेपाल सरकारका राजदुत श्रीधर खत्रीमार्फत माग पत्र नेपाल पठाएको छ । लासिङ्टन डिसीस्थित ...
सगरमाथामा तीन जना शेर्पा आरोहीको मृत्यु

सगरमाथामा तीन जना शेर्पा आरोहीको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत्र २९ । सगरमाथा आरोहणको क्रममा हिमपहिरोमा परी तीन् जना शेर्पाको मृत्यु भएको छ । मृत्यु हुनेमा खुम्बु ल्हामु गाउँपालिका– ५ का तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनिहरु इम्याजिन ट्रेक प्रा।लि।बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर तिन जनाको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । बुधबार एक्कासी आएको हिमपहीरोका कारण मृतकको शव खोंचमा पुरिएको र शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ । ‘एसपीसीका अध्यक्ष शेर्पाले घटना निकै खोचमा भएकाले हाम्रो टोलीले उद्धार गर्न असफल भईरहेक...
उदयपुर सिमेन्ट उद्योगमा भुँसैभुँस मिसिएको गुणस्तरहिन कोईला, ल्याव टेस्टनै नगरी प्रयोग

उदयपुर सिमेन्ट उद्योगमा भुँसैभुँस मिसिएको गुणस्तरहिन कोईला, ल्याव टेस्टनै नगरी प्रयोग

Breaking News 1
पूर्णपुष्टि, चैत्र २९ । देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगमा कोईला गुणस्तरहिन प्रयोग भएको गुनासो आएको छ । पछिल्लो समय कोईलामा गुनस्तरहिन पाईएको मजदुरहरुको भनाई छ । उद्योगले बुधबार मात्रै अनलोड गरेको २ ट्रक कोईलामा भुँसैभुँस मिसिएको पाईएको छ । भुँस भएको उक्त कोईला न्यु आयन सप्लायर्सबाट आयात गरेका थिए । यता बेस लाईन कम्पनीको कोइला पनि अनलोड भैरहेका थिए । सोही अनलोड गर्दै गरेको कोइला परिक्षण नगरी तत्काल प्रयोगमा ल्याईएको मजदुरहरुको भनाई छ । नेपाल काराखाना मजदुर संघका अध्यक्ष रामचन्द्र यादवका अनुसार कोईला परिक्षण गरेर मात्र प्रयोगमा आउनु पर्ने जनाए । यादवका अनुसार कोईला प्रक्रिया अनुसार प्रयोग नभईरहेको भन्दै यसले उद्योगलाई धरासाय बनाउने जनाए । कोईलानै गुणस्तर नभएपछि मेशिनहरु र उत्पादन आफैमा कम्जोरी हुने भन्दै उद्योगको अवस्था नाजुक बन्दै जाने यादवको भनाई छ । उद्योगले न्यु आयन र बेस ...
वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि तीन अनुगमन समिति गठन

वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि तीन अनुगमन समिति गठन

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र २९ । पछिल्लो समय वैदेशिक यात्राको क्रममा कयौँ नेपालीहरु नेपालमै ठगीमा परीरहेको हाम्रो समाजमा धेरै उदाहरणहरु पाईन्छ । त्यसैले वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभागले छुट्टा–छुट्टै तीन वडा अनुगमन समिति गठन गरेको छ । विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने गरी अलग अलग तीन वटा अनुगमन समिति बनाइएको विभागले जनाएको छ । यो अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक लगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन गर्ने छ । विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पुर्‍याउने विभागले अनुरोध पनि गरेको छ । अब हुने अनुगमन भन...
महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी २ दिने अभिमुखिकरण सम्पन्न

महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी २ दिने अभिमुखिकरण सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–२, मा महिला हिंसा र ब्यक्तिगत घटना समम्धी २ दिने अभिमुखिकरण कार्यक्रम हालै सप्पन्न भएको छ । वडा नम्बर २ को सहयोग र महिला समितिको आयोजनामा वडाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै, कार्यक्रमको प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरि राइले गाउँ समाजमा हुने हिंसाका घटना न्यूनीकरण एबम स्थानीय सरकारबाट भैरहेको सेवालाई अझ प्रवाभकारी बनाउन एस्ता कार्यक्रम आयोजना हुनु गौरवको कुरा भएको बताउनु भयो । कार्यक्रममा बोल्दै २ नम्बर वडाका अध्यक्ष घमानसिङ खत्री धुर्बले, स्थानीय सरकारबाट प्रदान भैरहेको सेवामा केही कानुनी अडचनका कारण आफ्नो वडाका केही ब्यक्तिहरु सेवा लिनबाट बन्चित भएको बताउदै त्यस्ता समस्या समाधानका लागि संघीय सरकार र समन्धित निकायले गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो । वडाका प्रत्येक टोल बिकास सस्थाका प्रतिनिधि...
बैशाख १ गते ३ वटा फिल्म मात्र रिलिज हुने

