Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

सिन्धुली दुर्घटना अपडेट : मृत्यु हुने चार भारतीयको पहिचान खुल्यो

सिन्धुली दुर्घटना अपडेट : मृत्यु हुने चार भारतीयको पहिचान खुल्यो

समाचार
पूर्णपुष्टि,चैत्र २९ । सिन्धुलीको कमलामाइ नगरपालिकास्थित बिपी राजमार्गमा अवस्थित गढीगेट नजिकै भारतीय कारको दुर्घटना हुँदा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा भारत बिहारको भगवती स्थान वडा नम्बर ८ मन्डिपुरसाडी समष्टिपुर वारेसनगरका ४२ वर्षका गबर सिंह, ३६ वर्षका मनु सिंह, ३३ वर्षका राकेश कुमार सिंह र ३२ वर्षका अभिषेक सोनार रहेका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । गएराति गढी गेट नजिकै काठमाडौं आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार रोडबाट तल खस्दा तीन जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । अर्का घाइते ४७ वर्षका धर्मेन्द्र कुमार सोनीलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनको टाउकोमा गहिरो चोट लागको छ। कार सडकबाट ५ सय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ। मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लाग...
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १२ जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १२ जना पक्राउ

समाचार
पूर्णपुष्टि,चैत्र २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६० लाख ९८ हजार रुपैयाँसहित ९ नेपाली र ३ विदेशी नागरिक पक्राउ गरेको छ । विमाननस्थलको अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेक–चाँच गर्ने क्रममा सोमबार र मंलबार ९ जना नेपाली र तीनजना विदेशी ४५ हजार अमेरिकी डलर र ९२५ यूरो (६० लाख ९८ हजार) नेपाली रुपैयाँसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनीहरुको राहदानी चेक–जाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिठ गरेको नदेखिएको साथै अबैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लान लागेकाले उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जनाइएको छ।...
बैतडीमा जिप दुर्घटना : एकै गाउँका ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना : एकै गाउँका ६ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत्र २९ । बैतडीमा जिम दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । गए राति बैतडीको पाटन नगरपालिका–८ झौलकस्थित जिप दुर्घटना हुँदा जिपमा सवार एकै गाउँका ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका–८, झाउले स्थित सडकको घुम्तीबाट जिप खसेको थियो जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ४ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।...
ताप्लीमा दलित सशक्तीकरण ऐनका लागी सुझाव संकलन

ताप्लीमा दलित सशक्तीकरण ऐनका लागी सुझाव संकलन

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २९ । उदयपुरको ताप्ली गाउँपालिकामा दलित सशक्तीकरण ऐन मस्यौदा उपर सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार र मंगलबार ताप्ली क्षेत्रका दलित अधिकार प्रर्वद्धन, सशक्तीकरण र बिकासका लागी ऐन निमार्णको कार्य सुरु गरेको हो । दलितहरुका लागी पालिकाले विनियोजन गर्दै आएको निश्चित बजेट तथा कार्यक्रमहरुले मात्र उनीहरुको सर्वाङ्गिण बिकास हुन नसक्ने भन्दै ऐन निमार्णको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताउनुभयो । ऐनका माध्यमबाट दलित समूदायको शिक्षा, स्वास्थ्य, रोजगारी, अधिकार सुनिश्चितता, गरीबी उन्मुलन र पेशा व्यवसायको प्रर्वधन गर्दै समतामूलक समाज निमार्ण गरिने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा, उपप्रमुख तेजप्रसाद गिरी, गाउँपालिका प्रमुख ढुङ्गराज विश्वकर्मा, उपप्रमुख धनामाया मगर, प्रमुख प्रशासकीय ...
सिन्धुलीको गढीगेट नजिकै कार दुर्घटना,चार जनाको मृत्यु

सिन्धुलीको गढीगेट नजिकै कार दुर्घटना,चार जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत्र २९ । सिन्धुलीको सिन्धुलीगढीगेट नजिकै भारतीय नम्बरप्लेट भएको कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गएको रातिको करिव साढे १२ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक भएको दुर्घटनामा चार भारतीय नागरिकहरुको मृत्यु भएको हो । गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार गए राति भएको दुर्घटना करिव राति १२ ः ३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनका अनुसार दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको र कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेको सिलवालले जानकारी दिए । रा...
आज अन्तराष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस

आज अन्तराष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस

समाचार
पूर्णपुष्टि,चैत्र २९ । आज अन्तराष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस अर्थात अप्रिल १२ तारिक नेपालममा बिभिन्न कार्यक्रम गरी मनाईदैँ छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको छ । सन २०११ को अप्रिल ७ को संयुक्त राष्ट्रसंघको महासभाको ६५ औं संस्करणले प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रुपमा मनाउने निर्णय सदर गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरको आयोजनामा सोमबार यो दिवस मनाइएको छ । कार्यक्रममा सहभागीहरुले आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुङ्गालाई उजागर गर्ने बताए । युरी गागरिन अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउने पहिलो महिला समेत हुन् ।...
बैदेशिक रोजगारको लागि मलेसिया पुग्ने नेपालीहरुको लागि खुशीको खबर

बैदेशिक रोजगारको लागि मलेसिया पुग्ने नेपालीहरुको लागि खुशीको खबर

समाचार
पूर्णपुष्टि,चैत्र २८ । तपाई हाम्रो दाजुभाई जोकोहि पनि रोजगारीका लागि मलेसियामा पुगी रोजगारी नापएर समस्यामा पर्नुभएको छ भने आफ्नो समस्यलाई अनलाईमार्फत पेश गर्न सकिने व्यवसथा आएको छ । मलेसिया पुगेर लामो समयसम्म पनि रोजगारी नपाएर अलपत्र परेका नेपालीहरुको लागि दुतावासले अनलाइन फारम भरेर आफुलाई परेको समस्याबारे जानकारी गराउनुभयो भने दूतावासले सहयोग गर्ने बताएको छ । विशेष गरी मलेसिया पुगेको १५ दिन वा त्यो भन्दा बढी समय हुँदा पनि कम्पनीले रोजगारीमा लगाएको छैन भने फारम भरेर जानकारी गराउन दूतावासले भनेको छ । तपाईँहरूले टिपाएको समस्या समाधानमा प्रयास गर्ने दूतावासले जनाएको छ ।...
एकै खेलमा १० गोल, लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने मछिन्द्रको ओलावाले

एकै खेलमा १० गोल, लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने मछिन्द्रको ओलावाले

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २८ । सहिद स्मारक ए डिभिजन लिगको एकै खेलमा पहिलो पटक १० गोल भएको छ । मंगलबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्र एफसीका नायजेरियन फरवार्ड ओलावाले आफिजले ५ गोल गर्दा खुमलटार एफसीलाई ७–३ ले पराजित गरेको छ । जारी लिगमा खराब सुरुवात गरेको मछिन्द्रले तेस्रो जित निकाल्दै शिर्ष ६ मा स्थान बनाएको छ । अनुभवी प्रशिक्षक किशोर केसीको आगमनपछि मछिन्द्रले लगातार दोस्रो जित निकालेको हो । सात खेलबाट १२ अंक जोड्ेको मछिन्द्रले ३ जित निकाल्दा २ बराबरी खेलेको छ भने ३ खेल हारेको छ । मछिन्द्रको लागी ओलावलेले खेलको २४औ, २८औं र ५५औं मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पूरा गरे भने यस्तै ६२औं र ६७औं मिनेटमा पनि गोल गरे । यो सिजनको पहिलो ह्याट्रिक पूरा गरेका उनले यो ह्याट्रिक घाइते खेलाडी छिरिङ गुरुङप्रति समर्पित गरेका छन् । विमल घर्ती मगरले पहिलो हाफको इन्जुरी टाइममा र विजय भुजेलले ८६औं ...
कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि,चैत्र २८ । नेपालमा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४३६ जनाको नमुना परीक्षण् गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ । कोरोना संक्रमित संख्या १०६ जना थपिए पछि अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । १३ जना आइसियु र २४ जना आइसोलेशनमा छन् ।...
उदयपुरमा मिडिया सम्बन्धि सशक्तिकरण कार्यक्रम

उदयपुरमा मिडिया सम्बन्धि सशक्तिकरण कार्यक्रम

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २८ । मानसिक स्वास्थय तथा परामर्श केन्द्र नेपालले मानसिक स्वास्थ्य स्वबलम्बन समुह जिल्ला सञ्जाल उदयपुरका लागि मिडिया सम्बन्धी सशक्तिकरण कार्यक्रम आयोजना गरेको छ । जिल्लामा रहेका ७ वटा समुहका १६ जनालाई मिडिया सशक्तिकरणबारे जानकारी दिदै आत्मकथा र सफलताको कथा लेख्न प्ररित गरिएको छ । समाजले मानसिक विरामीलाई तल्लोस्तरमा राखेर ब्यवहार गर्ने कुरालाई मिडिया चेतनामार्फत न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम राखिएको हो । मानसिक विरामी उपचारबाट ठिक हुने भएपनि परामर्श र उपचारको अभावले जटिल समस्यामा पर्ने गरेको पाइन्छ । औषधि किन्न नसक्नेलाई राज्यले स्वास्थ्य नितिमा समेट्न र परामर्श सेवालाई ब्यापक बनाउने उनीहरुको आवाज बुलन्त पार्न मिडियाको साथ खोजिएको छ ।...