बैशाख १ गते ३ वटा फिल्म मात्र रिलिज हुने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र २९ । आगामी वैशाख १ गते २०८० सालबाट ‘नाई नभन्नु ल ६’को टिम पछि हटेपछि अब ३ वटा फिल्म मात्र रिलिज हुने भएका छन् । आगमी हप्ताको शुक्रबार देखि देशभरको चलचित्रहलहरुलमा मितिमा ‘जारी, बुलाकी र बिहे पास’ रिलिज हुने पक्का भएको छ । यी तीन फिल्ममध्ये मल्टिप्लेक्समा सर्वाधिक शोज ‘जारी’ले पाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङ निर्मित यो फिल्ममा दयाहाङ राई, मिरुना मगर मुख्य भूमिकामा छन् । उक्त फिल्मलाई क्यूएफएक्स चेनले देश भर ५५ शोज दिएको छ । फिल्मको बूकिङ पूर्वी नेपालको विर्तामोडमा ६ शोजबाट सुरु भएको १० शोज पुगिसकेको छ । यो फिल्मले नयाँ बर्षको दिनमा बम्पर व्यापार गर्ने संकेत देखिएको छ । फिल्मलाई बीग मुभिजले ९ शोज दिइसकेको छ । शोज यो हलमा पनि अझै बढ्ने देखिन्छ । यस्तै, फिल्मलाई वान सिनेमाज्ले नयाँबानेश्वर र कालिमाटीमा गरेर १० शोज दिइसकेको छ । यस्तै, दयाहाङ राई र ...
निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २९ । आगामी बैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न ६ संस्थालाई अनुमति दिईएको छ । निवार्चन आयोगले उपनिर्वाचन अनुगमन गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने छ ।...
चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २९ । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । भरतपुर महानगरपालिका १३ जगतपुरमा रहेको उक्त रिसोर्टमा बिहान ११ बजेबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ भने हलका फुसको छानो जलेर नस्ट भएको छ । अहिले भित्रका फर्निचर साथै अन्य सामाग्रीमा आगो लागेको र आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् । इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागीबाट रिसोर्टमा भएको क्षतीको विवरण आउन बाकीँ छ ।...
मजदुरमाथि अमानवीय व्यवहार गरेको आरोपमा निर्माण व्यवसायी पक्राउ

मजदुरमाथि अमानवीय व्यवहार गरेको आरोपमा निर्माण व्यवसायी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २९ । महोत्तरीमा मजदुरमाथि अमानविय व्यवहार गरेको आरोपमा एक निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्र रहेका छन् । श्रेष्ठमाथि स्थानिय २१ बर्षीय मोबारक नदाफलाई दुर्वयवहार गरेको आरोप छ । नदाफले काम गरेबापतको ज्याला माग्दा श्रेष्ठले कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार यही चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा बाधी मोसो दलेर केस मुण्डन गरिदिएका थिए । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । मुस्लिम ...
च्याम्पियन लिगमा हालान्डको किर्तिमान, बार्यनमाथि सिटिको जित

च्याम्पियन लिगमा हालान्डको किर्तिमान, बार्यनमाथि सिटिको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २९ । युइएफए च्याम्पियन लिगमा एर्लिङ हालान्डले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाउँदा बार्यन म्युनिखमाथि म्यान्चेस्टर सिटिले सहज जित निकालेको छ । लिगको पहिलो खेलमा सिटिले बार्यनमाथि ३–० गोलको जित निकालेको हो । घरेलु मैदान एतिहाडमा भएको खेलको २७ औं मिनेटमा रोड्रिको गोलमा अग्रता लिएको सिटिले ७० औं मिनेटमा बर्नानर्डो शिल्भाले गोलमा अग्रता दोब्बर बनाएको थियो भने हालान्डले ७६औं मिनेटमा गोल गर्दै एकै सिजनमा ४५ गोल गरेर किर्तिमान बनाएका हुन् । बार्यनमाथि जित निकालेको सिटिको सेमिफाईनल पुग्ने सम्भावना बलियो भएको छ । अब अप्रिल १८ मा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ ।...